Skip to main content

बौद्ध गुरु रिम्पोछेको अन्त्येष्टि

काठमाडौं, श्रावण १५ - रानीवनस्थित स्यारभन गुम्बामा बिहीबार विशेष पूजा गरी दिवङ‍गत बौद्ध गुरु १४औँ श्यामार कुनसिंग रिम्पोछेको अन्त्येष्टि गरिएको छ ।

तिब्बती बौद्ध परम्पराअनुसार मृत्यु संस्कारका सम्पूर्ण पूजा विधि तथा पवित्र ग्रन्थको पाठ सम्पन्न गरेर उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिका लागि भारतबाट आएका १७ औँ कर्मापासहितका उच्च धर्मगुरुको सहभागितामा मृतात्माको शान्तिका लागि पूजा गरिएको हो । अहिलेको समय मृतात्मा अन्तर्भवमा अल्मलिरहने उनीहरुको विश्वासअनुसार यस्तो पूजा गरिन्छ । मृतात्मा देवलोकमा नपुगेको र मनुष्यलोकमा पनि नरहेको अवस्थालाई अन्तर्भव भनिन्छ ।

महायानी परम्पराअन्तर्गत काग्युपा सम्प्रदायका विभिन्न धर्मगुरुको पदवीलाई सर्मपा तथा कर्मपा भनिन्छ । यी दुवै पदीय जिम्मेवारी बोकेका धर्मगुरुले एक अर्काको गद्दी आरोहण तथा अन्त्येष्टिमा अनिवार्य सहभागी भई विधि विधानका संस्कार गर्नुपर्ने हुन्छ ।

धर्मावलम्बीले दिवङ्गत गुरु १४औँ सर्मपा भएको विश्वास गर्दै उहाँलाई अमिताभ बुद्धको रुपमा सम्मान प्रकट गर्ने गर्दछन् ।

तिब्बती बौद्ध धर्मका गुरु रिम्पोछेको पार्थिव शरीरको स्वदेशी तथा विभिन्न मुलुकका कूटनीतिक र सर्वसाधारण गरी करिब एक लाख ३० हजार भक्तजनले दर्शन गरेको गुम्बाले जनाएको छ ।

उनको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण ६२ वर्षको उमेरमा मृत्यु भएपछि शवलाई मङ्गलबार नेपाल ल्याइएको थियो ।

अन्त्येष्टिमा आएका भक्तजन तथा दर्शकको घुइँचोलाई व्यवस्थित गर्न करिब ५०० स्वयम्सेवक खटाइएको थियो ।

अन्तर्राष्ट्रिय तहमा बौद्ध शिक्षा तथा दर्शनलाई प्रवर्द्धन गरेका रिम्पोछेले नेपाल, भारत र  भुटानलाई विशेष कर्मथलो बनाएको थिए । उनको ईच्छा अनुसार अन्त्येष्टि स्यारभन गुम्बामा गरिएको हो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।