Skip to main content

सामसुङ नोट ७ को उत्पादन बन्द, स्विच अफ गरेर राख्न सामसुङको अपिल































मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ ।

सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो ।

उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले यस्तो अपिल गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै सामसुङले ग्यालेक्सी नोट सेभेनको बिक्रि तथा सट्टापट्टा बन्द गर्नका लागि सबै प्रयोगकर्ता तथा बिक्रेताहरुलाई आग्रह गर्ने र सुरक्षित भनिएका नोट सेभेनमा आगो लागेको घटनाको छानविन गर्ने जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ ः पूरानो नोट सेभेन वा पछि साटेको नोट सेभेन जुन भएपनि सबै प्रयोगकर्ताले डिभाइस स्विच अफ गरेर राख्नुहोस्् र प्रयोग नगर्नुहोस् ।

ग्यालेक्सी नोट सेभेन आगलागीको यो घटना दक्षिण कोरियाली कम्पनी सामसुङका लागि ठूलो धक्का भएको बताइएको छ । नोट सेभेन प्रयोग नगर्न सामसुङले जारी गरेको दोश्रो अपिलसँगै सोमबार सिओलमा कम्पनीको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट आयो ।

सामसुङले गत अगष्टमा बहुप्रतिक्षित ५.७ इन्चको ग्यालेक्सी नोट सेभेन फ्याब्लेट सार्वजनिक गरेको थियो । एप्पलको आइफोन सेभेनको प्रतिस्पर्धी ठानिएको थियो यसलाई । तर बजारमा पठाए लगत्तै नोट सेभेन विस्फोट भएका घटना सार्वजनिक हुन थाले ।

लिथियम आयोन ब्याट्रीको समस्याका कारण चार्ज गर्दा नोट सेभेन बढि तातेर त्यसमा आगो लागेको सामसुङले प्रष्टिकरण दिँदै सेप्टेम्बरको सुरुमा विश्वका १० देशका बजारहरुमा पठाएका २५ लाख नोट सेभेन फिर्ता लिने घोषणा गरेको थियो ।

सामसुङले आगो लाग्ने समस्याग्रस्त नोट सेभेनको साटो सुरक्षित भनिएका नोट सेभेन दिन सुरु गरेको थियो । तर, सुरक्षित भनिएका फोनमा पनि आगलागीका घटना हुन थालेका थिए ।

गत हप्ता एक अमेरिकी प्रयोगकर्ताले आफ्नो पछिल्लो नोट सेभेनमा आगलागी भएको कुरा सार्वजनिक गरे । गत बुधबार अमेरिकाकै एक विमानभित्र उडानअघि नोट सेभेनमा आगलागी भएर धुवाँ निस्किँदा उडान नै अबरुद्ध भएको थियो । अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोगले यो घटनाको छानविन गरिरहेको छ ।

ग्यालेक्सी नोट सेभेन स्विच अफ गरेर राख्न तथा प्रयोग नगर्न सामसुङले जारी गरेको अपिललाई अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोगले स्वागत गरेको छ ।
सिएनएन

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।