Skip to main content

फाप्लु विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

फाप्लु विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको पाँच दशक पछि कालोपत्रे गर्न थालेको विमानस्थलको काम लगभग सम्पन्न हुने चरणमा छ । यो आम सोलुखुम्बुबासी र हवाईयात्रुका लागि सुखद खबर हो।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको यो विमानस्थल सन् १९६५ अर्थात विक्रम संबत २०२२ सालमा निर्माण भएको थियो । शुरुमा स्वीस सरकारको सहयोगमा बनेको फाप्लु विमानस्थलको धावनमार्गको लम्बाई ३ सय मिटर मात्र रहेको बताइन्छ । त्यसपछि तत्कालीन श्री ५ को सरकारको लगानीमा थप २ सय मिटर बढाएर ५ सय मिटर बनाएको थियो । पटक पटकको मर्मत तथा स्तरोन्नति पछि अहिले फाप्लु विमानस्थलको लम्बाइ ६ सय ८० मिटर बनाइएको छ । विमानस्थलको कालोपत्रे सँगसँगै अझ यो विमानस्थलको लम्बाई केही बढ्ने बताइन्छ ।
शुरुमा सेस्ना नामक विमानले उडान भरेको फाप्लुमा २०२७ साल पछि पिलाटस् पोर्टरले उडान भरेको थियो । विमास्थलको केही स्तरोन्नति गरेपछि २०४६ साल तिर देखि मात्र ट्वीनअटर विमानले उडान भरेको जानकारहरु बताउँछन् ।
विभिन्न समयमा मर्मत हुदै आएको विमानस्थलको २०५७÷०५८ मा ग्राभेल गरेयता भने मर्मत हुन सकेको थिएन । वि.सं २०६९ को असोज १५ गते विमानस्थलको कालोपत्रे गर्नका लागि निर्माण कम्पनी र नागरिक उड्डयन प्राधिकरण बीच सम्झौता भएपछि विमानस्थल कालोपत्रे गर्न थालिएको हो । ०७० को पुस मसान्त भित्रै कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने सम्झौता भएपनि तोकिएको समयमा काम नसक्दा आगामी असार २५ गतेसम्मका लागि समय थप गरिएको थियो ।
निर्माण कम्पनीले सम्झौता पालना गरेको भए यसअघि नै फाप्लु विमानस्थलमा हवाईसेवा सुचारु भईसक्थ्यौ । थप गरिएको समयावधि भित्रै काम सम्पन्न हुने हो भने असारको मसान्तसँगै विमानस्थल सञ्चालनमा आउने देखिन्छ । त्यसपछि आम सोलुखुम्बुबासी र हवाईया त्रुले बर्षौं अघिदेखि साँचेको सपना पूरा हुनेछ ।
विमानस्थल कालोपत्रे नहुँदा हवाईयात्रुले धेरै दुःख पाएका थिए । सामान्य धावन मार्गमा डोनियर विमानले उडान भर्न नसक्दा ट्वीन्अटर विमान भएका कम्पनीहरुले मात्र उडान राख्दै आएका थिए । यसको प्रत्यक्ष मारमा हवाईयात्रुहरु पर्ने गरेका थिए । ती कम्पनीहरुको पनि उडान सीमितताका कारण राजधानी जाने टिकट पाउनका लागि हप्तौं कुनुपर्ने बाध्यता थियो । समयमा उडान नहुँदा कयौं विरामीले अकालमै मृत्युको शिकार बन्नुपरेको थियो भने कतिले लाखौं खर्चेर हेलिकप्ट चार्टर गर्नुको अर्को विकल्प थिएन । कहिलेकाही अवतरण हुनै लागेको हवाईजहाज पनि विमानस्थल हिलाम्मे देखेपछि पुनः काठमाडौ नै फर्कनुपरेको थियो । यसबाट हवाईयात्रु र स्वयं हवाईकम्पनीहरुले समेत ठूलै घाटा व्यहोर्नु परेको थियो । 
विमानस्थल कालोपत्रे नहुँदा झेल्नुपरेका यस्ता समस्याहरु अब दोहोरिने छैनन् । बर्षौ लामो समयदेखि झेल्दै आएको दुःख अब सदाका लागि बिसाउन पाइनेछ सोलुखुम्बुबासीको अपेक्षा यही हो ।

