Skip to main content

पर्यटकको दैनिक खर्च ४२.८ डलर

पर्यटकको दैनिक खर्च ४२.८ डलर


काठमाडौं : नेपाल भित्रिने विदेशी पर्यटकले प्रतिदिन गर्ने खर्च औसतमा ४२.८ अमेरिकी डलर रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकले देखाएको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च अघिल्लो वर्षको तुलनामा बढे पनि पाँच वर्षको तुलनामा भने ४३ प्रतिशतले घटेको छ।
सन् २००८ मा ७३ डलर प्रतिदिन खर्च गर्ने विदेशी पर्यटकको खर्चदर अहिले जम्मा ४२ डलरमा सीमित रहेको तथ्यांकले देखाएको छ। जसअनुसार प्रतिपर्यटक तीन हजार नौ सय ९१ रुपैयाँ प्रतिदिन हुन आउँछ। तर अघिल्लो वर्ष सन् २०१२ मा नेपाल भित्रिने पर्यटकले प्रतिदिन जम्मा ३६.२ अमेरिकी डलर अर्थात् तीन हजार ९८ रुपैयाँमात्र खर्च गर्ने गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी तथ्यांक अधिकृत ज्योति केसीका अनुसार प्रतिपर्यटक प्रतिदिन खर्च बढे पनि उनीहरूको नेपाल बसाइ भने घटेर १२.५७ दिन रहेको छ। सन् २०१२ मा पर्यटकको नेपाल बसाइ १२.८७ दिन रहेको थियो। विवरणअनुसार नेपाल भित्रिने प्रत्येक विदेशी पर्यटकले सन् २०१३मा पाँच सय ३८ डलर (करिब ५० हजार एक सय ७३ रुपैयाँ) खर्च गरेका थिए।

सन् २०१३ मा नेपाल भित्रिएका सात लाख ९७ हजार पर्यटकको तथ्यांकको अनुपातमा आधारित रहेर मन्त्रालयले यो तथ्यांक तयार पारेको हो।

मन्त्रालयको तथ्यांकअनुसार पर्यटकको बसाइदर भने विगत चार वर्षदेखि ओरालो लागेको छ। चार वर्षअघि पर्यटकको नेपाल बसाइ औसतमा ४५.७ दिन रहेको थियो तर सन् २०१३मा पर्यटकको बसाइदर घटेर १२.५७ रहेको छ। सन् २०१२मा पर्यटकको बसाइदर १२.८७ थियो।

तर मन्त्रालयको तथ्यांक अनुसार पर्यटन क्षेत्रबाट हुने आम्दानी भने अहिलेसम्मको बढी देखिएको छ। पर्यटकले गरेको खर्चको आधारमा तय भएको यस्तो आम्दानी सन् २०१३ मा ४० अर्ब रहेको छ।

नेपाली मुद्राको विदेशी विनिमय दर बढेकोले पनि पर्यटन क्षेत्रको आम्दानी बढेको तथा अघिल्लो वर्षको तुलनामा पर्यटकले धेरै खर्च गरेको पाइएको पनि मन्त्रालयले जनाएको छ। यसबाट सरकारी अकर्मण्यताका कारण पर्यटकको खर्च नबढेकोले अझै क ेही वर्ष नेपाल सस्तो गन्तव्यको रूपमा नै रहिरहने देखिएको छ।

दुई वर्षअघि नेपाल आएका आठ लाख तीन हजार पर्यटकमार्फत ३० अर्ब आम्दानी गरेको थियो। गतवर्ष अमेरिकी डलरको नेपाली मुद्रासँगको विनिमयदर ८५ रुपैयाँ ६ पैसा थियो। सन् २०१३ मा डलरको औसत विनिमयदर ९३ रुपैयाँ २६ पैसामा आधारितर भएर यो तथ्यांक तयार पारिएको केसीको भनाइ छ। अधिल्लो वर्ष प्रतिपर्यटकको औसत नेपाल बसाइको खर्च ३७ हजार सात सय रहेकोमा यो वर्ष यो खर्चदर १२ हजार चार सय रुपैयाँले बढेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

'नेपाल आएका पर्यटकले वार्षिक रूपमा औसत ५० हजार रुपैयाँ खर्च गर्नु ठूलो होइन', नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेलले भने। उनका अनुसार नेपालमा भएको पर्यटकीय विविधता र पर्यटक आकर्षण गर्न सक्ने सम्भावनालाई हेर्ने हो भने एउटा पर्यटकले ५० हजार खर्च गर्नु सामान्य हो।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च पाँच वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ। सन् २००८ मा ७३ डलर प्रतिदिन खर्च गर्ने विदेशी पर्यटको खर्चदर अहिले जम्मा ४२ डलरमा सीमित रहेको तथ्यांकले देखाएको छ।
हामीले पर्यटकको खर्च बढाउन नसक्दा नेपाल सस्तो गन्तव्यको रूपमा परिचित भएको पनि उनको बुझाइ छ। पर्यटकले गर्ने खर्च कम हुनुमा हामीले पर्यटकीय क्षेत्रसम्म पुग्ने तथा पर्यटकलाई अकर्षित गर्ने सेवा र सुविधा दिन नसकेको पोखरेलको बुझाइ छ। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका सपिङ सेन्टर बनाउने, पर्यटकीय विविधता बढाउने तथा काठमाडौंबाहिरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक पूर्वाधार बनाउन सकिएको अवस्थामा उनीहरूको खर्च बढाउन सकिने तर्क पनि पोखरेलको छ।

हामीले पर्यटकलाई प्याकेज बेच्न नै नसकेको कारण उनीहरूले खर्च गर्ने ठाउँ नपाएको पनि पोखरेलले बताए।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an