हाल मुलुकलाई संघीय शासन प्रणालीमा लैजानका लागि ६ वटा प्रदेशहरुको प्रस्ताव गरिएका छन् । जसमा नेपाल गणराज्यको सुदुर पूर्वी क्षेत्रमा प्रदेश नंं–१ भनेर एउटा राज्य प्रस्ताव गरिएको छ । उक्त राज्यको सामथ्र्यगत हैसियतको समान्य विश्लेषण मात्र यस लेखको मूल ध्यय हो । सामथ्र्यको दृष्टिकोणले प्रस्तावित प्रदेश–१ ( ….. राज्य) अन्य राज्य भन्दा कुनै पनि हालतमा कम र्छैन र, पछि पर्ने सम्भावना पनि देखिँदैन । पूर्वी नेपालमा हाल कायम रहेका हिमाली–३, पहाडी–८ (उदयपुर भित्री मधेश सहित), तराई–३ गरी जम्मा १४ वटा जिल्लाहरु समेटेर प्रस्ताव गरिएको नं.–१ राज्य सघीय गणराज्य नेपालको एक नम्बर स्थानमै आउन सक्ने प्रशस्त सम्भावनाहरु देखिन्छन् । प्राकृतिक एवम् भौगोकि बनावट, आर्थिक–सामाजिक तथा पूर्वधार विकासका आयमहरु सरसती हेर्दा प्रस्तावित छ राज्यहरु मध्ये सबैभन्दा सन्तुलित राज्य यहि नै देखिन्छ । नेपालको सन्दर्भमा विकासका पूर्वधारको रुपमा शिक्षा, सञ्चार, यातायात, उर्जा, वाणिज्य, साधन–स्रोत, जनशक्ति आदि प्रमुख हुन् । यस सन्दर्भमा प्रस्तावित एक नम्बर राज्यको वर्तमान अवस्था विश्लेषण गर्दा यो राज्यले चाँडै विकासको गत...