Skip to main content

सोलुखुम्बुको थप दुई स्थानमा प्रहरी चौकी राख्ने तयार

सोलुखुम्बुको दुई स्थानमा थप अस्थाई प्रहरी चौकी राख्न आबश्यक देखीएको भन्दै गृह मन्त्रालयमा प्रस्ताब पठाईएको छ । आज जिल्ला प्रशासन कार्यलयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै तिङला गाबिसको ६ नम्बर वडा स्थीत रमितेमा र पंचन गाबिसको भन्ज्याङ डाँडामा सुरक्षाको दृष्टीकोणले तत्काल प्रहरी चौकी राख्न आबश्यक देखीएको भन्दै स्वीकृतीका लागी गृह मन्त्रालयमा पत्र पठाईएको प्रहरी नायब उपरिक्षक बद्रि बिक्रम थापाले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाको अध्यक्षतामा बसेको बैठकले रमितेमा दिन प्रतिदिन बजारीकरण बढ्दै गएको, सर्बसाधरणको जमघट बढेको, सडकको पहुँच जिल्लाको तल्लो क्षेत्र नेता सल्यानमा पनि पुग्ने क्रम सुरु हुदा मानिसको केन्द्र बिन्दु रमितेमा बढ्ने र भईपरि आउने दुर्घटनालाई समेत मध्य नजर गरेर रमिते बजारमा अस्थाई प्रहरी चौकीको प्रसताब गरिएको निर्णयमा उल्लेख छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखी ओखलढुङगाा हुदै काठमाडौँ जोड्ने मुख्य सडक मार्ग पनि सोही रुटमा पर्ने तर सदरमुकाम सल्लेरी देखी केरुङको पत्ताले सम्म कतै प्रहरी उपस्थीति नहुने भएकोले सर्बसाधरणले पनि पहिले देखीनै प्रहरी चौकीको माग गर्दै आएका थिए । त्यस्तै पंचन गाबिसमा पनि प्रहरी चौकीको आबश्यक्ता महसुष गरिएकोले पंचनको भन्ज्याङ डाँडामा अस्थाई प्रहरी चौकीको माग गरिएको छ । पंचनका सर्बसाधरण संग अन्य जनसम्पर्क कम हुने र सिङो गाबिस भित्र कतै प्रहरी चौकी नभएको भन्दै १ नम्बर वडाको भन्ज्याङ डाँडामा अस्थाई चौकीको प्रस्ताब गरिएको निर्णयमा उल्लेख छ । यसैबिच यस अघि नै सोदुखुम्बुको चौरीखर्क स्थीत फाक्दीङमा प्रहरी चौकीको माग गरि गृह मन्त्रालयमा पत्र पठाए पनि अझै सुनुवाई भएको छैन । गत माघ १९ गते एक होटल ब्इबसायीको हत्या भए पछि अस्थाई प्रहरी चौकीको माग गरिएको भए पनि हाल सम्म सुनुवाई नभएको बताईएको छ । आजको बैठकको निणर्यको गृह मन्त्रालय तथा क्षेत्रीय प्रशासन कार्यलय धनकुटामा पनि पठाईएको छ ।
यता सदरमुकाम सल्लेरी नजिकै रहको गाबिस तामाखानीमा जनता संग प्रहरीको घर दैलो अभियान अन्तर्गत शान्ती सुरक्षाको सवालमा सर्बसाधरणबाट सल्लाहा सुझाब लिइएको छ । तामाखानीको ५ देखी नौ नम्बर वडा सम्म गरिएको घर दैलो अभियानको क्रममा तामाखानीमा रहेको अस्थाई प्रहरी चौकीलाई स्थाई गर्न सर्बसाधरणले माग गरेका छन् । हाल सम्म अस्थाई रुपमा प्रहरी चौकी खडा गरि बस्दै आएका प्रहरीलाई स्थाई रुपमा बस्ने ब्यबस्था गर्न माग गरेका हुन् । तामाखानी बासीले गाउँमा कुनै दुर्घटना हुन नदिन र दुर्घटना भईहाले तत्काल घटना स्थलमा प्रहरी पुग्नु पर्ने सल्लाहा दिएका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।