Skip to main content

संविधान निर्माणको खर्चले के, के हुन सक्छ?

गएको ७ वर्षमा संविधानसभाको दुईवटा निर्वाचन र संविधान निर्माणको सिलसिलामा ‌औपचारिक आँकडा अनुसार २८ अर्ब रुपियाँ भन्दा बढी खर्च भइसकेको छ।
अनौपचारिक क्षेत्र र गैरसरकारी खर्च जोड्ने हो भने त्यो झण्डै दोब्बर हुन पुग्ने विज्ञहरुको अनुमान छ। करिब ५० अर्ब रुपियाँको रकम र सात वर्षको समय विकासका निम्ति संघर्षरत नेपाल जस्तो देशको निम्ति चानचुने होइन।
बेहिसाब
सार्वजनिक आँकडा अनुसार पहिलो संविधानसभा चुनावताका झण्डै ८ अर्ब रुपियाँ खर्च भएको थियो भने दोस्रो चुनावमा करिब १६ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको थियो।
पहिलो संविधानसभाको चार वर्षे कार्यकालमा सरकारी रकम ३ अर्बभन्दा बढी खर्च भएको अभिलेख छ। दोस्रो संविधानसभाको यकिन खर्च विवरण आउन बाँकी नै छ। तर वितेको एक वर्ष सम्ममा यसलाई १ अर्ब रुपियाँ जति बजेट उपलब्ध गराइएको बताइन्छ।
यी सरकारी बजेटमार्फत भए गरिएका खर्च बाहेक पनि थुप्रै अन्य बेहिसाब खर्च भएका छन्।
दातृ निकायले संविधान निर्माणका क्रममा दिएका सहयोग, विदेश भ्रमण, दलहरु स्वयं अनि उम्मेदवारहरुले चुनावमा गरेका खर्च जस्ता विविध रकमहरु जोड्ने हो भने कूल योगफलले ५० अर्ब रुपियाँ नाघ्ने बताइन्छ।
त्यति खर्च गर्दापनि हालसम्म देशले संविधान पाएको छैन।
लेखाजोखा
५० अर्ब रुपियाँले नेपालमा के के हुन सक्छ?
काठमाण्डौं उपत्यकामा निर्मित कोटेश्वरदेखि भक्तपुरसम्मको ६ लेनको बाटोलाई नेपालमा अहिलेसम्मकै सबभन्दा उत्तम र आकर्षक सडक मानिन्छ।
विज्ञहरु भन्छन् त्यस्तो स्तरको सडक बनाउन सालाखाला एक किलोमिटरको २८ करोड रुपियाँ पर्न आउँछ। अर्थात ५० अर्ब रुपियाँ भन्दा बढी खर्च गर्ने हो भने त्यस्तो गुणस्तरको सडक काठमाण्डौंबाट पोखरासम्म पुग्ने गरी अर्थात झण्डै दुई सय किलोमिटर बनाउन पुग्छ।
अहिले दैनिक ११ घण्टाको लोड शेडिंग देशमा छ।
प्रति सय मेगावाट जलविद्युत आयोजना बनाउन १५ देखि २० अर्ब रुपियाँ लाग्ने अनुमान गरिन्छ। बीसै अर्ब भन्ने हो भने पनि सात वर्षको अन्तरालमा कुलेखानी पहिलो र दोस्रो जलविद्युत आयोजना बराबरका दुई भन्दा बढी अर्थात २५० मेगावाटका आयोजना बनाउन सकिने सोझो हिसाब निस्कन्छ।
अझ भनौं काठमाण्डौंमा हालै उदघाटन गरिएको राष्ट्रिय ट्रमा सेन्टर अस्पताल बनाउन भारतले अढाई अर्बको सहयोग दिएको थियो। ५० अर्ब रुपियाँले त्यस्ता अस्पताल २० वटा जिल्लामा खोल्न पुग्छ।
नेपाल वायुसेवा निगमले एयरबसको ए ३२० को १६० यात्रु अटाउने दुईवटा विमान किन्न लागेको छ। लामो समयदेखि विमानको अभावमा निगम थिलथिलो भएको छ। निगमले नसकेपछि देशमा विदेशी विमान कम्पनीहरुको बोलबाला छ। राष्ट्रिय ध्वजाबाहकको अभावमा विशेषगरी वैदेशिक रोजगारमा जाने नेपाली युवाहरु महंगो टिकट किन्न वाध्य छन् भने प्रतिवर्ष दशौं करोड विदेशी मुद्रा विदेशिएको छ।
संविधानसभा
सत्तापक्ष र विपक्षबीच सहमति नभएपछि दोस्रो संविधानसभामा तोडफोड समेत भयो
यदि ५० अर्ब रुपियाँसंग तुलना गर्ने हो भने त्यति पैसाले निगमले किन्न लागेको जस्तो सात वटा विमान किन्न पुग्छ।
‘तुलना गर्न मिल्दैन’
पैसा बाहेक वितेको सात वर्षको समय झन् अमूल्य रहेको छ। विकासका गतिविधिमा लगाइन सकिने उक्त समय र उर्जा राजनीतिमै खर्च भएको कतिपयको दुखमनाउ छ।
तर कैयौंको धारणा के छ भने संविधान निर्माणको खर्चलाई अन्य विकास निर्माणका कामसंग तुलना गर्न नै मिल्दैन।
राजनीतिक हक अधिकार र युगीन परिवर्तन संस्थागत गर्ने संविधान निर्माणको प्रयासले केही बढी समय लिएपनि त्यसले सुन्दर र सम्पन्न नेपालको भविष्यको गोरेटो कोर्ने उनीहरु ठान्छन्।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।