Skip to main content

नुन नखाँदा शरिरलाई हुने अपत्यारिला १२ फाइदा

एक हप्तासम्म नुन नखाँदा तपाईंको शरिरमा आश्चर्यजनक परिवर्तन हुने बताइएको छ । नुन नखाँदाका फाइदा छन् र यो कुरालाई थुप्रै मानिसहरुले विश्वास पनि गरेका छन् । नुन नखाँदा तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्छ । एउटा निश्चित समयपछि आफ्नो खानामा नुनको मात्रा कम गर्नु र नुन छोडिदिनु आत्यावश्यक हुने गर्दछ ।
नुन नखाँदा हुने सबैभन्दा ठूलो फाइदा भनेको यसले शरिरको दबाबलाई सन्तुलन गर्ने गर्दछ । धेरै नुन खाँदा ब्लडप्रेसर बढ्ने गर्दछ जुन बढिरहेको उमेरका लागि राम्रो होइन । त्यसकारण एक हप्तासम्म नुन नखाँदा तपाईं स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुनुहुनेछ विशेषगरि त्यस्ता व्यक्तिहरु जो उच्च रक्तचापको शिकार हुनुहुन्छ ।
उच्च रक्तचापबाहेक नुन नखानुको निकै फाइदा रहेका छन् । तपार्ईंको खानामा नुनको मात्रा निकै कमका फाइदाहरु निम्न प्रकारका छन्ः

१. यसले शरिरलाई सन्तुलित राख्ने गर्दछः
अत्यधिक नुनको प्रयोगले शरिरको सन्तुलन बिग्रने गर्दछ । त्यसकारण एक हप्तासम्म खानामा नुनको मात्रा हटाउँदा तपाईंको स्वास्थ्यमा निकै धेरै परिवर्तन आउने गर्दछ जसले तपाईंको शरिरलाई स्वस्थ राख्ने गर्दछ ।

२. शरिरलाई हाइड्रेट राख्ने गर्दछः
खानामा नुनको प्रयोगले शरिरलाई डिहाइड्रेसन गराउँदछ । यदि तपाईं गर्मी मौसममा आफ्नो शरिरलाई हाइड्रेट राख्न चाहनुहुन्छ भने तपाईंले आफ्नो भोजनमा यसको मात्रा घटाउनु पर्ने हुन्छ ।

३. तौल कम हुनुः
नुन नखानुको अर्को फाइदा भनेको यसले तपाईंको शरिरमा रहेको बोसोलाई कम गर्नमा ठूलो भूमिका खेल्ने गर्दछ । जो व्यक्तिहरु जसले नुन खाँदैनन् उनीहरुको तौल निकै तेज रुपमा कम हुने गर्दछ ।

४. अत्यधिक उर्जाः
यो सुन्दा तपाईंलाई अचम्म लाग्ला तर नुन नखाँदा तपाईं अझ बढि सक्रिय र उर्जावान् हुनुहुनेछ ।

५. रक्तचापलाई कम गर्दछः
नुन कम खाँदा वा नखाँदा तपाईंको शरिरमा रक्तचापको मात्रा कम हुने गर्दछ ।

६. रोगहरुबाट राख्छ टाढाः
खानामा नुनको मात्रा कम गर्ने व्यक्तिहरुलाई गम्भीर प्रकारको रोग जस्तै क्यान्सरबाट बचाउने गर्दछ । खानामा नुनको मात्रा अत्यधिक हुँदा यसले पेटको क्यान्सर, मृगौलासँग सम्बन्धित रोग तथा पेट र अन्य विकार हुने थुप्रै मानिसहरुको विश्वास छ ।

७. जिब्रोमा हुने ‘टेष्ट बड’ मर्नबाट बचाउँछः
समयसँगै नुनका कारण तपाईंको ‘टेष्ट बड’ मर्ने गर्दछ । यसलाई रोक्नका लागि फलफूल र सागहरुको अत्यधिक मात्रामा सेवन गर्नुका साथै खानामा नुनको मात्रा पनि कम गर्नुपर्ने हुन्छ ।

८. तपाईंलाई हृदयघातबाट टाढा राख्ने गर्दछः
हृदयघातको एक प्रमुख कारण नुन हो । यदि तपाईं आफ्नो खानामा नुनको मात्रा कम गर्नुहुन्छ भने तपाईंको रगतको स्तर सामान्य हुने गर्दछ । यसले तपाईंको दिमाग सक्रिय रहन मद्दत गर्दछ जसका कारण हृदयघातको सम्भावना निकै कम हुने गर्दछ ।

९. हड्डीहरुलाई स्वस्थ राख्नमा सहायकः
जब तपाईं अत्यधिक नुन खानुहुन्छ तब तपाईंको हड्डीमा भएको क्याल्सियमको मात्रा नष्ट हुने गर्दछ । यसका कारण ओस्टियोपोरोसिस हुने गर्दछ जुन स्वास्थ्यका लागि पक्कै रामे होइन । त्यसकारण खानामा नुन कम खाँदा तपाईं लामो समयसम्म बाँच्नु हुनेछ । वृद्ध मानिसहरुका लागि यसको सेवन पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ ।

१०. मधुमेहः
नुनका कारण रक्तचाप बढ्ने गर्दछ जसका कारण मधुमेह हुनसक्छ ।

११. सुन्निने समस्या कम गर्नमा सहायकः
जब महिनामा तपाईंको त्यो समय आउँछ जब तपाईंको पूरै शरिर सुन्निने गर्दछ । यसको प्रमुख कारण भनेको नुनको सेवन नै हो । नुनको प्रयोग बन्द गरेर एकपटक हेर्नुहोस्, तपाईंको शरिर सुन्निँदैन ।

१२. मृगौलाको समस्याः
जब तपाईं अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुन्छ तब त्यसको दबाब बढ्ने गर्दछ जसको परिणामस्वरुप मृगौलाबाट निकै धेरै क्याल्सियम उत्सर्जित हुने गर्दछ जसले पत्थरी हुने गर्दछ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।