Skip to main content

लुक्ला विमानस्थलमा हवाई जोखिम बढ्दो



भानुभक्त निरौला सोलुखुम्बु, २५ भाद्र । लुक्ला लगायत जोखिमपूर्ण रुपमा रहेका नेपालका ७ वटा विमानस्थलमा आधारभुत उपकरणकै अभावमा जोखिम बढि हुने गरेको पाईएको छ ।
नागरिक उड्डयन प्राधिकरण नेपालका अनुसार सञ्चालनमा रहेका यस्ता खतरनाक विमानस्थल देशभर सातवटा छन् । यी विमानस्थललाई प्राधिकरणले ‘वन बी’ कोडमा वर्गीकरण गरेको छ । लुक्लासहित मुस्ताङको जोमसोम, बाजुराको कोल्टी, हुम्लाको सीमकोट, मुगुको ताल्चा, जुम्ला, डोल्पाको जुफाल विमानस्थल यस सूचीमा पर्छन् । यी विमानस्थलमा १९ पटक दुर्घटना भइसकेका छन् । छोटो रन–वे, जटिल भूगोल, छिनछिनमै भइरहने मौसमी बदली, प्रतिकूल मौसमलाई आधार मानेर यी विमानस्थललाई जोखिमपूर्ण मानिएको हो ।

हावाको दिशा मापन गर्ने यन्त्र, छोटो रन वे, बदलिदो मौसमको प्रकृति थाहा पाउने यन्त्र पनि यी विमानस्थल र हवाई रुटमा छैनन् । अझ हिमाली तथा पहाडी भेगका विमानस्थलमा त सुरक्षाका आधारभूत कुराकै अभाव छ । जोखिमयुक्त मानिएका कुनै पनि विमानस्थलमा ‘लाइट सिस्टम’ छैन । जबकि, लाइट सिस्टमलाई विमानस्थलको आधारभूत पूर्वाधार मानिन्छ ।

यो प्रणालीले ‘भिजिबिलिटी’ (दृष्टि क्षमता) कम भएको बेला विमानलाई सुरक्षित अवतरणमा सहयोग गर्छ । विभिन्न रङमा बल्ने बत्तीले चालकलाई संकेत दिइरहेको हुन्छ, जसले विमानस्थल पहिचान गर्न सहज हुन्छ । पर्यटकीय सिजनमा अत्यन्तै ब्यस्त रहने लुक्लामा न लाईट सिस्टम छ न त मौसम पुर्वानुमान यन्त्र नै । उपकरण अभावकै कारण लुक्लामा बर्षेनि दुर्घटना हुने गरेको छ ।

प्राधिकरणद्वारा गत वर्ष प्रकाशित एभिएसन सेफ्टी रिपोर्टले बितेको दस वर्षमा नेपालमा भएका हवाई दुर्घटनामध्ये बहुसंख्यक स्टल विमानस्थलमा भएको देखाउँछ । उक्त रिपोर्ट अनुसार प्रतिकूल मौसमका कारण रुट नै पहिचान गर्न नसक्दा, रुटको मौसमी अवस्था थाहा पाउन नसक्दा दुर्घटना हुने गरेका छन् । नेपालमा जति पनि हवाई दुर्घटना भएका छन त्यसको मुख्य कारक प्रतिकूल मौसम, मानवीय त्रुटि, भौगोलिक कठिनतालाई दिने गरिन्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।