Skip to main content

कात्तिकमा पर्‍यो ०७२ सालको दसैं र तिहार !

नयाँ सालमा ८० दिन सरकारी छुट्टी
 नयाँ वर्ष ०७२ सालमा शनिबारसहित ८० दिन सार्वजनिक विदा परेको छ । उपत्यकामा भने थप चार दिन विदा परेको छ । नयाँ वर्षको दसैं र तिहार दुबै पर्वहरु कात्तिक महिनामा परेका छन् ।
गृहमन्त्रालयले तय गरेको ०७२ सालका विदाहरु ८६ दिन भए पनि ६ वटा सार्वजनिक विदा शनिबारका दिन परेका छन् । क्षेत्रीय विदा भने यसमा समावेश छैन ।
गृह मन्त्रालयले सोमबार राजपत्रमा विदासम्वन्धी सूचना प्रकाशित गर्ने तयारी गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मन्त्रिपरिषदबाट सार्वजनिक विदालाई अन्तिम रुप दिइएको बताए ।
दसैं तिहार दुबै कात्तिकमा
नयाँ वर्षको दसैं र तिहार कात्तिकमा परेको छ । घटस्थापना भने असोज २६ गते परेको छ । कात्तिक ३ देखि ७ गतेसम्म दसैं विदा छ, जसमा एक दिन शनिबार छ । कात्तिक ९ गते कोजाग्रत पूणिर्माको विदा छ ।
कात्तिक २५ देखि २७ सम्म तिहार विदा छ । अधिक मासका कारण यस्तो हुन गएको हो ।

यस्ता छन् ०७२ सालका विदा
नयाँ सालमा ५२ दिन शनिबार परेको छ ।  प्राप्त विदा सूचीअनुसार आगामी वर्ष १६ दिन पर्व विदा परेको छ, जसमा जनै पूणिर्मा भदौ १२ गते र गौरा पर्व भदौ १९ गते शनिबार परेको छ ।
अन्य पर्व विदामा १ गते नववर्ष वैशाख २१ गते उभौली पर्व, मंसिर १ गते छठ, पुस १० गते उधौली र योमरी पुन्हि तथा क्रिसमस डे, पुस १५ गते तमू ल्होसार, माघ १ गते माघी र माघ २६ गते सोमन ल्होसार परेको छ ।
त्यस्तै फागुन २४ गते महाशिवरात्री, २५ गते महिला दिवस र २६ गते ग्याल्बो ल्होसार परेको छ ।  आगामी वर्ष चैत ९ गते फागु पूणिर्मा परेको छ । तराईका जिल्लाहरुमा भने १० गते फागुको विदा छ । इदुल्ल फित्र र बकर इदमा पनि विदा दिइने गृह मन्त्रालयले जनाएको छ । तर, दिन भने तय भएको छैन ।
फागुन १ गते बसन्त पञ्चमीको सार्वजनिक विदा छ ।

सात दिन दिवस विदा
सरकारले ७ दिन दिवस विदा दिने निर्णय गरेको छ । जसमध्ये एक अपाङ्ग कर्मचारीहरुका लागि मात्र छ । माघ १६ को सहिद दिवस भने शनिबार परेको छ ।
अन्य दिवस विदामा बैशाख ११ लोकतन्त्र दिवस, १८ मा विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, भदौ २२ गते निजामती कर्मचार दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको विदा परेको छ ।
यसैगरी गृहमन्त्रालयका अनुसार वैशाख ११ गते बुद्ध जयन्तीको विदा छ । श्रीकृष्ण जन्माष्टमीको विदा भने भदौ १९ गते शनिबार परेको छ ।
क्षेत्रीय विदाहरु
गृह मन्त्रालयका अनुसार भदौ ३० गते हरितालिका, असोज १ गते ऋषि पञ्चमी र असोज १८ गते जितिया पर्व मान्ने महिला कर्मचारीलाई विदा दिइनेछ ।
काठमाडौं उपत्यकाका कर्मचारीले भने थप चार दिन विदा पाउनेछन् । जसमा भदौ १३ गते गाईजात्रा, असोज १० गते इन्द्र जात्रा र चैत २५ गते घोडेजात्रा परेको छ ।
मच्छिन्द्रनाथको रथ जात्राका क्रममा भोटो देखाउने दिन पनि उपत्यकामा सार्वजनिक विदा दिइनेछ । मंसिर ९ गते गुरु नानक जयन्तीमा शिख धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिइनेछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।