यसपालीको दशैमा अनेक अनेक स्टाटास लेखेर मानिसहरु चर्चामा आइरहेका छन् । यसै क्रममा कयौ मानिसहरुले यसपाली पशुवलिको विरोधमा स्टाटस लेखेका छन भने कयौले पशुअधिकारका कुरा उठाइर हेका छन् । हास्य कलाकार दिपक राज गिरीको स्टाटस भने एकदमै सन्तुलित रहेको छ । उनले सानो बेलामा आफूले माासु खाने गरेको र पछि बुझ्ने भएपछि मासु छाडेको प्रसंगलाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै भनेका छन् , सक्छौ शाहाकारी बनौ सक्दैनौ,शाहाकारी बन्न नसके पनि मासु खाएको र मासु काटेको तस्विर चाहि पोष्ट नगरौं ।
हेर्नुस दिपक राज गिरीको पोष्ट जस्ताको तस्तै
म आज लेख्दैर्छूुस।।।।।
सानो छंदा १० दिन अघि खसि घरमा आउथ्यो
खसि संगै खेल्थे , खसिको कान निमोठथे, म्वाइ खान्थे
त्यहि खसि अष्टमिको दिन आफ्नै ऑखा अगाडि काटिदा
रून्थे म।। ।। बिस्तारै ठूलो हूदै गए खसि काटदा आफै खुट्टा समाउन थाले।।।। मतलब संबेदनाहीन बन्दै गएछू
तर अहिले ५ बर्ष भो म पूर्ण साकाहारी छू।।।।। दशै रमाइलो नै छ।।। रमाइलो भनेको कसैको मासु र कसैको ऑशुमा हुनै सक्दैन।।।।।। सक्छौ साकाहारी बनौ सक्दैनौ खसि काटेको
मासु खाएको ,फोटो चाहि पोष्ट नगरौ
Comments
Post a Comment