Skip to main content

Posts

एन्फासँग रकम माग्दा ४ क्लब प्रतिबन्धि

९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध लगाएको छ । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको नागरिक दैनिकमा खबर छ । एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाल फुटबलकै पहिलो घटना हो । एन्फाको काम-कारबाहीसँग असहमत चार क्लबले बैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेको थिए । आर्थिक विषयबाट सुरु भएको विवादले कारबाहीको रुप लिएको हो । झन्डै ८ महिनाको प्रतिबन्धनमा परे पनि चार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत रहनेछ । नेपालमा १२ ए डिभिजन क्लबहरु छन् । क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली एन्फाको प्रतिबन्धको कुनै अर्थ नभएको बताउँछन् । एन्फाले समस्या समाधानभन्दा कारबाही गरेर विवाद चर्काउन खोजेको उनले आरोप लगाए ।

अब इजरायलमा पनि कोरियामा जस्तैगरी नेपाली पठाइने

काठमाडौ, अब सरकारले आफै इजरायलमा कामदार पठाउँने भएको छ । म्यानपावर कम्पनीबाट कामदार पठाउँन बन्द भएपछि सरकार आफैले सिक र कमाऊ (लर्न एण्ड अर्न) अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरालय पठाउने तयारी गरेको हो । अन्नपूर्ण पोष्टमा प्रकाशित एक खबर अनुसार दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह (जी टु जी मोडेल) मा कामदार पठाउन लागिएको छ । इजरायलले पनि सरकार आफैले कामदार पठाउँने जिम्मा लिएमा नेपाली कामदारलाई रोजगारी दिन तयार रहेको जानकारी गराईसकेको छ ।  श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले इजरायलले नेपाली कामदार लिने संकेत गरेपछि सरकारी तवरबाट प्रशिक्षार्थी कामदार पठाउँने तयारी थालिएको जानकारी दिए । अहिल बनाएको योजना अनुसार अन्तिम निर्णय भएमा जाने कामदारलाई सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउँने छ । यसरी जानेले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ । धेरैजसोले कृषि क्षेत्रमा काम गर्न पाउने भएकोले नेपालको कृषिलाई ब्यवसायीकरण गर्न यसबाट सहयोग पुग्ने सरकारको ठम्याई छ । काम सिकेपछि अनिवार्य रुपमा स्वदेशमा फर्किनुपर्ने सर्त राख्ने सरकारी योजना रहेको छ । वैदेश...

गुगल बारे ११ रोचक तथ्य जाखिराखौँ

न्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ । एकै समयमा धेरै चिजको सामना गरिरहेको गुगलमाथि कहिलेकाहीँ सिर्जनात्मकता नभएको तथा यसका सेवाहरुमा कुनै त्यस्तो उल्लेखनीय तथा अनौठो तथ्य नभएको भनि आलोचना समेत हुने गरेको छ । तर, आलोचकहरुले भनेजस्तै उतिसारो निरस भने छैन् गुगल । गुगलका सेवाहरु उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् । गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् : १. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले । २. गुगलले Google जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्ज...

अध्यापन अनुमतिपत्रको नतिजा जिल्ला: सोलुखुम्वु तह: निम्नमाध्यमिक तह

बधाई छ उतीर्ण सफल साथीहरूलाई........ २४,२५/०७०–७१ अध्यापन अनुमतिपत्रको नतिजा जिल्ला: सोलुखुम्वु तह: निम्नमाध्यमिक तह बिषय: अध्यापन अनुमतिपत्र नतिजा प्रकाशित मिती: २०७१/०५/०३ 112320001, 112320002, 112320003, 112320004, 112320006, 112320007, 112320012, 112320014, 112320016, 112320019, 112320021, 112320025, 112320026, 112320039, 112320040, 112320043, 112320051, 112320054, 112320055, 112320063, 112320074, 112320079, 112320083, 112320087, 112320088, 112320090, 112320091, 1123 20099, 112320100, 112320101, 112320102, 112320104, 112320106, 112320117, 112320119, 112320121, 112320125, 112320130, 112320131, 112320136, 112320139, 112320142, 112320143, 112320145, 112320146, 112320148, 112320149, 112320150, 112320151, 112320152, 112320155, 112320158, 112320163, 112320164, 112320166, 112320167, 112320168, 112320169, 112320172, 112320175, 112320177, 112320178, 112320184, 112320185, 112320188, 112320190, 112320197, 112320199, 112320212, 112320213, 112320214, 112320221, 112320227, 112320231, 112320...

