Skip to main content

अक्टोबर १ देखि खुम्बुका मजदूरले भारी नबोक्ने


सोलुखुम्बु— अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) सँग ज्याला वृद्धि सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म काम नगर्न संगठनमा आबद्ध मजदुरहरु सहमत भएका हुन्।
यस अघि टानले अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर सघं, नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एलाइन्स मजदुर युनियन, अखिल नेपाल पर्यटन मजदुर सघं, नेपाल पर्यटन श्रमिक सघं गरी ४ वटै मजदुर युनियनसग मजदुर हितका विषयमा रही १३ बुदे सम्झौंता गरेको थियो । सम्झौंतामा तलब भत्ता बृद्धि, मजदुर कल्याणकोष स्थापना, मजदुर परिचय पत्र, दुर्घटना बिमा, भारीको तौल, छात्रावृत्ति लगायतका मागहरु यथासिध्र सम्बोधन गरिने भनीए पनि कार्यान्वयनमा नल्याएको भन्दै आफुहरु बाध्य भएर भारी नबोक्ने निर्णय गरेको पर्यटन मजदुरहरुले बताएका छन्।
सम्झौता अनुसार खुम्बु क्षेत्रका मजदुरहरुको ज्याला ३० प्रतिशत वृद्धि गर्नुपर्ने हुन्थ्यो। बृद्धि गर्ने सम्झौता गरिए पनि कार्यान्वयनमा नआएकाले अक्टोवर १ देखि भारी नबोक्ने निर्णय गरिएको संगठनका केन्द्रिय उपाध्यक्ष नाम्गेल शेर्पाले बताए। शेर्पा भन्छन,‘सम्झौंता भएका विषयहरु सम्बोधन गराउन अखिल नेपाल पर्यटन मजदुर संगठन ट्रेड युनियन महासघंका तर्फबाट ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल टानलाई १५ दिने अल्टीमेटम दिइएको  छ।’
यो बर्षको सिजन शुरु भइसकेको अवस्थामा ट्रेकिङ एजेन्सीहरु एवं टानले ज्याला सम्बन्धमा परिपत्र नगरेकाले पुरानै ज्यालामा मजदुरले पर्यटकको भारी बोक्दै आएका छन्। केन्द्रिय उपाध्यक्ष शेर्पाका अनुसार टानले सम्झौता कार्यान्वयनमा आनाकानी गरेकाले मजदुरले भारी नबोक्ने निर्णय गरेका हुन्। पर्यटकको भारी बोक्नमा प्रयोग गरिने जोक्पे समेत प्रयोग बन्द गरिने निर्णय गरिएको छ।
तर पर्यटकलाई कुनै पनि किसिमबाट अबरोध नगर्ने माओबादी केन्द्र निकट मजदुर संगठनले जनाएको छ। पर्यटकको भारी बोकेवापत् पाउने दैनिक ज्याला एक हजार २५० हो । उनीहरुले दैनिक ज्याला कम भएको भन्दै आन्दोलन गरेपछि टानले गत बर्ष ज्याला वृद्धि गर्न सहमति जनाएको थियो।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।