Skip to main content

पदयात्राका लागि सगरमाथा क्षेत्र सुरक्षित, क्षति १७ प्रतिशतमात्र


२२ साउन, काठमाडौं । पदयात्राका लागि बहुचर्चित खुम्बु (सगरमाथा) क्षेत्र सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त मियामोतो नामक संस्थाले खुम्बु पदमार्गको गहिरो अध्ययन गरि शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
मियामोतो इन्टरनेशनलले खुम्बु क्षेत्रको प्राविधिक एवं भौगर्भिक अध्ययन गरेको थियो । मियामोतोको प्रतिवेदनमा खुम्बु पदमार्गमा रहेका होटल, बाटो तथा पुलहरु सुरक्षित रहेको उल्लेख गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपछि पदयात्रा क्षेत्रको वास्तविक अवस्थाका बारेमा अध्ययन गर्न मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो ।
मियामोतोले खुम्बु क्षेत्रका १५ गाविसमा ७ सय १० वटा भवनको अध्यन गरेको थियो । जसमध्ये ८३ प्रतिशत भवन सुरक्षित रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मियामोतो इन्टरनेशनलका किट मियामोतोले बताए ।
भूकम्पले १७ प्रतिशत अर्थात एक सय २० भवनमा मात्र क्षति पुगेको उनको भनाई छ । पदमार्गमा रहेका मूल्य ९ पुलमा भूकम्पले खासै ठूलो क्षति नपुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।
क्षति पुगेका संरचनाहरुको पनि स्थानियहरुले पुनर्निर्माण गर्ने काम भइरहेको मियामोतोले बताए । पुनर्निर्माणका लागि आवश्यक सामाग्रीको अभाव रहेको बताउँदै उनले त्यसका लागि सरकारी सहयोग आवश्यक रहेको जानकारी गराए ।
Khumbu-2


प्रतिवेदनमा खुम्बु क्षेत्रका अधिकांश गाउँहरुमा भूकम्पको प्रभाव नै नपरेको उल्लेख छ । पदमार्गको केही ठाउँमा भत्किएको र ढुंगा खस्ने डर रहेपनि त्यसले खासै ठूलो क्षति नपुर्‍याएको बताइएको छ । तर, मनसुन पछि उक्त क्षेत्र फेरी भत्किन सक्ने बताउँदै मियामोतोले मनसुनपछि पुनः अध्ययन गर्नुपर्ने मियामोतोको सुझाव दिएका छन् ।
पर्यटनमन्त्री कृपाशुर लामाले मियामोतोलाई स्वतन्त्र रुपमा पदमार्गको सुरक्षा अवस्था अध्ययन गर्न जिम्मा दिएको बताए । मियामोतो प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा आफुहरु जिम्मेवार रहेको बताउँदै उनले भत्किएको रुट मर्मत गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे । मन्त्री शेर्पाले मियामोतोको प्रतिवेदनप्रति शंका नगर्न समेत आग्रह गरेका छन् ।
पर्यटन सचिव भूकम्पले बढी क्षति पुगेको भनिएका ठाउँका व्यवसायीहरुले त्यस क्षेत्रमा भूकम्पले खासै प्रभाव नपारेको र आफुहरु पर्यटकलाई सेवा दिन तयार रहेको बताइरहेको जानकारी गराए । काठमाडौंमा बसेर पर्यटकीय गन्तव्यका बारेमा आंकलन गरेर भ्रम फिँजाउन नहुने उनको भनाई थियो ।
पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भत्किएका सबै ट्रेकिङ रुटहरु मर्मतका लागि बजेटको व्यवस्था गरिएको बताए । ‘रुटहरु मर्मतका लागि छिट्टै बजेट आउँदैछ’ उनले भने- ‘सेप्टेम्बर महिनासम्म सबै रुटहरु मर्मत भइसक्ने छ ।’
महानिर्देशक गौतमले खुम्बु क्षेत्रमा भ्रमणमा जान चाहानेहरुलाई आफुहरुले स्वीकृति दिने जानकारी गराए । अहिले पनि मनास्लु र लाङटाङ क्षेत्रमा ट्रेकिङमा जान चाहानेहरु भेटिएको बताउँदै उनले पर्यटकहरु तालिमप्राप्त गाइडसँग समुहमा ट्रेकिङ जान सक्ने बताए ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।