Skip to main content

सोलुखुम्बुको प्रथम दुधकुण्ड नगरपालिका उत्सब हुने


सोलुखुम्बुको सल्लेरीमा प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ सम्पन्न हुने भएको छ।
सुर्य चन्द सल्लेरी-नेपालकै एक सुन्दर पर्यटकीय जिल्ला त्यस माथि विश्वको अग्लो हिमाल सगरमाथा भएको प्रकृतिको बरदान सोलुखुम्बुको सल्लेरीमा प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ यहि आउदो फाल्गुन २१,२२, र २३ गते भव्यताको साथ सम्पन्न हुने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटन को दिगो विकास को लागि आयोजना हुन लागेको उक्त प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ मा विभिन्न खेलकुद को साथमा बृहत सास्कृतिक कार्यक्रम पनि हुने भएको छ।

यसै बर्ष मात्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायत आसपास का गाबिस हरु लाई जोडेर सदरमुकाममा दुधकुण्ड नगरपालिका घोषणा भएको उपलक्ष्यमा यहि आउदो फागुन २१,२२ र २३ मा हुन गई रहेको यस उत्सब मा नेपाल कै चर्चित गायक गायिका हरु बिजय लामा, कमल खत्री, ज्योति मगर, श्रेया सोतांग, रजिना रिमाल, गीता राइ, धिरज राइ, डिजे नवाङ्ग, साथै चर्चित उद्घोषिका मिठो आवाजको धनि डोल्मा शेर्पाको बेजोड प्रस्तुति रहने भएको छ साथ मा स्थानिय कलाकारहरु पनि रहने छन् भने यसै गरि अहिले सम्म को सोलुखुम्बु को इतिहास मा सबै भन्दा ठुलो धनराशी पुरस्कार राखिएको भलिबल प्रतियोगिता पनि रहेको जानकारी यस उत्सब का संयोजक दावा गेलु (राजु) पाख्रिनले बताउनु भयो।

मनोरम दृश्यले भरिपुर्ण प्रकृतिको बरदान सोलुखुम्बुको सल्लेरीमा हुन गईरहेको यस किसिमको उत्सब, महोत्सब, बृहत सास्कृतिक कार्यक्रम तथा खेलकुद जस्ता कुराहरुले सोलुखुम्बुमा आन्तरिक तथा बाह्य पर्यटनको बृदि हुन को साथै समाज लाइ सकारात्मक रुपमा परिबर्तन गर्न सकिन्छ भन्ने सोचका साथमा यो उत्सब को थालनी गरिएको कुरा दावा गेलु (राजु) पाख्रिन बताउनु हुन्छ साथै सम्पूर्ण सोलुखुम्बु बासि मिलेर यो प्रथम दुधकुण्ड नगरपालिका उत्सब २०७१ लाइ भब्य र सब्य रुपले सम्पन गरौँ सोलुखुम्बुलार्इ नेपाल तथा विश्व सामु चिनाऔँ र यो उत्सबलार्इ ऎतेहासिक बनाऔ सबैले हातमा हात साथमा साथ मिलाएर आ-आफ्नो जिम्मेवारी पुरा गरौ भन्दै सम्पूर्ण नेपालीहरुलार्इ यो उत्सबलार्इ सफल पार्न सोलुखुम्बुको सल्लेरीमा आउन तथा आन्तरिक पर्यटनको बिकाश गर्न पनि आव्हान गर्नु भयो र स्वच्छ बाताबरण स्वस्थ जिबन भन्ने नारा का साथ अगाडी बढेको उत्सब भव्यताका साथमा सफल हुने र सम्पूर्ण सोलुबासीको माया र साथ पाउने कुरामा विश्वास गर्नु भयो स्मरण रहोस दावा गेलु (राजु) पाख्रिन युवा ब्यबसायी, समाजसेवी तथा नेबि संघ को केन्द्रिय समेत रहनु भएको छ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।