Skip to main content

कुन जिल्ला कुन प्रदेशमा ? हेर्नुहोस्….









लामो समय सम्मको विवाद र बहस पछि मुख्य दलहरुबीच ६ प्रदेशमा सहमति भएको छ । बिहानै देखि छलफलमा जुटेका शीर्ष नेता सहितको संवैधानिक राजनीतिक संवाद तथा सहमती समिति अन्तर्गतको विशेष समितिको बैठकमा तराईमा २ प्रदेश र पहाडमा ४ प्रदेश बनाउने गरी सहमति जुटाएका हुन् । प्रदेशको नामांकन भने भैसकेको छैन । स्रोतका अनुसार कैलाली र कन्चनपुरलाई नछुट्याउने तथा झापा, मोरङ र सुनसरीलाई पनि पहाडी जिल्लासँग जोडेर एकै प्रदेशमा राख्ने गरी सहमति जुटेको छ । दलहरु बीच भएको सहमति संगै संविधान जारी गर्ने बाटो सहज भएको छ । सहमति अनुसार दलहरुबीच भएको प्रदेशको सिमांकन यसप्रकार छ :

प्रदेश १ : मेची र कोशी अञ्चलका सबै जिल्ला
सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा

प्रदेश २ : पर्सादेखि सप्तरीसम्मको तराई
पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही

प्रदेश ३ : बागमती अञ्चलका सबै जिल्ला, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखा र रामेछाप
बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक

प्रदेश ४ : गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग
गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ
धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ

प्रदेश ५ : राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग र भेरी अञ्चलका बाँके र बर्दिया
लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा
राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान

प्रदेश ६ : सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत, जाजरकोट र दैलेख
कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु
सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा
महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an