Skip to main content

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, पाइलटसहित २ घाइत


सन्देश श्रेष्ठ

२ असोज, पोखरा । पोखराको आकाशमा उड्ने क्रममा प्याराग्लाईडिङ दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् ।

सराङ्कोटबाट सोमबार पूर्वाहृन करीब ११ बजे उड्ने क्रममा हावाको भुमरीमा पर्दा प्याराग्लाइडिङका पाइलट धर्म गिरी र उनीसँगै प्याराग्लाईडिङ गर्दैगरेकी काठमाडौं दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका हुन् ।

बुद्ध प्याराग्लाईडिङ कम्पनी अन्तर्गत टेण्डम फ्लाइट गर्दै आएका २५ वर्षीय गिरिले सुस्मालाई उडान गरेका थिए । तर, उडानका लागि हामफाल्ने वित्तिकै हावाको भुमरीमा फस्दा केहिबेरको रस्साकस्सी पछि केही तलको चौरमा खसेका थिए ।

दुर्घटनामा परेका पाइलट गिरिको ढाडमा गम्भीर असर परेको र खुट्टा भाँचिएको बताइएको छ । सुस्माको पनि ढाडमा चोट लागेको छ ।

घाइते मध्ये गिरिको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुबैको रिदम हस्पिटल जिरोकिलोमिटरमा उपचार भइरहेपनि गिरीको अवस्था केही जटिल भएकाले अर्कै अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

घाइते सुस्मा शर्मा रेसिडेन्सियल कलेज बानेश्वरमा बीबीए सिक्स सेमेष्टरकी छात्रा हुन् । उनी साथीहरुसँग पोखरा घुम्न आएका बेला प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटनामा परेकी हुन् ।

साथै दुर्घटनामा परेपछि उनीसँगै प्याराग्लाईडिङ गर्न पुगेकी रुपा बुढाथोकी भने प्याराग्लाईडिङ नगरी फर्केकी छन् ।

यसैबीच, बुद्ध प्याराग्लाईडिङ कम्पनीले दुर्घटना ढाकछोप गर्ने प्रयास गरेको छ । दुर्घटना भएको करीब साढे २ घण्टासम्म पनि कम्पनीले प्रहरीलाई खबर गरेको छैन भने पत्रकारलाई पनि जानकारी दिन अस्वीकार गरेको छ ।

कास्की प्रहरीले घटनाबारे अनभिज्ञता प्रकट गरेको छ । घट्ना सराङ्कोटमै भएकाले प्रहरीलाई खबर नगरी प्याराग्लाईडिङ कम्पनीले ढाकछोप गर्ने प्रयास गरेको हो ।

२०७४ असोज २ गते १४:१७ मा प्रकाशित

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।