Skip to main content

हिमालको राजधानी

वैशाखको महाभुकम्पपश्चात् मुलुक एकोहोरिएको बेला खुम्बुका बासिन्दा भने चलायमान छन्। भुकम्पपछि अघिल्लो वर्षजस्तै भनेजति र चाहेजति कमाउने अवसर त पाएका छैनन् तैपनि छिटफुट पर्यटकको आगमनले आशा मारिहालेका पनि छैनन्। बरु फुर्सदिलो समयमा भुकम्पले पछारेका घर धमाधम पुनर्निर्माणमा तम्सिएका छन्।
त्यसो त वरिपरि पहाडको हरियाली अनि हिमालको फेदीमा सजिएको लुक्लामा एक वर्ष अघिसम्म पर्यटकीय मौसममा रौनकता नै बेग्लै हुन्थ्यो । तर, यस वर्ष भने भुकम्प र नाकाबन्दीले खुम्बु-पर्यटन सुस्त छ। पर्यटन आगमनको मौसममा दैनिक ५० भन्दा बढी उडान हुने लुक्लामा अहिले भने मुस्किललले २० उडानमात्र हुने गरेको छ भने पर्यटन आगमनमा आएको गिरावटले स्थानीय बजारको चहलपहल र कारोबारसमेत घटेको छ।
विमानस्थलमा भेटिएका वल्र्ड एक्सपिडिसनका पथप्रदर्शक दा जाङ्बु शेर्पा भन्दै थिए, ‘सबै सिजनमा व्यस्त हुने खुम्बुलाई भुकम्पले शान्त बनाएको छ। वर्षमा सत्र गु्रपभन्दा बढी कोरियाली पर्यटकलाई नेपाल घुमाउने डिस्कभर एडभेन्चरका प्रबन्ध निर्देशक ङिमा छिरिङ शेर्पा भन्छन्, ‘यस वर्ष मुस्किलले पाँच गु्रप चलाएँ।'
ङिमा छिरिङको भनाइमा सहमति जनाउँदै अर्का पथप्रदर्शक रामचन्द्र सुनार भन्छन्, ‘सञ्चारमाध्यमले नेपालै क्षति भएजस्तो समाचारमात्र प्रसारण गर्‍यो, त्यसले विदेशीमा डर उत्पन्न भएको छ।' उनको सुझाव छ- भएका सुरक्षित पर्यटकीय स्थलको पनि प्रचार गरौं।
पर्यटकका निम्ति सगरमाथा क्षेत्र सुरक्षित भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपालसम्बन्धी गलत प्रचारले यहाँ आउने पर्यटक त्रसित देखिन्छन्। लुक्लास्थित हिमालयन क्लबका अध्यक्ष आङ फुर्वा शेर्पा भन्छन्, ‘यसका निम्ति सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज विस्तार गर्नुपर्छ।'
भुकम्पपछि पहिलो भ्रमण काठमाडौं र दोस्रो भ्रमणमा खुम्बु उक्लेका रसियन पर्यटक ओल्गर कोमरकरले भने भुकम्पभन्दा पनि नाकाबन्दीका कारण महँगी बढ्ने र अर्कोतिर इन्धन अभावले हवाई यातायात सञ्चालनमा कठिनाइ हुने त्रास आफुमा रहको बताए।'सोचेभन्दा खुम्बु धेरै सुरक्षित छ', कोमरकरले भने, 'सरकारले पयर्टन प्रवद्र्धनसम्बन्धी प्रचार गर्दा अन्य विदेशी पर्यटकलाई विश्वस्त तुल्याउनु सक्नुपर्छ।'
अब खुम्बुमा पर्यटकले ढुक्क भ्रमण गर्दा हुन्छ । यहाँ चौबीसै घन्टा बिजुली उपलब्ध छ। सहरमा जस्तो ट्रान्समिटर पड्कने डर र लोडसेडिङको मार कहिल्यै खेप्नु पर्दैन। सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा भन्छन्, ‘यस्तो नाकाबन्दीमा पनि पर्यटकले मेनुअनुसार रोजीरोजी खान पाउँछन्, त्योभन्दा अरू के चाहियो र?'
सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा पर्यटन आगमनमा ३७ प्रतिशतले गिरावट आएको छ। सन् २०१४ को अक्टोबरमा नौ हजार चार सय ६३ पर्यटकले भ्रमण गरेकामा यो वर्षको अक्टोबरमा पाँच हजार पुग्न पनि हम्मे रहेको निकुञ्जले जनाएको छ।

