
यता सदरमुकाम सल्लेरी नजिकै रहको गाबिस तामाखानीमा जनता संग प्रहरीको घर दैलो अभियान अन्तर्गत शान्ती सुरक्षाको सवालमा सर्बसाधरणबाट सल्लाहा सुझाब लिइएको छ । तामाखानीको ५ देखी नौ नम्बर वडा सम्म गरिएको घर दैलो अभियानको क्रममा तामाखानीमा रहेको अस्थाई प्रहरी चौकीलाई स्थाई गर्न सर्बसाधरणले माग गरेका छन् । हाल सम्म अस्थाई रुपमा प्रहरी चौकी खडा गरि बस्दै आएका प्रहरीलाई स्थाई रुपमा बस्ने ब्यबस्था गर्न माग गरेका हुन् । तामाखानी बासीले गाउँमा कुनै दुर्घटना हुन नदिन र दुर्घटना भईहाले तत्काल घटना स्थलमा प्रहरी पुग्नु पर्ने सल्लाहा दिएका छन् ।
Comments
Post a Comment