
श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले इजरायलले नेपाली कामदार लिने संकेत गरेपछि सरकारी तवरबाट प्रशिक्षार्थी कामदार पठाउँने तयारी थालिएको जानकारी दिए । अहिल बनाएको योजना अनुसार अन्तिम निर्णय भएमा जाने कामदारलाई सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउँने छ । यसरी जानेले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ । धेरैजसोले कृषि क्षेत्रमा काम गर्न पाउने भएकोले नेपालको कृषिलाई ब्यवसायीकरण गर्न यसबाट सहयोग पुग्ने सरकारको ठम्याई छ । काम सिकेपछि अनिवार्य रुपमा स्वदेशमा फर्किनुपर्ने सर्त राख्ने सरकारी योजना रहेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले दुवै देशबीच दक्षिण कोरियामा जस्तै सरकारी तवरबाट कामदार पठाउँन लागिएको बताएको कुरा समाचारमा जनाइएको छ ।
Comments
Post a Comment