Skip to main content

Posts

नुन नखाँदा शरिरलाई हुने अपत्यारिला १२ फाइदा

एक हप्तासम्म नुन नखाँदा तपाईंको शरिरमा आश्चर्यजनक परिवर्तन हुने बताइएको छ । नुन नखाँदाका फाइदा छन् र यो कुरालाई थुप्रै मानिसहरुले विश्वास पनि गरेका छन् । नुन नखाँदा तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्छ । एउटा निश्चित समयपछि आफ्नो खानामा नुनको मात्रा कम गर्नु र नुन छोडिदिनु आत्यावश्यक हुने गर्दछ । नुन नखाँदा हुने सबैभन्दा ठूलो फाइदा भनेको यसले शरिरको दबाबलाई सन्तुलन गर्ने गर्दछ । धेरै नुन खाँदा ब्लडप्रेसर बढ्ने गर्दछ जुन बढिरहेको उमेरका लागि राम्रो होइन । त्यसकारण एक हप्तासम्म नुन नखाँदा तपाईं स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुनुहुनेछ विशेषगरि त्यस्ता व्यक्तिहरु जो उच्च रक्तचापको शिकार हुनुहुन्छ । उच्च रक्तचापबाहेक नुन नखानुको निकै फाइदा रहेका छन् । तपार्ईंको खानामा नुनको मात्रा निकै कमका फाइदाहरु निम्न प्रकारका छन्ः १. यसले शरिरलाई सन्तुलित राख्ने गर्दछः अत्यधिक नुनको प्रयोगले शरिरको सन्तुलन बिग्रने गर्दछ । त्यसकारण एक हप्तासम्म खानामा नुनको मात्रा हटाउँदा तपाईंको स्वास्थ्यमा निकै धेरै परिवर्तन आउने गर्दछ जसले तपाईंको शरिरलाई स्वस्थ राख्ने गर्दछ । २. शरिरलाई हाइड्रेट राख्ने ग...

के कारणले भयो टर्किस जहाज दुर्घटना ?

काठमाडौं,फागुन २१ – बुधबार बिहान ७ः१२ बजे। टर्कीको इस्तानबुलबाट काठमाडौं आइरहेको टर्किस एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कोटेश्वरमाथि आइपुगिसकेको थियो। यात्रुहरू सिटबेल्ट बाँधेर तम्तयार थिए। जमिनबाट करिब ५० मिटर उचाइमा आइपुगेको जहाजले एक्कासि ‘ओभरसुट’ गरेपछि यात्रुहरूको हंसले ठाउँ छाड्यो। छुनै लागेको धावनमार्ग छाडेर उडान नम्बर ‘टिके७२६’ को जहाज फेरि आकाशमाथि नै चक्कर काट्न थाल्यो। सुरुमा उत्तर हान्नियो, त्यहाँबाट पश्चिम हुँदै दक्षिणतिर गएर काठमाडौं उपत्यका फन्को मार्यो। चालकदलले यात्रुहरूलाई ‘मौसमका कारण जहाज अवतरण गर्न नसकेको’ जानकारी गरायो। २ सय ८९ सिट क्षमताको ‘वाइड बडी’ जहाज एक नाबालकसहित २ सय २४ यात्रु र चालकदलका ११ सदस्यसहित २५ मिनेट आकाशमै फन्को (होल्ड) मारिरह्यो। बिहान ७ः४५ बजे। पहिलो प्रयास असफल भएपछि चालकदलले अवतरणको दोस्रो प्रयास गर्न जहाजलाई फेरि विमानस्थलतिरै मोड्यो। जहाज कोटेश्वरबाट धावनमार्गतर्फ सोझियो। दोस्रोचोटि पनि बाक्लो हुस्सुका कारण पाइलटले सही ठाउँमा अवतरण गराउन सकेनन्। धावनमार्गको जुन ठाउँमा पांग्राले पहिलोपटक छुनु...

सोलुखुम्बुको प्रथम दुधकुण्ड नगरपालिका उत्सब हुने

सोलुखुम्बुको सल्लेरीमा प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ सम्पन्न हुने भएको छ। सुर्य चन्द सल्लेरी- नेपालकै एक सुन्दर पर्यटकीय जिल्ला त्यस माथि विश्वको अग्लो हिमाल सगरमाथा भएको प्रकृतिको बरदान सोलुखुम्बुको सल्लेरीमा प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ यहि आउदो फाल्गुन २१,२२, र २३ गते भव्यताको साथ सम्पन्न हुने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन को दिगो विकास को लागि आयोजना हुन लागेको उक्त प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ मा विभिन्न खेलकुद को साथमा बृहत सास्कृतिक कार्यक्रम पनि हुने भएको छ। यसै बर्ष मात्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायत आसपास का गाबिस हरु लाई जोडेर सदरमुकाममा दुधकुण्ड नगरपालिका घोषणा भएको उपलक्ष्यमा यहि आउदो फागुन २१,२२ र २३ मा हुन गई रहेको यस उत्सब मा नेपाल कै चर्चित गायक गायिका हरु बिजय लामा, कमल खत्री, ज्योति मगर, श्रेया सोतांग, रजिना रिमाल, गीता राइ, धिरज राइ, डिजे नवाङ्ग, साथै चर्चित उद्घोषिका मिठो आवाजको धनि डोल्मा शेर्पाको बेजोड प्रस्तुति रहने भएको छ साथ मा स्थानिय कलाकारहरु पनि रहने छन् भने यसै गरि अहिले सम्म को सोलुखुम्बु को इतिहास मा सबै भन्दा ठु...

