Skip to main content

सोलुखुम्बुमा बिजुली फालाफाल

देशका अन्यत्र विद्युतको चरम अभाव छ तर सोलुखुम्बुमा भने उत्पादन भएको धेरै विद्युत उपभोग हुन सकेको छैन ।
सदरमुकाम दूधकुण्ड नगरपालिका तथा पर्यटकीय बजार नाम्चेमा उत्पादन गरिएको विद्युत र दुर्गम गाउँहरुमा लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत त्यत्तिकै खेर गइरहेको गोरखापत्रमा खबर छ ।
सल्लेरी च्याल्सा जलविद्युत कम्पनी प्रालिका निमित्त महाप्रवन्धक रामेश्वर मास्केका अनुसार कम्पनीबाट उत्पादन भएको ६ सय ५० किलोवाट विद्युत मध्ये बिहान ६ देखि ९ र साँझ ६ देखि ९ बजेसम्मबाहेक अन्य समयमा मुश्किलले दुई सय ८० किलोवाट विद्युत खपत हुन्छ । यस अनुसार दैनिक १८ घण्टा यहाँको तीन सय ७० किलोवाट विद्युतलाई उपभोग गर्न सकिएको छैन ।
त्यस्तै, ६ सय ३० किलोवाट क्षमताको खुम्बु कम्पनीबाट उत्पादन भएको विद्युत पर्यटक आउने मुख्य समय ६ महिना ‘पिक आवर’ बाहेकको समयमा बढीमा ५० प्रतिशत मात्र उपभोग हुन्छ । पर्यटक कम आउने समयमा अत्यन्त कम मात्र विद्युत उपयोग हुने खुम्बु विद्युत कम्पनीका लेखा अधिकृत पेम्बा शेर्पा बताउँछन् । नाम्चेमा उत्पादन हुने ठूलो मात्राको विद्युत पनि खेर गइरहेको छ ।
उता, ग्रामीण वस्तीहरुमा उत्पादन भइरहेको विद्युत पनि पूर्णतया उपभोग भएको छैन । ४२ किलोवाट क्षमता भएको फुलवात्तीखोला लघु जलविद्युत आयोजना, छेस्कामबाट उत्पादन भइरहेको विद्युत मुश्किलले १६ किलोवाट उपयोग हुने गरेकिो छ ।
त्यस्तै, ८८ किलोवाट क्षमताको भुवाखोला जलविद्युत आयोजना, बुङको विद्युत २२ किलोवाट जति मात्र प्रयोगमा आएको छ ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका २० भन्दा बढी लघु जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत पनि ठूलो मात्रामा खेर गइरहेको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।