Skip to main content

विदेशको अनुभव नेपालमा खर्चिने तयारीमा पिटी शेर्पा


विदेशको अनुभव नेपालमा खर्चिने तयारीमा पिटी शेर्पा 

कर्मथलो विदेश भएपनि मन र मस्तिष्कले नेपाल र नेपालीप्रति चासो र चिन्ता राख्ने व्यक्ति हुन पि.टि शेर्पा । सोलुखुम्बु जिल्लाको केरुङ १ मा जन्मिएका शेर्पा मिलनसार स्वभाव र सहनशिल व्यक्तित्वको एउटा उद्धाहरण नै हुन् । ५० भन्दा बढी मूलुकको भ्रमण र अष्ट्रेलियन सरकारको कर्मचारीको रुपमा लामो समय बिताइसकेका छन् उनले । शिक्षण, पर्यटन र वातावरण लगायतका क्षेत्रमा उनको चासो रहेको छ । विदेशमा रहे पनि नेपाल र नेपाली भनेपछि मरिमेट्ने उनी भन्छन् ‘संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल बिर्सिन सक्दिन ।’ 
विदेश बसाईको २० वर्षीय अनुभवलाई सम्झदै अन्य देशको तुलनामा नेपाल पछि पर्नुको कारण नेपालको राजनितिक परिस्थितीलाई मान्छन् उनी । शेर्पाले आफ्नो करियर शिक्षण पेशाबाट सुरु गरेका थिए । केही वर्ष काठमाडौ“को बुढानिलकण्ठ विद्यालयमा अध्यापन गरेपछि उनी वातावरणको क्षेत्रमा लागे । गीफ्ट फर एड नेपाल, अष्ट्रेलिया सरकारको जुलालीकारी काउन्सिल, वेष्ट अष्ट्रेलियाको राष्ट्रिय निकुञ्ज र क्याम्बोडियाको जनजातिको हक अधिकारको क्षेत्रमा शेर्पाले काम गरिसकेका छन् । शेर्पाले नेपालमै पनि वातावरणको क्षेत्रमा थुप्रै काम गरेका छन् । उनले नेपाल र नेपाली संस्कृतिमा आधारित थुप्रै पुस्तक तथा लेख समेत प्रकाशित गरिसकेका छन् । विदेशमा विभिन्न उच्चस्तरका कामहरु गरेर नेपाल र नेपालीको कीर्ति फैलाएको भन्दै उनलाई नेपाल सरकारले गोरखा दक्षिण बाहू चौथो, विरेन्द्र ऐश्वर्य पदक जस्ता सम्मान तथा पुरस्कार समेत प्रदान गरिसकेको छ । यी बाहेक शेर्पा इन्टरनेशनल इको टुरिज्म अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।
नेपालको पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको दावी गर्दै उनी भन्छन् ‘व्यवस्थितरुपमा नेपाली पर्यटन उद्योगलाई अघि बढाउने हो भने नेपाल र नेपालीको कायापलट हुन धेरै समय लाग्दैन ।’ नेपालमै पनि उनको उच्च तहका राजनितिज्ञ र कर्मचारीस“ग राम्रो उठबस छ । उता विदेशमा पनि सरकारी तहका उच्चपदस्थ कर्मचारी तथा राजनितिक नेतास“ग उनले सहकार्य गरिसकेका छन् । तर नेपाली राजनितिज्ञ र विदेशी बीच कार्यशैली, सोचविचार तथा दुरदर्शितामा आकाश जमिनको फरक रहेको शेर्पा बताउ“छन् ।
शेर्पा समुदायमा जन्मिनु र हुर्किनुलाई उनले आफ्नो अहोभाग्य मानेका छन् । तर केही समययता शेर्पा समुदायका धेरै मानिस विदेशीन थालेकाले भने उनलाई कहिलेका“ही बेचैनी हुन्छ । लामो समय विदेशलाई कर्मभूमि बनाएका शेर्पा अब मातृभूमिलाई योेगदान पु¥याउन चाहन्छन् । विदेशमा भएको अनुभवलाई नेपालमा खर्चिने तयारीमा रहेका पिटी भन्छन् ‘विदेशमा जे जति सिकियो त्यसलाई अब नेपालमा सदुपयोग गर्ने हो ।’

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।