Skip to main content

पर्यटकको दैनिक खर्च ४२.८ डलर

पर्यटकको दैनिक खर्च ४२.८ डलर


काठमाडौं : नेपाल भित्रिने विदेशी पर्यटकले प्रतिदिन गर्ने खर्च औसतमा ४२.८ अमेरिकी डलर रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकले देखाएको छ। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च अघिल्लो वर्षको तुलनामा बढे पनि पाँच वर्षको तुलनामा भने ४३ प्रतिशतले घटेको छ।
सन् २००८ मा ७३ डलर प्रतिदिन खर्च गर्ने विदेशी पर्यटकको खर्चदर अहिले जम्मा ४२ डलरमा सीमित रहेको तथ्यांकले देखाएको छ। जसअनुसार प्रतिपर्यटक तीन हजार नौ सय ९१ रुपैयाँ प्रतिदिन हुन आउँछ। तर अघिल्लो वर्ष सन् २०१२ मा नेपाल भित्रिने पर्यटकले प्रतिदिन जम्मा ३६.२ अमेरिकी डलर अर्थात् तीन हजार ९८ रुपैयाँमात्र खर्च गर्ने गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी तथ्यांक अधिकृत ज्योति केसीका अनुसार प्रतिपर्यटक प्रतिदिन खर्च बढे पनि उनीहरूको नेपाल बसाइ भने घटेर १२.५७ दिन रहेको छ। सन् २०१२ मा पर्यटकको नेपाल बसाइ १२.८७ दिन रहेको थियो। विवरणअनुसार नेपाल भित्रिने प्रत्येक विदेशी पर्यटकले सन् २०१३मा पाँच सय ३८ डलर (करिब ५० हजार एक सय ७३ रुपैयाँ) खर्च गरेका थिए।

सन् २०१३ मा नेपाल भित्रिएका सात लाख ९७ हजार पर्यटकको तथ्यांकको अनुपातमा आधारित रहेर मन्त्रालयले यो तथ्यांक तयार पारेको हो।

मन्त्रालयको तथ्यांकअनुसार पर्यटकको बसाइदर भने विगत चार वर्षदेखि ओरालो लागेको छ। चार वर्षअघि पर्यटकको नेपाल बसाइ औसतमा ४५.७ दिन रहेको थियो तर सन् २०१३मा पर्यटकको बसाइदर घटेर १२.५७ रहेको छ। सन् २०१२मा पर्यटकको बसाइदर १२.८७ थियो।

तर मन्त्रालयको तथ्यांक अनुसार पर्यटन क्षेत्रबाट हुने आम्दानी भने अहिलेसम्मको बढी देखिएको छ। पर्यटकले गरेको खर्चको आधारमा तय भएको यस्तो आम्दानी सन् २०१३ मा ४० अर्ब रहेको छ।

नेपाली मुद्राको विदेशी विनिमय दर बढेकोले पनि पर्यटन क्षेत्रको आम्दानी बढेको तथा अघिल्लो वर्षको तुलनामा पर्यटकले धेरै खर्च गरेको पाइएको पनि मन्त्रालयले जनाएको छ। यसबाट सरकारी अकर्मण्यताका कारण पर्यटकको खर्च नबढेकोले अझै क ेही वर्ष नेपाल सस्तो गन्तव्यको रूपमा नै रहिरहने देखिएको छ।

दुई वर्षअघि नेपाल आएका आठ लाख तीन हजार पर्यटकमार्फत ३० अर्ब आम्दानी गरेको थियो। गतवर्ष अमेरिकी डलरको नेपाली मुद्रासँगको विनिमयदर ८५ रुपैयाँ ६ पैसा थियो। सन् २०१३ मा डलरको औसत विनिमयदर ९३ रुपैयाँ २६ पैसामा आधारितर भएर यो तथ्यांक तयार पारिएको केसीको भनाइ छ। अधिल्लो वर्ष प्रतिपर्यटकको औसत नेपाल बसाइको खर्च ३७ हजार सात सय रहेकोमा यो वर्ष यो खर्चदर १२ हजार चार सय रुपैयाँले बढेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

'नेपाल आएका पर्यटकले वार्षिक रूपमा औसत ५० हजार रुपैयाँ खर्च गर्नु ठूलो होइन', नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेलले भने। उनका अनुसार नेपालमा भएको पर्यटकीय विविधता र पर्यटक आकर्षण गर्न सक्ने सम्भावनालाई हेर्ने हो भने एउटा पर्यटकले ५० हजार खर्च गर्नु सामान्य हो।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च पाँच वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ। सन् २००८ मा ७३ डलर प्रतिदिन खर्च गर्ने विदेशी पर्यटको खर्चदर अहिले जम्मा ४२ डलरमा सीमित रहेको तथ्यांकले देखाएको छ।
हामीले पर्यटकको खर्च बढाउन नसक्दा नेपाल सस्तो गन्तव्यको रूपमा परिचित भएको पनि उनको बुझाइ छ। पर्यटकले गर्ने खर्च कम हुनुमा हामीले पर्यटकीय क्षेत्रसम्म पुग्ने तथा पर्यटकलाई अकर्षित गर्ने सेवा र सुविधा दिन नसकेको पोखरेलको बुझाइ छ। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका सपिङ सेन्टर बनाउने, पर्यटकीय विविधता बढाउने तथा काठमाडौंबाहिरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक पूर्वाधार बनाउन सकिएको अवस्थामा उनीहरूको खर्च बढाउन सकिने तर्क पनि पोखरेलको छ।

हामीले पर्यटकलाई प्याकेज बेच्न नै नसकेको कारण उनीहरूले खर्च गर्ने ठाउँ नपाएको पनि पोखरेलले बताए।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।