Skip to main content

सुशील कोइराला सस्थागत धाँधली गर्न लागेको जिल्ला सभापतिहरुको आरोप


क्रियाशिल सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टी सभापति सुशील कोइराला १३ औ महाधिवेशनलाई लिएर अहिलेदेखि सस्थागत धाँधलीमा लागेको आरोप लगाएका छन ।
सबै क्रियाशिल सदस्यहरुलाई मान्यता दिनु पर्ने माग गर्दै अनसनमा बसिरहेका सोलुखुम्बु, कैलाली र रौतहटका पार्टी सभापतिहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सदस्य छानविन गर्न बनाएको समितिको प्रतिवेदनलाई बाईपास गरेर पार्टीमा ब्यवस्था हुँदै नभएको पदाधिकारी बैठकको नामबाट सदस्य खारेज गर्ने काम गरेर महाधिवेशनमा धाँधलीको सुरुवा गरेको आरोप लगाएका हुन ।
पत्रकार सम्मेलनमा सोलु काग्रेस सभापति आङ गेलु शेर्पाले पार्टीको पदाधिकारीको नामबाट आएको निर्णय अवैद्यानिक भएको र यसले सभापति कोइराला आफै धाँधलीमा लागेको पुष्टि भएको भन्दै यसलाई आफूहरुले महाधिवेशनको एजेण्डा बनाएर लैजाने चेतावनी दिए ।
उनले पार्टीभित्र गुटबन्दीको मुल नाईके सभापति कोइराला भएको दावी गर्दै पार्टीका आफ्नो गुटको कठपुतली बनाएकोले त्यसका विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिए ।
उनले भने,‘आफ्ना विरोधी ठानेकाको क्रियाशिल सदस्यता रद्ध गरेका छन । आफू नजिकको मान्यता दिएका छन । यो १३ औं महाधिवेशन लक्षित धाँधली हो ।’
रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादवले पदाधिकारीको नामबाट आएको निर्णय पार्टीकोलागि दुर्भाग्यपूर्ण भएको भन्दै यसले मधेसमा काग्रेसलाई झन ठूलो चुनौति दिएको दावी गरे । उनले यसलाई महाधिवेशनसम्म मुद्दा बनाएर लिएर जाने समेत चेतावनी दिए ।
उनले भने,‘ यो निर्णयले मधेसमा ५० हजार यूवा काग्रेस हुनबाट बञ्चित भएका छन । यसले काग्रेसलाई थप कमजोर बनाउँछ ।’
काग्रेस कैलाली सभापति नरनारायण शाहले छानविन समितिको प्रतिवेदन पूर्ण बैठकमा लिएर गएर कार्यान्वयन गर्नु पर्ने भन्दै सभापति कोइरालाको निर्णय पराजित मानसिकताको उपज भएको टिप्पणी गरे ।
यसले ब्यक्ति जिते पनि सिंगो संगठन पराजित हुने भन्दै यस्तो निर्णय तत्काल सच्याउन माग गरे ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।