Skip to main content

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन



अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण ।

वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्नुअघि आफ्नो छालाको प्रकृति अनुसार छनौट गर्नुपर्छ । अन्यथा त्यसको गलत असर पनि पर्न सक्छ ।

छालाको प्रकृति अनुसार भिन्न भिन्नै साबुन आवश्यक हुन्छ । छालाको प्रकृति अनुसार सहि किसिमको साबुन छनौट गर्नुपर्छ ।

राम्रो साबुनको गुण

– छालाको सफाई

– छालालाई मुलायम एवं नरम बनाउने

– छालामा भिटामिन एवं पोषक तत्वको स्तर बनाइराख्न

राम्रो साबुनले रुखो छालालाई पोषण दिन्छ र स्वस्थ्य बनाइराख्छ । धेरै रुखो छाला छ भने मोश्चराइजिङ साबुन प्रयोग गर्नुपर्छ । यदि छाला सामान्य प्रकारको छ भने आफुलाई मनपर्ने सुगन्ध भएको साबुन छनौट गर्न सकिन्छ । यदि संवेदनसिल छाला छ भने सुगन्धित साबुन प्रयोग नगरौ ।

छालाको प्रकार

सामान्यतः चार किसिमको छाला हुन्छ । सामान्य, रुखो, तैलिया र संवेदनसिल । रुखो छाला छ र जथाभावी साबुन प्रयोग गरिएको छ भने, छाला थप रुखो हुनसक्छ । छिटै चाहुरिने भय पनि हुन्छ । त्यस्तै संवेदनसिल छालामा जथाभावी साबुन प्रयोग गर्दा त्यसले समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि आफ्नो छालाको प्रकृति थाहा पाउनुपर्छ । त्यही अनुसार उचित साबुन छनौट गर्न सके लाभदायक हुन्छ ।

तैलिया छालाको लागि

एन्टिब्याक्टेरियल साबुन बजारमा उपलब्ध छ । त्यसमा ट्राइक्लोसन र ट्राइक्लोकार्बन जस्ता एन्टिब्याक्टेरियल तत्व हुन्छ, जो तैलिया छाला भएकाहरुको निम्ति उपयोगी हुन्छ । तर, यसको अधिक प्रयोगबाट बच्नुपर्छ । किनभने यसले छाला रुखो बनाउन सक्छ ।

सबै किसिमको स्किनको लागि

ग्लिसरिनयुक्त साबुन औषधिय गुणको साबुन हो । र, यो सबैखाले छालाको लागि उपयोगी हुन्छ । साथै जसको छाला रुखो र संवेदनसिल हुन्छ, उनीहरुले समेत ग्लिसरिनयुक्त साबुन प्रयोग गर्न सक्छन् ।

कम्बिनेसशन स्किनका लागि

कतिपयको छाला कहिले रुखो त कहिले तैलिया हुन्छ । यस्तो छाला भएकाहरुका निम्ति अरोमा थेरापी सोप उपयोगी हुन्छ ।

केहि सावधानी 

– संभव भएसम्म अनुहारमा साबुनको प्रयोग नगरेकै राम्रो हो ।

– धेरै रसायनयुक्त साबुनले नराम्रो असर गर्नसक्छ ।

– धेरै बास्ना भएको साबुन पनि उपयोगी हुँदैन ।

– यस्तो साबुनबाट बच्नपर्छ, जसमा एसिड तत्व धेरै हुन्छ । अर्थात पिएच भ्यालु एकदमै बढी हुन्छ ।

– गोरोपनको चक्करमा प्रयोग गरिने साबुनमा अधिक मात्रामा रसायन हुन्छ ।

#एन्टिब्याक्टेरियल साबुन

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।