Skip to main content

गुगल बारे ११ रोचक तथ्य जाखिराखौँ

न्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ ।
एकै समयमा धेरै चिजको सामना गरिरहेको गुगलमाथि कहिलेकाहीँ सिर्जनात्मकता नभएको तथा यसका सेवाहरुमा कुनै त्यस्तो उल्लेखनीय तथा अनौठो तथ्य नभएको भनि आलोचना समेत हुने गरेको छ ।
तर, आलोचकहरुले भनेजस्तै उतिसारो निरस भने छैन् गुगल । गुगलका सेवाहरु उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् । गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् :

१. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले ।

२. गुगलले Google जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्जना गरेको छ जस्तै Google.com, Gogle.com, Googlr.com त्यस्तै 466453.com, नाम डोमेनको स्वामित्व पनि गुगलकै छ ।

३. गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।

४. गुगलले आफ्ना धेरै प्रोजेक्ट ठूलो जनसंख्यालाई लक्षित गरेर कार्यान्वयन गरेको हुन्छ । तर सन् २०१२ मा गुगलले आफ्नो जिमेल सेवामा चेरोकी भाषा समेत समावेश गर्यो । अमेरिकामा बस्ने आदिवासी चेरोकी भाषी समुदायका लागि गुगलले जिमेलमा चेरोकी भाषा सन् २०१२ मा ल्याएको हो । चेरोकी भाषा बोल्ने २० हजारको हाराहारीमा मात्र छन् ।

५.गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ बि्रनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।

६. गुगलको आम्दानीको अधिकांस हिस्सा यसको अनलाइन विज्ञापनबाट आउने गर्छ । सन् २०१३ मा गुगलले जम्मा गरेको ५५ अर्ब ५० करोड डलर राजश्वमध्ये ९१ प्रतिशत विज्ञापन सेवाबाटै जम्मा भएको हो ।

७.गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।

८. गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ ।

९.गुगलले आफ्नो स्टि्रट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।

१०. गुगलले यो वर्ष नै विभिन्न २४ वटा कम्पनी खरीद गर्यो । यो हिसाबबाट हेर्दा गुगलले महिनामा सरदर ३ वटा प्रबिधि कम्पनीलाई आफुमा विलय गराउने गरेको छ ।

११. गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।