Skip to main content

असोज १५ देखि खुम्बुमा पर्यटकलाई २ हजार प्रवेश शुल्क लिईने

बुद्धवीर बाहिङ/सोलुखुम्बु, ३१ भदौ । खुम्बुपासाङल्हामु गाउँपालिकामा प्रवेश गर्ने प्रत्येक विदेशी पर्यटकलाई २ हजार रुपैयाँ प्रवेश शुल्क लिईने भएको छ । गएको असार २५ गते बसेको गाउँपालिकाको गाउँसभाबाट प्रत्येक विदेशी नागरिकलाई प्रवेश शुल्क बापत २ हजार रुपैया स्थानीय कर लगाउने निर्णय गरेको हो ।
यही असोज १५ गते (अक्टोबर १ तारिख) देखि प्रवेश शुल्क लिईने खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । सगरमाथा क्षेत्रको विकास र पर्यटन क्षेत्रको सुधारको लागि ‘गाउ÷नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४’ अनुसार विदेशी पर्यटकलाई स्थानीय कर उठाउने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताए । ‘सगरमाथा क्षेत्रमा पर्यटकहरुको चापसँगै सुरक्षित व्यवस्थापन गर्नु पर्ने भएकाले पनि हामीले स्थानीय कर बापत शुल्क लिने निर्णय गरेका हौं’ अध्यक्ष शेर्पाले भने ।
खुम्बु क्षेत्र भ्रमणमा जाने विदेशी पर्यटकलाई यस अघि लिइदै आएको टिम्स कार्डको आवश्यकता नभएको पनि अध्यक्ष शेर्पाले बताए । ‘स्थानीय तहको निर्वाचन अघि जे थियो अब त्यस्तो अवस्था छैन, जब स्थानीय तहको निर्वाचन पूरा भएर जनप्रतिनिधी र गाउँपालिका भएको छ, आफ्नो गाउँपालिकामा जनताकै चाहना अनुसार काम गर्नु मेरो कर्तव्य र जिम्मेवारी रहने छ’ शेर्पाले भने ।
सगरमाथा क्षेत्रमा अटम र स्प्रीङ सिजनमा सबैभन्दा बढि पर्यटकहरुको आवतजावत हुने गर्दछ । सगरमाथा क्षेत्रको भ्रमणमा सबैभन्दा बढि पर्यटक अटम सिजनमा आउने गरेका छन् । वर्षमा ३५ हजार विदेशी र स्वदेशी सहित यस क्षेत्रमा १ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् ।

फाइल तस्वीरः बुद्धवीर बाहिङ

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।