Skip to main content

खुम्वुमा ५० सेन्टिमिटर बाक्लो हिउँ परेपछि जनजीवन प्रभावित

सोलुखुम्बु-आइतबार मध्यान्ह देखि पर्न शुरु गरेको बाक्लो हिमपातका कारण जिल्लामा माथिल्लो क्षेत्र खुम्बुको जनजीवन प्रभावित बनेको छ। २४ घण्टादेखि लगातार परेको हिमपातले अहिलेसम्म नाम्चे भन्दा माथिल्लो क्षेत्रको मानववस्तिमै ५० सेन्टिमिटरको हाराहारीमा हिउँ जमेको छ। 



अहिलेसम्मकै बाक्लो हिमपातका कारण खुम्बु क्षेत्र घुम्न आउने पर्यटकहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ भने स्थानीयहरु घरबाहिर निस्कने सक्ने अवस्थामा छैनन्। ५० सेन्टिमिटरको हाराहारिमा हिउँ जमेको छ, यहाँ कोही पनि घर बाहिर निस्कने सक्ने अवस्था छैन' स्थानीय खुम्बु एफ.एम.मा कार्यरत रेडियो प्राविधिक प्रविण राईले भने, 'हिउँकै कारण धाराहरुमा पानी समेत आउन छाडेको छ, दैनिकि निकै कष्टकर छ।' हिउले नाम्चे बजार, खुम्जुङ, खुन्दे र थामे लगाएतका स्थानमा टेलिफोन, इन्टरनेट र विद्युत सेवा समेत अबरुद्ध भएको छ। खुम्बुको तापक्रम आज माइनस ९ डिग्रि सेल्सियसको हाराहारिमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ। खुम्बु क्षेत्रमा अझै दुई देखि तीन दिनसम्म हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


त्यस क्षेत्रका सम्पुर्ण बजार पसलहरु पुर्ण रुपमा बन्द रहेका छन्। हिउँका कारण चौरी गाईहरुको समेत बिजोग भएको छ। खुल्ला आकाश मुनी बस्ने चौरी गाईहरु झण्डै पुरिने अबस्थामा पुगेका छन्। हिउँ सँगै बाक्लो हुस्सु र कुहिरोले जिल्लामा रहेको ३ वटै बिमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन। मौसम प्रतिकुलताका कारण लुक्ला, फाप्लु र काँगेल विमानस्थलमा हवाई उडान ठप्प हुँदा सैयौँ यात्रु मारमा परेका छन्। त्यस्तै बर्षा र चट्याङका कारण रिपिटर टावरमा खराबी आएसँगै नेपाल टेलिकमद्धारा वितरित ल्याण्ड लाइन फोन, मोबाईल र ईन्टरनेट सेवा पूर्ण रुपमा अबरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन्। टेलिफोन तथा ईन्टरनेट अभावको मार सबै भन्दा बढी जिल्लामा संचालित सञ्चारगृहहरु, वित्तिय संस्था र साइबरलाई परेको छ। बर्षाकै कारण सोलुखुम्बुमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताका आज हुने खेलहरु प्रभाबित भएका छन्। भलिबल तथा एथ्लेटिक्सका खेलहरु आज संचालन हुनु पर्ने भए पनि बर्षाले खेल मैदान हिलाम्मे बनाए पछि खेल सुर गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।