Skip to main content

भगवान भरोसामा फाप्लु बिमानस्थल

बिक्रम श्रेष्ठ

सोलुखुम्बु १८, साउन : पहाडी क्षेत्रकै ब्यस्त मानिने सोलुखुम्बुको फाप्लु बिमानस्थललाई तारबार नगरिदा बिमानस्थलको सुरक्षामै खतरा बढेको छ । करिब १ वर्ष अघि कालोपत्रको काम सम्पन्न भएपछि पहिलेको तुलनामा निक्कै ब्यस्त रहने सदरमुकाम नजिकैको उक्त बिमानस्थलको कहीँ पनि तारबार लगाइएको छैन ।

लम्बाई ६ सय ५० मिटर तथा चौडाई २० मिटर धावनमार्ग भएको उक्त बिमानस्थल कालोपत्रे गरिएपनि तारबार नगरिदा बिमानस्थलको सुरक्षा नै फितलो बनेको छ । बिमानस्थलको धावनमार्गमा जहाज अबतरण गर्ने समयमा कुकुर पस्ने, मानिसहरु समेत ओहोरदोहोर गर्ने गरेको पाइएको छ । तारबार नभएकै कारण जहाज अबतरण गर्ने क्रममा बिमान सुरक्षाका लागि खटिएका प्रहरीहरुले मात्रै जहाज अबतरण हुने समयमा धावनमार्गको पुर्ण जिम्मेवारी लिन सकेका छैनन् ।

बिमानस्थलको ठिक माथि सडक रहेकाले बिमानस्थलको वरिपरि सर्बसाधरणको बढी चाप रहने गर्दछ । बिमानस्थलका सुरक्षाकर्मीहरुले बेवास्ता गर्दा सर्बसाधरणहरु समेत स्वतन्त्र रुपमा धावनमार्गमा हिडिरहेका हुन्छन् । बिहानीको समयमा मात्रै उडान भर्ने फाप्लु बिमानस्थलमा दैनिक ३० वटा सम्म जहाज अबतरण हुने गर्दछ । बिमानस्थल भित्र प्रबेश गर्ने क्रममा कडाई नगर्दा चारपाङग्रे सवारी साधनहरु समेत निर्बाध रुपमा गुडिरहेका छन् ।
मानिस भन्दा जनावरलाई नियन्त्रण गर्न कठिन भएको फाप्लु बिमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आकाश मण्डलले बताए । “यहाँको बिमानस्थल भगवान भरोसामा चलेको छ, बिमान अबतरण गर्ने समयमा मलाई त साह्रै डर लाग्छ ।”

बिमानस्थल कालो पत्रे गर्ने ठेक्का लिएको कम्पनि एम के खानीले तारबार गर्ने काम आफुहरुको नभएको दाबी गर्छ । उक्त ठेक्केदार कम्पनीका स्थानीय प्रतिनिधि दावागेलु पाख्रीनले तारबार गर्ने कार्य आफुहरुको जिम्मेवारी भित्र नपर्ने भन्दै तारबार गर्ने कार्य नेपाल नागरिक उड्ययन प्राधिकरणले गर्नु पर्ने बताए । तारबारका लागि अहिले सम्म प्राधिकरणले पनि चासो देखाएको छैन ।

बिमान सुरक्षा गार्ड पनि पर्याप्त नहुँदा थप समस्या भइरहेको मण्डलले बताए । त्यस सँगै बिमानस्थलको सुरक्षा ब्यबस्थामा पनि कडाई नभएको कारण अनाबश्यक मानिसहरु पनि बिमान पार्किङ स्थलमै पुग्ने गरेका छन् भने अनाबश्यक भिड पनि बढिरहेको छ । उनीहरु धावन मार्गमा जथाभाबी जुनसुकै बेला पनि हिडिदिने गरेकाले थप चुनौती थपिएको हो । हाल सम्म कुनै अप्रिय घटना भने यस बिमानस्थलमा घटेको छैन ।

यसैबीच, तारा एयरलाइन्सको नयाँ ट्वीनअटर जहाजले फाप्लु बिमानस्थलबाट पहिलो पटक उडान भरेको छ । ९ एनएकेएल कल साइन भएको १७ सिटे क्यानिडियन जहाजले काठमाडौं देखि फाप्लु सम्म उडान भरेको हो । यात्रु सहित फाप्लुको धावन मार्ग टेकेको जहाज सोमबार बिहान सवा नौ बजे पुन काठमाडौं नै यात्रु लिएर फर्केको छ । तर सोलुखुम्बुका आकाशमा भने दोस्रो पटक उडेको हो । यस अघि आइतबार तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा पहिलो पटक उडान भरेको थियो ।

प्रतिलिपि स्रोत:करोबर

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।