खराब मौसमका कारण सोलुखुम्बुको लुक्ला र फाप्लु विमान स्थलमा विमान सञ्चालन नहुदा यात्रु तथा पर्यटकहरु मर्कामा परेका छन् ।
माघ १६, सोलुखुम्बु – लगातारको खराब मौसमका कारण सोलुखुम्बुको लुक्ला र फाप्लु विमान स्थलमा विमान सञ्चालन नहुदा यात्रु तथा पर्यटकहरु मर्कामा परेका छन् । तेन्जिङ हिलारी विमान स्थल लुक्लामा हिजोदेखि विमान सञ्चालन नहुदा दजर्नाै पर्यटकहरु लुक्लामा अलपत्र परेका छन् ।
हाल आफ्नो देश फर्कन नपाएका पर्यटकहरु लुक्लामै रहेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका प्रहरी हवल्दार कुमार बास्तोलाका अनुसार हिजो आएका ३२ जना र आज आएका २० जना पर्यटकहरु लुक्ला मै रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुुक्लाका विमान स्थल प्रमुख बच्चुराम श्रेष्ठका अनुसार हिजो र आज कुनै पनि विमान चल्न नसकेको हो । त्यस्तै फाप्लु विमान स्थलमा पनि कुनै विमान चल्न नसक्दा धेरै यात्रुहरु अलपत्र परेका हुन् ।
Comments
Post a Comment