हिउँको बख्खु ओढेर सदाबहार मुस्कुराइरहेका हिमाल छन्। नाम्चेमा भेटिएका ब्रिटिस पर्यटक अलिभर जेम्स भन्दै थिए— चारैतिर सेताम्मे हिमालले घेरेको हिमालहरूको राजधानी हो खुम्बु।
यद्यपि दिवुचेस्थित रिभेन्डेल होटलका सञ्चालक आङजाङ्मु शेर्पाले भने फरक कुरा गरे, 'हामीले त यो सिजन सुनसान होला भनेर सोचेका थियौं तर धेरै आयो।' खुम्बुमा साधारण पर्यटकको आगमनमा कमी आए पनि पर्वतीय पर्यटक आगमनको अवस्था भने सन्तोषजनक रहेको पर्यटन विभागका नायब सुब्बा तिलक नेपालीले बताए। 
सगरमाथालगायत विश्वकै आठ हजारभन्दा माथिका अन्य हिमाल रहेको खुम्बुमा यस वर्ष अमादब्लममा २५ र आइसल्यान्ड पिक र लवुचे चोलालगायतको आरोहणमा दर्जनौं विदेशी पर्वतारोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
दस वर्षअघि सगरमाथाको द्वारका रूपमा परिचित विश्वकै खतरानाक तेन्जिङ-हिलारी विमानस्थलमात्र नियाल्नलाई ओइरिने पर्यटकका निम्ति लुक्लाभन्दा दस मिनेटको पैदलयात्रापश्चात तेन्जिङ-हिलारी पार्क अवलोकलन गर्न सकिनेछ। 
स्थानीय विकासमा सक्रिय हिमालयन क्लबका अध्यक्ष आङफुर्वा शेर्पाले भने, 'यो पार्कमा सबैलाई निःशुल्क प्रवेश छ।' अर्कोतिर पर्यटकलाई हिमाली क्षेत्रमा नौलो अनुभुति प्रदान गर्न लुक्लादेखि जोरसल्लेसम्म पर्यटन मार्गलाई पहिचान गर्दै माउन्टेन बाइकको आरम्भ गर्ने तयारी पनि अघि बढिसकेको छ।
पर्यटकको खुम्बु यात्रालाई धार्मिक एवं प्राकृतिक रूपले रोमाञ्चक बनाउनकै निम्ति तीन वर्षअघिमात्र नाम्चेमा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र खुम्जुङमा एडमन्ड हिलारीको सालिक निर्माण भइसकेको छ। यहाँको पर्यटनदेखि शैक्षिक र सांस्कृतिक केन्द्रको पुनर्निर्माणसम्म प्रायः स्थानीयताकै सक्रियतामा भएका छन्। त्यसो त यहाँको विकासलाई जोड्न सरकारी आश्वासन पनि नआउने त होइन तर ती हिउँजस्तै पग्लिजान्छन्।
लुक्लामा नै पर्यटकहरूलाई लक्षित गर्दै स्थानीय बासिन्दाको पहलमा रक क्लाइम्बिङको समेत व्यवस्था भइसकेको छ। लुक्लासँगै फाक्दिङ, नाम्चे, तेङ्वोचे, गोक्योलगायतका मुख्य पर्यटकीय केन्द्रहरूमा पुनर्निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ।
खुम्बु क्षेत्रको अर्को आकर्षण केन्द्र भनेको नाम्चेमा रहेको शेर्पा जातिको संग्रहालय हो। संग्रहालयमा शेर्पा जातिले प्रयोग गर्ने सामग्री र शेर्पा संस्कृतिलाई पर्यटकहरूले हेर्न सक्नेछन्। 
यहाँ हालसम्म सगरमाथा आरोहण गर्ने आठ सयभन्दा धेरै पर्वतारोहीका तस्बिरसहित अभिलेख राखिएको छ। हिउँको बख्खु ओढेर सदाबहार मुस्कुराइरहने हिमालहरू त छँदैछ । नाम्चेमा भेटिएका ब्रिटिस पर्यटक अलिभर जेम्स भन्दै थिए, ‘चारैतिर सेताम्मे हिमालले घेरेको हिमालहरूको राजधानी हो खुम्बु।'
विश्वमा नै साहसिक पर्यटनका निम्ति ग्लोबलाइजेसन भइसकेको खुम्बुमा आन्तरिक पर्यटकको संख्या भने अझै उकालो चढ्न सकेको छैन। खुम्जुङस्थित हिडन भ्याली लजका व्यवस्थापक तेन्जिङ टासी शेर्पा भन्छन्, 'खुम्बु भन्नेबित्तिकै सबै महँगीको कल्पना गर्छन् तर खुम्बुभन्दा काठमाडौंको मेनु महँगो छ। सहर त बर्सेनि हामी पनि दुईपटक जान्छौं।'

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।