सम्भावनाहरु
सडक यातायातसँग राजधानी काठमाडौ र सोलुखुम्बुको साईनो त्यत्ति नजिक छैन । केही बर्ष पहिले नै सदरमुकामसम्म मोटरबाटो पुगेको भएपनि हालसम्म पनि मौसमी सडकमा सीमित छ । बर्षा यामको शुरुवात सँगै बन्द हुने मोटरबाटोले सोलुखुम्बुबासीलाई सुविधा नभई सास्ती दिईरहन्छ । यीनै कारणले सोलुखुम्बुबासीका लागि हवाई यातायात नै भरपर्दो यातायातको साधन हो । 
फाप्लु विमानस्थलमा कालोपत्रे भएपछि विमान हवाई कम्पनीहरुले उडान भर्नेछन् । सीमित हवाई उडानमा मात्र भर पर्दै आएका सोलुखुम्बुबासीले एउटा टिकट पाउनकै लागि हप्तौं कुनुपर्ने समस्याबाट मुक्ति पाउनेछन् ।
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लामा अवस्थित तेञ्जिङ हिलारी विमानस्थलको विकल्पमा फाप्लु विमानस्थल प्रयोगमा आउने सम्भावना उत्तिकै प्रबल छ । लुक्ला विमानस्थल आफैमा जोखिमपूर्ण विमानस्थलको रुपमा संसारभर परिचित छ र बेला बेलामा हुने हवाई दुर्घटनाले पनि लुक्ला विमानस्थल हवाईजहाज अवतरणका लागि जोखिमपूर्ण एयरपोर्ट हो भन्ने प्रमाणित भईसकेको छ । यस्तो अवस्थामा जोखिम मोल्न नसक्ने कयौं पर्यटकहरु फाप्लु सम्म गएर त्यहाँबाट पैदल यात्रा गर्नेछन् । यसबाट लुक्ला विमानस्थलमा भएको हवाईयात्रुको चापलाई घटाउन मद्दत मिल्ने मात्र होइन, फाप्लुदेखि लुक्लासम्मको पदमार्गमा पर्ने फेरा, टाक्सिन्दु, नुनथला, जुभिङ, खरीखोला, पैया, सुर्के लगायतमा स्थानका होटलहरु समेत सन्चालनमा आउनेछन् । यसबाट सयौं होटल व्यवसायीहरु लाभन्वित हुनेछन् । 
अर्कोतिर सोलुखुम्बुको सदरमुकाम आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको समेत प्रवद्र्धन हुन गई स्थानीय व्यक्ति लाभन्वित हुनेछन् । तामाखानीको ज्वालामाई देवी मन्दिर र रातनाङ्गे डाँडाको महत्व दर्शाउन सकेको खण्डमा राजधानी लगायत अन्य जिल्लाका मानिसहरुलाई सोलुखुम्बुको सदरमुकाम सम्म तान्न सकिनेछ । 
त्रिभुवन विमानस्थल काठमाडौबाट जहाजमा आधा घण्टाको यात्रा पछि फाप्लु पुगिन्छ । त्यहाँबाट २ वा ३ घण्टाको पैदलयात्रा पछि रातनाङ्गे पुग्न सकिन्छ जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत महालंगुर हिमश्रृंखलालाई नजिकैबाट नियाल्न सकिन्छ । यस्तै फाप्लुबाट उत्ति नै समय लगाएर तामाखानीमा रहेको ज्वालामाई देवीको मन्दिरको दर्शन गर्न सक्नुहुनेछ जहाँको भाकल पूरा गरेमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।