Skip to main content

थाहा पाउनुस् नाग पञ्चमी पूजाको महत्व


हरेक वर्ष साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथीका दिन नाग पञ्चमी पर्व मनाइन्छ । यो विशेष दिनमा नागको तस्बिर अंकित पोस्टरहरु घरको मूल ढोकाको माथि टाँसेर विधि विधानसहित पूजा–अर्चना गर्ने चलन छ । यो दिनको विषययमा थुप्रै प्रकारका कथाहरु प्रचलित छन् । यी थुप्रै कथाहरुमध्ये कुनै एकको वाचन गर्नु अथवा श्रवण गर्नु निकै लाभकारी मानिन्छ । नाग पञ्चमीको इतिहासः प्राचिन नेपाली संस्कृतिमा शिवले सर्पलाई आफ्नो घाँटीमा राखेर र विष्णुले शेष–शयन गरेर नागको महत्वलाई दर्शाएका छन् । देवता–दैत्यद्वारा गरिएको समुन्द्र मन्थनमा साधनको रुप बनेर बासुकी नागले जनहितका लागि निकै ठूलो काम गरेका थिए । श्रीकृष्णले यमुनालाई काली नागबाट मुक्त र शुद्ध गरेका थिए । हाम्रो धर्ती शेष नागको फन्कोमाथि टिकेको छ भन्ने कुरा विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ । नाग पञ्चमीको उत्सवः पुराणमा बताइए अनुसार यदि कुनै व्यक्तिले एक वर्षमा एक दिन पनि नागको पूजा गर्न सकेका छैनन् भने उनीहरुले साउन कृष्ण एवं शुक्लपञ्चमी जसलाई नाग पञ्चमी भनेर पनि चिनिन्छ, यो दिनमा पूजा गर्दा नाग प्रसन्न हुने गर्दछन् । नागहरुलाई खुसी पार्नका लागि गाईको गोबरले आफ्नो मूल ढोकामाथि नागको आकृति भएको फोटो टाँस्नुहोस् । त्यसपछि दूध, दहि, फूल, अक्षता, कुश आदि सामग्रीले नागको पूजा गर्नुहोस् । नाग देवतालाई चन्दनको सुगन्ध विशेष प्रिय हुने भएका कारण पूजा गर्दा चन्दनको प्रयोग गर्नुहोस् । यो दिनको पूजामा सेतो कमलको प्रयोग पनि गर्ने गरिन्छ । नागलाई पूजा गरिसकेपछि पाँचजना ब्राह्मणहरुलाई भोजन गराउँनु निकै राम्रो मानिन्छ । यो विशेष दिनमा खानामा नुनको प्रयोग नगर्दा राम्रो मानिन्छ ।





Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।