Skip to main content

भरिया कामदारहरू करोडपति बन्दै

सोलुखुम्बु: तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदार लगायतको मजदुरी गरेका शेर्पा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुन् ।

स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा कहलिएका मगर कामदारबाट खुम्बुमा करोडपति मालिक वनेका छन् । खुम्बुमा अन्यत्रबाट आएकालाई जग्गा किन्न समस्या हुने भएपनि खुम्बुकै युवतीसँग विवाह गरेपछि उनले त्यहाँ घडेरी किन्न सम्भव भएको हो । उनि भन्छन् 'भरियाबाट सङ्घर्ष गरें अहिले राम्रो छ' । 

त्यस्तै धादिङका दिल थापामगर १९ वर्ष अघि होटल कामदारका रुपमा नाम्चे अएका हुन् । करिब नौ वर्ष त्यसरी काम गरेपछि उनि आफैँले होटल चलाउन थाले । उनि यतिखेर स्याङबोचेस्थित खुम्बु माउन्टेन भ्यु लज, नाम्चेभित्रै होटल एभरेस्ट र नेस्ट गरी तीन होटलका सञ्चालक हुन् । काभ्रे तिमालका राम लामा पनि ११ वर्षअघि खुम्जुङ - ६ देबुचेमा काम गर्न आएका थिए । चार वर्षयता उनि हाँ स्योमारेमा हिमालयन लन्च स्पट चलाइरहेका छन् । सिजनमा राम्रै कमाइ हुने उनले बताए ।

यी तीन जना प्रतिनिधि पात्र हुन् । खुम्बु क्षेत्रमा कामदार मालिक बनेका निकै उदाहरण छ । 'कम्तीमा दुई दर्जन जतिले कामबाट कमाएको पैसाले आफैँ होटल चलाउन थालेका छन्' व्यवसायी डिल्ली मगरले भने । यस क्षेत्रमा घरजग्गा किन्न नपाइने भएकाले भाडामा घरजग्गा लिएर होटल चलाउनुपर्छ अथवा त्यतैका युवतीसँग विवाह गरेमा उनीहरूको नाममा किन्न पाइन्छ ।

चौरीखर्क नाम्चे र खुम्जुङ गाविसलाई खुम्बु क्षेत्र भनिन्छ । यस क्षेत्रमा कम्तीमा हजारभन्दा बढी होटल छन् । लुक्ला, चौरीखर्क घाट, ठाडो कोसी, फाक्दिङ, राङदिङ, टोकटोक, बेंकर, मोन्जो, जोरसल्ले, नाम्चे, खुम्जुङ, स्याङबोचे, पाङबोचे, स्योमारे, दिङबोचे, फेरिचे, थुक्ला, लबुचे हुँदै गोरक्सेपसम्मनै होटल रहेका छन् ।

होटल व्यवसाय सुरुवात गर्ने शेर्पा समुदाय भए पनि विस्तारै उनीहरू राजधानी र युरोपतिर जान थालेपछि जिल्लाको अन्य गाविस तथा बाहिरी जिल्लाबाट आउने कामदार आफैँ मालिक बन्न थालेका हुन् ।

'पर्यटकीय क्षेत्र भएकाले होटल व्यवसाय गर्न चाहनेका लागि खुम्बु क्षेत्र राम्रो सम्भावना बोकेको ठाउँ हो, त्यसैले यहाँ सामान्य तलबमा काम गर्न आउने कामदार करोडपति बन्न थालेका उदाहरण धेरै छन्' खुम्जुङका दोर्जी शेर्पाले भने । यसरी विभिन्न क्षेत्रबाट आउने थुप्रै कामदार खुम्बुमा मालिक बनेका छन् भने धेरैले उतै वैवाहिक सम्बन्ध पनि गाँसेका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।