Skip to main content

टिप्स: दैनिक ३० रुपैयाँ जोगाएरै यसरी बन्नुहोस् करोडपति

करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् ।
त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन् । र, एकदिन नराम्रोसँग फस्छन् ।
आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं ।
करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदेखि पैसाको महत्व बुझ्ने र लगानी गर्न शुरु गर्ने नै हो । वारेन बफेटले ११ बर्षको हुँदा लगानी गर्न शुरु गरेका थिए । अहिले उनी संसारकै दोस्रो धनी ब्यक्ति भइसेका छन् ।
अब लगानी गर्न पैसा चाहियो । पैसा आउने भनेको बचत गरेर हो । तपाईं जतिसुकै कमाउनुस् । तर अर्थ राख्ने भनेको तपाइंको बचतले नै हो । अर्थात् कुनैपनि मान्छे कमाएर धनी बन्न सक्दैन, धनी बन्न त कमएको पैसा बचत गर्न सक्नुपर्छ ।
आफ्नो कमाई र दैनिक खर्चको बिवरण राख्नु बचत शुरु गर्नु पहिलाको सबैभन्दा महत्वपूर्ण कदम हो । केहि दिनलाई असहज महसुस हुने वा दैनिक खर्च बिर्सने भए पनि १०/१५ दिन पछि यो सहज लाग्न थाल्छ र बचत गर्न ठूलो मद्दत पुग्छ ।
लुगाफाटा, तरकारी, दाल चामल, घर भाडा आदिको खर्च बिवरण राखेर पछि त्यस बिवरणमा आँखा डुँलाउँदा खर्चको बिश्लेषण र पुनसंरचना गर्न सकिन्छ । यस्तो गर्दा सानो खर्च कटौटी गर्ने गोरेटो फेला पर्यो भने मात्र पनि तपाईं करोडपति बन्ने हाइवेमामा अघि बढ्न सक्नुहुन्छ ।
बचतको महत्व कस्तो हुन्छ भन्ने कुरा त बैंकहरुमा आएको पछिल्लो तरलता संकटले नै प्रष्ट पार्छ । सर्वसाधारणको निक्षेप उनीहरुले गर्ने लगानी भन्दा कम भएर नै पछिल्लो समस्या आएको हो । अर्थात्, बचत कम हुँदा आफ्नो घरपरिवार मात्र नभएर समग्र अर्थतन्त्रमा नै नकारात्मक असा पर्छ । त्यसैले बिकसित देशहरुमा स-साना नानीहरुको पनि बैंक खाता खोल्ने र बचत गर्न सिकाउने परम्परा छ ।
यसरी खर्च कटौटी गरी दैनिक ३० रुपैंयामात्र वा महिनाको ९०० रुपैंयाँ मात्र बचत गर्न सक्नु भयो भने पनि तपाईं करोडपति बन्न सक्नुहुन्छ ।
तपाईं अहिले २० बर्षको हुनुहुन्छ र दैनिक ३० रुपैंयाँ बचत गर्नुभयो भने ६० बर्षको उमेरमा तपाई करोडपति बन्न सक्नुहुन्छ । दैनिक ३० रुपैंयाँको हिसाबले महिनामा ९०० रुपैंयाँ बचत गर्नुस् । यहि ९०० रुपैंयाँ ४० बर्षसम्म जोखिम कम हुने कुनै म्युचल फण्डमा लगानी गर्नुस् । म्युचल फण्डले सामान्यत १२/१३ प्रतिशत रिर्टन दिन्छ । यति गर्नुभयो भने तपाईंको लगानीले गुणात्मक फड्को मार्छ ।
यस्तो अवसर पाको उमेरको मान्छेको लागि पनि उत्तिकै लाभदायक छ । तर बचत भने थोरै बढाउनुपर्ने हुन्छ । जस्तो, ३० बर्षको मानिसले दैनिक ९५ रुपैंयाँ, अर्थात् महिनाको २८ सय ५० रुपैंयाँ बचत गर्नुपर्ने हुन्छ ।
तपाईंलाई लगिरहेको होला कि ४० बर्ष भनेको धेरै लामो समय हो । अलि छिटो गर्ने केहि उपाय छ ?
यदि तपाईंको म्युच्युअल फण्ड राम्रो छ र १५ प्रतिशत नाफा दिन्छ भने तपाईं ३५ बर्षमा करोडपति हुन सक्नुहुन्छ । अझ म्युचल फण्डले दिने लाभांस पनि लगानीगर्दै जानुभयो भने अझै छिटो हुनसक्छ ।
हाल नेपालमा ५ देखि ७ बर्षसम्मका म्युचल फण्डहरु छन् । आगामी दिनहरुमा नयाँ म्युच्युअल फण्डहरु आउने क्रम जारी नै रहन्छ ।
यहाँ ब्यवसायिक र अनुभवी मानिसहरुले अध्ययन अनुसन्धान गरेर तपाईंको पैसा लगानी गर्ने हुनाले म्युचुअल फण्डको उदाहरण दिइएको हो । यदि आफैं सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने तपाईं अझै चाँडै धनी हुन सक्नुहुन्छ । तर, आफैं सेयेर बजार पस्दा जोखिम भने धेरै हुन्छ ।
याद राख्नुहोस्, बारेन बफेट सेयरमा लगानी गरेर विश्वको दोस्रो धनी व्यक्ति हुन सफल भएका हुन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।