Skip to main content

छम्जी शेर्पा लाई सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको उपाधी

सोलुखुम्बु गुदेलकी निमाछम्जी शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी

आरोहीको रेकर्ड कायम गराउन सफल भएकी छिन् । उनलाई बुधबार गिनिज वर्ल्ड रेकर्डले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको प्रमाणपत्र पठाएको हो ।
निमाछम्जीले २०६९ जेठ ६ गते शनिबार सगरमाथा आरोहण गरेकी थिइन्। आरोहण समयमा निमाछम्जी १६ वर्ष ६ महिनाकी थिइन्। प्रमाणपत्र पाएपछि निमाछम्जीले खुसी हुँदै भनिन्’, ‘बुधबारमात्रै साउथ साइडबाट सगरमाथा चढ्ने कान्छी आरोहीको उपाधि पाएँ, एकदमै खुसी लागेको छ ।’
रेकर्ड पाउन झन्डै तीन वर्ष पर्खनुपरेको उनले सुनाइन् । उनले सगरमाथा आरोहण गरेपछि उनका बुबा डेन्डी छोरीको रेकर्ड कायम गराउन लागिपरेका थिए। १८ जनाको समूहमा निमाछम्जीसँगै उनका बुवा डेन्डी पनि सगरमाथा चुचुरामा पुगेको थिए ।
बुवाछोरी एकैपटक सगरमाथा आरोहण गरेको पहिलो घटना भएको जनाउँदै गिनिज बुकले उनीहरूलाई पहिलो बुवाछोरी सगरमाथा आरोही भएको रेकर्ड पनि दिने भएको छ । हाल राजधानीको बौद्धमा बस्दै आएकी निमाछम्जीले जोरपाटीमा रहेको हिमालयन इन्टरनेसनल मोडल उमाविबाट प्लस टु सकिन् ।
आफ्नो उद्देश्य पहिलेदेखि नै पर्वतारोहण क्षेत्रमा रहेको उल्लेख गर्दै उनले यस रेकर्डले झनै उत्साह थपेको बताइन् । ‘मलाई पहिलेदेखि नै माउन्टेन प्रोजेक्ट मन पर्थ्यो, यस रेकर्डले झनै हौसला मिलेको छ ।’
उनले आफूले पाएको रेकर्ड साउन ३१ गते आइतबार पर्यटन बोर्डमा एक कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी रहेको बताइन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।