Skip to main content

माओवादी निकट पर्यटन व्यवसायी संगठनमा शेर्पा अटाएनन्,प्रचण्ड आफ्नै कार्यकर्ताको भुङ्ग्रोमा.



प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन व्यवसायी संगठन अझै अपूर्ण रहेको बताउँनु भएको छ । शुक्रबार होटल ¥याडिसनमा माओवादी निकट पर्यटन व्यसायीको एकता भेलाको उद्घाटन गर्दे उहाँले एकता भेलामा सबै पर्यटन व्यवसायी अटाउँन नसकेको भन्दै पूर्णता दिन निर्देशन दिनुभएको छ ।

एकतामा माओवादी केन्द्रका खास बरिष्ठ पर्यटन व्यवसायीको उपस्थिति नदेखेपछि प्रधानमन्त्री दाहालले पर्यटन बिषयमा खासै मन्तव्य राख्नु भएन । एकतामा महत्वपूर्ण पर्यटन व्यवसायीलाई बाहिर राखिएको र राजनीति अभिप्रायले एकताको कामलाई हतार गरीएको थाहा पाए पछि पार्टी अध्यक्ष दाहालले असन्तुष्टि जनाउनुभयो । सबैलाई समेटेर एकताको भेला आयोजना गरीएको भनेर पार्टी अध्यक्ष दाहाललाई आश्वस्त पारीएको थियो । तर, दाहालले उद्घाटनको क्रममा खास पर्यटन ब्यवसायी नदेखेपछि खासै बोल्न चाहनुभएन् ।

प्रधानमन्त्रीले भन्नुभयोः‘ यसलाई पूर्णता दिने काम छिटो गर्नुहोला ।’ पुर्व पर्यटन मन्त्री लोकेन्द्र बिष्टले एकता भएको भन्दै १ सय ५१ सदस्यीय पर्यटन व्यवसायी संगठन घोषणा गर्दा एकजना पनि शेर्पा नपरेको भन्दै शेर्पाहरुले समेत एकताको नाटक भनेर संज्ञा दिएकाछन् । शेर्पा बिनाको नेपालको पर्यटन क्षेत्र अपूर्ण हुन्छ । हिमाल आरोहण शेर्पा बिना अपूर्ण हुन्छ । पर्यटन र शेर्पा बिदेशीहरुको लागि पर्याय हो ।
राजधानी वरिपरिका जिल्लामा शेर्पा नभएकाले १ सय ५१ जनामा शेर्पा नपरेका हुन् । एकता भेलामा एकजना शेर्पा नअटाउँनु बिडम्वनामात्र हैन शेर्पा पर्यटन व्यवसायीहरुमाथि गरीएको अन्याय पनि हो । जुन अझै अपुर्ण मात्र छैन समावेशी पनि छैन् । समावेशीको नारा दिने माओवादीलेनै यस्तो चरित्र देखाएपछि माओवादी भित्रका पर्यटन व्यवसायीहरुबीच फेरि बिभाजन हुने संकेत देखिएको छ ।

मुख्य गरी पूर्व र पश्चिमका पर्यटन व्यवसायीहरु यस संगठनमा अटाउन सकेका छैनन् । केहिले पर्यटनको नाममा राजनीति गर्ने कसरतमा लागेका झोले पर्यटन व्यवसायीहरुको संगठन भनेर टिप्पणी गरेकाछन् । मुख्य गरेर धादिङ, नुवाकोट, काभ्रे र वरिपरिका केहि पर्यटन व्यवसायी हौ भन्ने व्यक्तिहरुको पहलमा भएको यो भेलाले पर्यटन क्षेत्रमा खासै महत्व नराख्ने बताईन्छ । त्यसमा पनि अध्यक्ष दाहाललाई नै भुङग्रोमा राखेर गरीएको यो एकता नाम मात्रको हुने व्यवसायीहरुको भनाई छ । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।