भरिया कामदारहरू करोडपति बन्दै

सोलुखुम्बु: तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदार लगायतको मजदुरी गरेका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुन् । स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपति मालिक वनेका छन् । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उनले त्यहाँ घडेरी किन्न सम्भव भएको हो । उनि भन्छन् 'भरियाबाट सङ्घर्ष गरें अहिले राम्रो छ' ।  त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे अएका हुन् । करिब नौ वर्ष त्यसरी काम गरेपछि उनि आफैँले होटल चलाउन थाले । उनि यतिखेर स्याङबोचेस्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुन् । काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ - ६ देबुचेमा काम गर्न आएका थिए । चार वर्षयता उनि हाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहेका छन् । सिजनमा राम्रै कमाइ हुने उनले बताए । यी तीन जना प्रतिनिधि पात्र हुन् । ...

नेचाका पर्यटकीय स्थल

जालपा गुफा र सुके पोखरी   सदरमुकाम सल्लेरीबाट करीब ११ कोष टाढा रहेको नेचा वेतघारी गाविसको वार्ड नं. २ नेचा डाँडा (१९०० मि. उचाइ) को रमणीय जङ्गलमा जालपा गुफा रहेको छ । गुफाको पूर्वतर्फ जालपा देवीको मन्दिर तथा यज्ञक ुण्ड, पश्चिमतर्फ सिद्धेश्वर महादेव स्थान, उत्तर तर्फ सुकेपोखरी तथा दक्षिण तर्फको डाँडामा सूर्योदय पार्क रहेकाले विविधताको नमूना यहाँ हेर्न सकिन्छ । मकालु, केरेलुङ्ग, नुम्बुर, थामसेर्कु, मेरापिक आदि हिमश्रृंखला देखिने सूर्योदय पार्कबाट दूधकोशीको अविरल प्रवाहका साथै हलेसी महादेवस्थान, रुम्जाटार, ट्याम्के डाँडा, ऐंसेलुखर्क लगायत सोलु, खोटाङ्ग र ओखलढुङ्गाका धेरै भागहरू देख्न सकिन्छ । १९७० को दशकमा एकजना पण्डितले कोटीहोम लगाएको प्रसङ्ग स्कन्ध पुराणमा उल्लेख गरिएको पाइन्छ भने सोही स्थानमा एउटा ठूलो गुराँस (३ फुट गोलाइ) को रुख रहेको छ । सुकेपोखरीको पानी महिलाले झिक्न नहुने, उक्त स्थानमा फोहोर मैला भएमा गाउँमा अनिष्ट हुने, पोखरीमा झरेका पात घामको झुल्कोमा अनौठो चराले हटाउने र पोखरीमा जुठविटुल गरिएमा सेतो मृग, हाँस देखिने तथा सिंह गर्जने गर्दछ भनिन्छ । ऐतिहासिक, धार्मिक र ...

मोबाइल भिज्यो ? बिग्रनबाट यसरी जोगाउनुस्

आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिग्रिएला भन्ने डर सबैलाई हुन्छ । वर्षात् समय सुरु भैसकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाहीँ सावधानी अपनाउँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ । ता कि मोबाइल फोनमा पानीले असर नपरोस् । स्मार्टफोन भिजिहाल्यो भने यसरी स्याहार गर्नुपर्छः १. तत्कालै मोबाइल स्विच अफ गर्नुस्ः मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलाई सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भने पनि निकाल्नुहोस् । २. ब्याट्रीको स्टिकर जाँच गर्नुस्ः तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ । ३ . विस्तारै फोन पुछ्नुहोस्ः तपाइँको भिजेको स्मा...