खुम्वुमा ५० सेन्टिमिटर बाक्लो हिउँ परेपछि जनजीवन प्रभावित

सोलुखुम्बु-आइतबार मध्यान्ह देखि पर्न शुरु गरेको बाक्लो हिमपातका कारण जिल्लामा माथिल्लो क्षेत्र खुम्बुको जनजीवन प्रभावित बनेको छ। २४ घण्टादेखि लगातार परेको हिमपातले अहिलेसम्म नाम्चे भन्दा माथिल्लो क्षेत्रको मानववस्तिमै  ५० सेन्टिमिटरको  हाराहारीमा हिउँ जमेको छ।  अहिलेसम्मकै बाक्लो हिमपातका कारण खुम्बु क्षेत्र घुम्न आउने पर्यटकहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ भने स्थानीयहरु घरबाहिर निस्कने सक्ने अवस्थामा छैनन्।  ५० सेन्टिमिटरको  हाराहारिमा हिउँ जमेको छ, यहाँ कोही पनि घर बाहिर निस्कने सक्ने अवस्था छैन' स्थानीय खुम्बु एफ.एम.मा कार्यरत रेडियो प्राविधिक प्रविण राईले भने, 'हिउँकै कारण धाराहरुमा पानी समेत आउन छाडेको छ, दैनिकि निकै कष्टकर छ।' हिउले नाम्चे बजार, खुम्जुङ, खुन्दे र थामे लगाएतका स्थानमा टेलिफोन, इन्टरनेट र विद्युत सेवा समेत अबरुद्ध भएको छ। खुम्बुको तापक्रम आज माइनस ९ डिग्रि सेल्सियसको हाराहारिमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ। खुम्बु क्षेत्रमा अझै दुई देखि तीन दिनसम्म हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

मोबाइल र कम्प्युटरबारे यी ८ भ्रमबाट आजै मुक्त हुनुहोस्

नयाँ प्रबिधिको बिकाश हुँदै गर्दा हामीले हरेक दिनजसो नयाँनयाँ कुरा सिक्नु परिरहेको छ । डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि । आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही ठूला भ्रमहरुबाट मुक्ति दिनेछ र तपाईले सही तरिकाले आफ्ना कम्प्युटर र मोबाइल चलाउन सक्नुहुन्छ । १. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फि्र रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् ।...

कात्तिकमा पर्‍यो ०७२ सालको दसैं र तिहार !

नयाँ सालमा ८० दिन सरकारी छुट्टी  नयाँ वर्ष ०७२ सालमा शनिबारसहित ८० दिन सार्वजनिक विदा परेको छ । उपत्यकामा भने थप चार दिन विदा परेको छ । नयाँ वर्षको दसैं र तिहार दुबै पर्वहरु कात्तिक महिनामा परेका छन् । गृहमन्त्रालयले तय गरेको ०७२ सालका विदाहरु ८६ दिन भए पनि ६ वटा सार्वजनिक विदा शनिबारका दिन परेका छन् । क्षेत्रीय विदा भने यसमा समावेश छैन । गृह मन्त्रालयले सोमबार राजपत्रमा विदासम्वन्धी सूचना प्रकाशित गर्ने तयारी गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मन्त्रिपरिषदबाट सार्वजनिक विदालाई अन्तिम रुप दिइएको बताए । दसैं तिहार दुबै कात्तिकमा नयाँ वर्षको दसैं र तिहार कात्तिकमा परेको छ । घटस्थापना भने असोज २६ गते परेको छ । कात्तिक ३ देखि ७ गतेसम्म दसैं विदा छ, जसमा एक दिन शनिबार छ । कात्तिक ९ गते कोजाग्रत पूणिर्माको विदा छ । कात्तिक २५ देखि २७ सम्म तिहार विदा छ । अधिक मासका कारण यस्तो हुन गएको हो । यस्ता छन् ०७२ सालका विदा नयाँ सालमा ५२ दिन शनिबार परेको छ ।  प्राप्त विदा सूचीअनुसार आगामी वर्ष १६ दिन पर्व विदा परेको छ, जसमा जनै पूणिर्मा भदौ १२ गते र गौरा पर्व भदौ १...

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? ‘रेमिट हाइड्रो’मा लगानी गर्नुहोस

के तपाईले विदेशी भूमिमा कडा परिश्रम गरेर कमाएको रकम परिवारका सदस्यहरुले फजुल खर्च गरेर तपाईलाई हैरान बनाइरहेका छन ? यदि छन भने तपाईको पैसा फजुल खर्च हुन नदिने सुवर्ण अवसर अाउँदैछ । नेपालमा जलविद्युत आयोजनाहरुको विकासमा तपाई आफूले कमाएको रकम लगानी गर्न सक्नु हुनेछ । सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि ‘रेमिट हाइड्रो’ नामक आकर्षक लगानीको योजना सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमा ‘रेमटि हाइड्रो’ योजनामार्फत विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्नेछन । यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए । ुयो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछु रौनियारले भने । कति र कसरी प्रतिफल दिने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । रौनियारका अनुसार यो योजनामा सहभागि हुन नेपालमा ...