
तपाईको खातामा रकम बढेर एक लाख ४ हजार ३ सय रुपैयाँ भएको देखिए पनि मुल्यवृद्धिका कारण त्यसको ‘रियल मनी भ्यालू’ पाँच हजार १० रुपैयाँले घटेको हो । तर, बैशाख महिनामा तपाईको खर्च एक लाख रुपैयाँ हुन्थ्यो भने अहिले एक लाख ९ हजार ४० रुपैयाँ खर्च हुन्छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर आम्दानी हो र मुल्यवृद्धि खर्च । बैंकले दिने व्याजदरभन्दा मुल्यवृद्धि ५.१ प्रतिशतले बढी भएकाले एक वर्षको अवधिमा तपाईले बैंकमा जम्ममा गरेको रकम पाँच प्रतिशतले खिइएको हो । तर, तपाईलाई यो अर्थशास्त्रीय सिद्धान्तको जानकारी नभएर बैंकमा राखेको रकम खिइएको पत्तो नभएको भने हुन सक्छ । निक्षेपको व्याजदर र मुल्यवृद्धि दर यही विन्दुमा अघि बढ्यो भने आगामी २० वर्षमा तपाईले अहिले राखेको एक लाख रुपैयाँ खिइएर समाप्त हुने छ ।
यसको मतलब अहिले एक हजार रुपैयाँमा आउने वस्तु १८ वर्षपछि अहिले बैंकमा जम्मा गरेको एक लाख रुपैयाँ र त्यसबाट आउने व्याज जोेडेर किन्छु भन्नुभयो भने पनि आउँदैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७० बैशाखमा मुल्यवृद्धि ८.७ प्रतिशत र निक्षेपको व्याजदर ५.३६ प्रतिशत थियो । ०७० को चैतमा मुल्यवृद्धि बढेर ९.४ प्रतिशत पुगेको छ तर, निक्षेपको व्याजदर घटेर ४.३० प्रतिशतमा झरेको छ । बैशखमा ३.३४ प्रतिशत रहेको मुल्यवृद्धि र व्याजदरबीचको अन्तर चैतमा बढेर ५.१ प्रतिशत पुगेको छ । यो वर्ष सरकारले मुल्यवृद्धि दर ८ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ । आम्दानीभन्दा खर्च बढी भयो भने ऋण थपिदै जान्छ, परिणम त करोडपतिबाट रोडपति भइन्छ । मूल्यवृद्धि र व्याजदरबीच सन्तुलन कायम गर्न नसके बैंकमा निक्षेप राख्नेहरु दिनानुदिन गरिब बन्दै जानेछन् । २०७० सालमा निक्षेपको ब्याजदर र मूल्यवृद्धिको अबस्था( प्रतिशतमा)
Comments
Post a Comment