Skip to main content

वाइफाइको तरंगले क्यान्सर !


एक विवादास्पद अध्ययनले वाइफाइ इन्टरनेट बालबालिकाको स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बालबालिकालाई वाइफाइको प्रयोगमा सीमा लगाउन अभिभावकहरुलाई आह्वान गरेको छ ।

जर्नल अफ माइक्रोस्कोपी एण्ड अल्ट्रास्ट्रक्चरमा छापिएको शोध रिपोर्टका अनुसार बालबालिकाको सरीरले वाइफाइका विकिरण बढि सोस्ने भएकाले त्यस्तो विकिरणले उनीहरुको सरीरमा हानी गर्दछ । वाइफाइ विकिरण सोस्ने मामिलामा वयस्कको सरीरभन्दा बालबालिकाको सरीर भनि संवेदनशील रहेको र गर्भको भ्रुणमा वाइफाइको विकिरण अझै जोखिमपूर्ण रहेको शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुले वाइफाइ विकिरणले गर्भको शिशुलाई असर गर्ने भएकाले गोजीमा वाइफाइ युक्त मोबाइल फोन नबोक्न समेत महिलाहरुलाई आग्रह गरेका छन् ।
बालबालिकाको मस्तिष्कको तन्तुहरुको सोस्ने क्षमता बढि हुने, खप्परको हड्डी पातलो हुने र सानो हुने भएकाले बालबालिकाहरुले वाइफाई विकिरण बढि सोस्ने भन्दै शोधकर्ताहरुले वायरलेस डिभाइसबाट उत्पन्न हुने वाइफाइ विकिरणले बालबालिकको सरीरमा क्यान्सर समेत उत्पन्न गराउन सक्ने जोखिम रहेको बताएका छन् । उनीहरुले वाइफाइ विकिरणलाई सम्भावित क्यान्सर गराउने तत्व अर्थात् कार्सिनोजेनको रुपमा लिएका छन् ।
शोधकर्ता तथा बाल स्नायु विशेषज्ञ डाक्टर माया शिटि्रट क्लेनले वायरलेस विकिरणले गर्भको शिशुको मस्तिष्कको विकाशलाई असर पूराउन सक्ने भएकाले गर्भवती महिलाहरु वाइफाइबाट बढि जोगिनुपर्ने बताइन् ।
विज्ञहरुका अनुसार वाइफाइ जस्तो रेडियो वेभ, बल्बहरुबाट आउने प्रकाश विकिरण, माइक्रोवेभ तथा मोबाइल फोनबाट उत्पन्न हुने विकिरण समेत यदि लामो समयसम्म तन्तुमा पर्नेहो भने त्यसले वयस्क मानिसको तन्तुको तापक्रम बढाएको पाइएको छ । कुनै बाह्य विकिरणले तन्तुको तापक्रम बढ्दा उक्त तन्तुमा नकारात्मक असर पुग्दछ ।
शोधकर्ताहरुले गर्भवती महिलाहरुलाई वायरलेस डिभाइसबाट उत्पन्न हुने तरंगबाट जोगिनका लागि जिउमा सकेसम्म मोबाइल बोकेर नहिड्न आग्रह गरेका छन् । त्यस्तै बालबालिकाहरुलाई समेत वायरलेस खेलौना सकेसम्म नखेलाउन र किशोर किशोरीहरुले आफ्नो गोजीमा मोबाइल फोन बोकेर नहिड्न आग्रह गरेका छन् ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।