Skip to main content

Posts

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!

काठमाडौं— भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपाल भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । तीन घेरामा उनको सुरक्षा व्यवस्था मिलाइएको छ। गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ । भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा गरेको नेपाल भ्रमणपछि पहिलोपटक भारतीय राष्ट्रप्रमुखबाट नेपाल भ्रमण हुन लागेको हो । भारतले नेपालको राजनीतिक स्थिति र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीलाई भ्रमण नहुनुको कारक बताउँदै आएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । उनको भ्रमणलाई नेपाली पक्षले ऐतिहासिक बनाउने तयारी गरेको छ। काठमाडौंमा महŒवपूर्ण भेटघाट गर्ने मुखर्जीले जनकपुर र पोखरा भ्रमण पनि गर्नेछन्। कात्तिक पहिलो सातादेखि नै सुरक्षा अधिकारीले मुखर्जीको भ्रमणलाई लिएर सुरक्षा योजना ...

दीपावलीको हार्दिक मंगलमय शुभकामना ।

२०७३ सालको दीपावली तथा छट पर्वको उपलक्ष्यमा सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक मंगल मय शुभकामना!!!

महंगो फल किवि खेतीमा बिचार नपुर्याउँदा जोखिममा पर्नसक्छ लगानी

नेपालमा बर्षेनी छ अर्ब रुपैयाँ जत्तिको फलफूल आयात हुने गरेको अनुमान छ र त्यस मध्येको महंगो फल किवि पनि एक हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । के हो किवि ?  यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ ।  धनीले मात्र किन्छन् नेपालमा न्युजिल्याण्ड, चिली र ईटली लगायतका देशहरुबाट किवि आयात भईरहेको बताईन्छ । ती देशहरुबाट ल्याउँदाको ढुवानी भाडा नै चर्को र डलरमा मूल्य तिरेर ल्याउनुपर्ने हु...

सामसुङ नोट ७ को उत्पादन बन्द, स्विच अफ गरेर राख्न सामसुङको अपिल

मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ । सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो । उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले यस्तो अपिल गरेको हो । एक विज्ञप्ती जारी गर्दै सामसुङले ग्यालेक्सी नोट सेभेनको बिक्रि तथा सट्टापट्टा बन्द गर्नका लागि सबै प्रयोगकर्ता तथा बिक्रेताहरुलाई आग्रह गर्ने र सुरक्षित भनिएका नोट सेभेनमा आगो लागेको घटनाको छानविन गर्ने जनाएको छ । विज्ञप्तीमा भनिएको छ ः पूरानो नोट सेभेन वा पछि साटेको नोट सेभेन जुन भएपनि सबै प्रयोगकर्ताले डिभाइस स्विच अफ गरेर राख्नुहोस्् र प्रयोग नगर्नुहोस् । ग्यालेक्सी नोट सेभेन आगलागीको यो घटना दक्षिण कोरियाली कम्पनी सामसुङका लागि ठूलो धक्का भएको बताइएको छ । नोट सेभेन प्रयोग नगर्न सामसुङले जारी गरेको दोश्...

सक्छौ साकाहारी बनौ सक्दैनौ खसि काटेको मासु खाएको ,फोटो चाहि पोष्ट नगरौ

यसपालीको दशैमा अनेक अनेक स्टाटास लेखेर मानिसहरु चर्चामा आइरहेका छन् । यसै क्रममा कयौ मानिसहरुले यसपाली पशुवलिको विरोधमा स्टाटस लेखेका छन भने कयौले पशुअधिकारका कुरा उठाइर हेका छन् । हास्य कलाकार दिपक राज गिरीको स्टाटस भने एकदमै सन्तुलित रहेको छ । उनले सानो बेलामा आफूले माासु खाने गरेको र पछि बुझ्ने भएपछि मासु छाडेको प्रसंगलाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै भनेका छन् , सक्छौ शाहाकारी बनौ सक्दैनौ,शाहाकारी बन्न नसके पनि मासु खाएको र मासु काटेको तस्विर चाहि पोष्ट नगरौं । हेर्नुस दिपक राज गिरीको पोष्ट जस्ताको तस्तै म आज लेख्दैर्छूुस।।।।।  सानो छंदा १० दिन अघि खसि घरमा आउथ्यो खसि संगै खेल्थे , खसिको कान निमोठथे, म्वाइ खान्थे त्यहि खसि अष्टमिको दिन आफ्नै ऑखा अगाडि काटिदा रून्थे म।। ।। बिस्तारै ठूलो हूदै गए खसि काटदा आफै खुट्टा समाउन थाले।।।। मतलब संबेदनाहीन बन्दै गएछू तर अहिले ५ बर्ष भो म पूर्ण साकाहारी छू।।।।। दशै रमाइलो नै छ।।। रमाइलो भनेको कसैको मासु र कसैको ऑशुमा हुनै सक्दैन।।।।।। सक्छौ साकाहारी बनौ सक्दैनौ खसि काटेको मासु खाएको ,फोटो चाहि पोष्ट नगरौ

दुनियाँमा हरेक एक मिनेटमा के के हुन्छ ? जानिराखौँ ९ रोचक तथ्य

विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् । बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको मृत्यु हुन्छ । विश्वमा हरेक एक मिनेटमा १५ जना अपांग बच्चा जन्मिन्छन् । विश्वमा हरेक एक मिनेटमा १६० जना मानिसको मृत्यु हुन्छ । चर्चित ब्राण्ड नाइकले हरेक एक मिनेटमा ३८ लाख रुपैयाँ मुनाफा कमाउँछ । हरेक मिनेटमा ५५ हजार ब्यारेल तेलको प्रयोग हुन्छ । मानिसहरुले एक मिनेटमा औषतमा १२ पटक परेला झिम्क्याउँछन् । एक मिनेटमा पृथ्वीमा ३६० पटक चट्यांग पर्दछ । पृथ्वीमा रहेकेा ९६ करोड टन पानी हरेक मिनेटमा वाफ बनेर उड्दछ ।  हरेक मिनेटमा दुनियाभर ४५ सय गोटा म्याकडोनाल्डका बर्गर खाइन्छ ।

BioLite BaseCamp Wood Burning Stove and Grill

BaseCamp Large format cooking & charging The BaseCamp converts heat into usable electricity for large-format cooking and charging. Using only fallen branches or small pieces of firewood, make wood-fired meals and charge devices all at the same time. It's a smart alternative to fossil-fueled stoves, creating an elevated cooking fire that burns smarter than any fire you're used to.