Skip to main content

महंगो फल किवि खेतीमा बिचार नपुर्याउँदा जोखिममा पर्नसक्छ लगानी

नेपालमा बर्षेनी छ अर्ब रुपैयाँ जत्तिको फलफूल आयात हुने गरेको अनुमान छ र त्यस मध्येको महंगो फल किवि पनि एक हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

के हो किवि ? 



यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।

किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । 

धनीले मात्र किन्छन्

नेपालमा न्युजिल्याण्ड, चिली र ईटली लगायतका देशहरुबाट किवि आयात भईरहेको बताईन्छ । ती देशहरुबाट ल्याउँदाको ढुवानी भाडा नै चर्को र डलरमा मूल्य तिरेर ल्याउनुपर्ने हुँदा महंगो भएको हो । महंगो भएकाले धनी र मध्यमबर्गले मात्र नियमित किनेर खानसक्छन् । नेपालमै गुणस्तरीय किवि ब्यापक मात्रामा उत्पादन हुन थालेको अबस्थामा मूल्य स्वतः कम हुने नै छ । त्यसपछि साधारण उपभोक्ताको पहुँचमा पनि पुग्ने छ । तर गुणस्तरीय किवि उत्पादन नभएको अबस्थामा न गरीबले खाने छन् न किसानहरुलाई नै फाईदा हुनेछ । गुणस्तरीय किवि भएन भने बजार नपाएर किसानहरु सोझै घाटामा जाने नै हो ।

अर्गानिक बिक्री केन्द्र, अनामनगरले गत बर्ष तीन सय रुपैयाँ प्रति किलोग्राम दरमा किवि बिक्री गरेको थियो तर गुणस्तरमा गुनासो आएपछि किसानलाई नै फिर्ता गरियो । यस बर्ष नेपाली किविको भाऊ अझै घट्ने आँकलन गरिएको छ ।

नेपालका नाम चलेका सुपर मार्केटहरुले अहिले बिदेशबाटै आयातित किवि महंगो मूल्यमा बेचिरहेका छन् र त्यही मूल्य पाउन सकिन्छ कि भन्दै धेरै नेपाली किसानहरु किवि खेतीमा लागेका छन् तर बेलैमा बिचार नपुर्याउँदा किवि खेतीमा गरिएको लगानी जोखिममा पनि परेको हुनसक्छ ।




कसरी लगानी जोखिममा ?

किविको ब्यवसायिक खेती गर्ने किसानले हेवार्ड, रेड र गोल्डेन जातको किविको बिरुवा रोपेका छन् कि छैनन् भन्ने मुख्य सवाल हो । यी जातको फल मात्रै गुणस्तरीय हुने र बिदेशबाट आयातित किविसँग प्रतिस्पर्धा गर्नसक्ने भएकाले किसानले लाभ पाउनसक्छन् तर अलिशान, मन्टी, बु्रनो र एब्बोट जातका बिरुवाहरु लगाएका छन् भने उनीहरुको लगानी जोखिममा परेको छ । हेवार्ड, रेड र गोल्डेन बाहेकका जातका किवि अमिलो, टर्रो हुन्छ र फल खान मिल्दैन, सस, जाम लगायतका प्रशोधित कुराहरु मात्र बनाउँन मिल्छ । हेवार्ड जातको किवि लामो समयसम्म भण्डार गर्न सकिने र खाँदा स्वादिलो हुने भएकाले बजारमा सजिलै बिक्री हुन्छ भने अन्य जातका किवि बजारमा बिक्दैनन् र प्रशोधन गरेर जाम, सस लगायत बनाउने प्रबिधि पनि नेपालमा सहज छैन । त्यसैले गलत जातको बिरुवा लगाएका किसानहरु घाटामा पर्नसक्छन् ।

बिज्ञको भनाई के छ ?

बरिष्ठ बागवानी बिकास अधिकृत चन्द्रमान श्रेष्ठ हाम्रो सम्पदा पत्रिकामा लेख्छन्, नेपालमा बिरुवा उत्पादन गराउने निकायहरुले नर्सरीमा बिरुवा तयार पार्दा धेरै जसो अन्य साधारण जातका भएको तथ्य अहिले फल बिक्रीमा ल्याउँदा मात्र थाहा भयो । हेवार्ड जात नभएकाले नेपालमा उत्पादन भएको किवि फल गुणस्तरीय नभएको हो ।

नर्सरीहरुले किसानहरुलाई किविको विरुवा भन्दै महंगो मूल्य लिएर बेचे पनि तीन बर्ष लगाएर बिरुवा हुकाई फल लिने बेलामा अर्कै जातको परेपछि किसानले आफुहरु ठगिएको महसुस गरेका छन् । कतिपय नर्सरीहरुको ठगीधन्दा बाहिर आए पछि किविको बिरुवा बिक्री हुनै छाडेको छ र त्यस्ता नर्सरीहरुले आफुलाई घाटाबाट जोगाउन हेवार्ड जातकै बिरुवा हो भनी सिफारिस गरिदिन सरकारी निकायहरुमा हार गुहार गरेको समाचार पनि बाहिर आएको छ ।

नेपालको ईलामदेखि दोलखा, रामेछाप, काभ्रे, पर्वत लगायत कयौं जिल्लामा किवि खेती फैलिएको छ र कतिपय स्थानमा एक गाउँ एक उत्पादनको नारामा समेत किवि खेती भईरहेको छ । ६ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा किवि खेती बिस्तार भएको बताईन्छ । खास गरी तीन बर्षमा फल लाग्न सुरु हुने किवि मंसिरदेखि माघको अन्त्यसम्ममा खान योग्य हुन्छ ।

भुइँ स्याउबाट पाठ सिकौ

बजारको अबस्था नहेरी अन्धाधुन्ध रुपमा गत बर्ष भुई स्याउँ खेती गरेका किसानहरुले ठूलो घाटा ब्यहोरे । कम्तिमा २५० रुपैयाँ किलोमा बिक्री हुने भन्दै किसानहरुलाई भुईस्याउँ खेती गर्न उक्साईएकोमा बजारमा ५० रुपैयाँ किलोमा पनि नबिकेपछि ती मध्येका कयौं किसानले यस बर्ष भुइँ स्याउको खेती गर्नै छाडे । त्यस्तै अबस्था किवि खेतीमा पनि यस बर्ष देखिनसक्छ किनभने उत्पादन धेरै हुँदैछ, गुणस्तरहिन भई बिक्री भएन भने घाटामाथि घाटा । एलाभेरा उत्पादन गर्न तम्सििएका किसानहरुले पनि केही समय पहिले यस्तै नमिठो पाठ सिकेका थिए ।

त्यसैले किवि खेतीबाट लाभ लिन हेवार्ड जातको गुणस्तरीय बिरुवा मात्र लगाउन बरिष्ठ बागबानी बिकास अधिकृत श्रेष्ठको जोड छ । कमशल जातको बिरुवा लगाईसकेको भए पनि त्यसलाई टप वर्किड. प्रबिधिबाट सुधार गरी गुणस्तरीय बिरुवा बनाई राम्रो किविको जातमा रुपान्तरण गर्न सकिने प्रबिधि पनि नेपालमा सफल भईसकेको छ ।

नेपालमा हेवार्ड जातको किवि आबश्यक परिमाणमा उत्पादन गर्न सकेमा गरीबहरुले पनि सस्तो मूल्यमा उपभोग गर्नसक्ने, पौष्टिकता प्राप्त हुने र बिदेशबाट हुने निर्यात घटाई आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।