Skip to main content

तपाई विश्वकै सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ ।

अष्ट्रेलिया, माघ ४ - तपाई नेपालमा बसोबास गर्नुहुन्छ ? यदी हो भने तपाई विश्वकै सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ । हाम्रै छिमेकी देश भारत भने विश्वको सबैभन्दा सस्तो मुलुकमा दरिएको छ । जसको उपभोक्ता मूल्य सुचकांक नेपालको भन्दा २ अंकले कम देखिएको छ ।
मुभहब नामक संस्थाले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत पहिलो र नेपाल दोस्रो बनेका छन भने सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र नर्वे क्रमश पहिलो र दोस्रो स्थानमा परेका छन् । उक्त संस्थाले उपभोक्ता मुल्य सुचकांककालई आधार मानेर बिभिन्न देशहरुको खर्चको तुलना गरेर उक्त सुची सार्वजनिक गरेको बताएको छ । जसमा उसले खाद्यान्न, यातायात, रेष्टुरेन्ट र युटिलिटीलाई लिएको छ । जुन तथ्याँक नुम्बियोको ग्लोबल मुल्य डाटाबेसबाट लिइएको हो ।

उक्त संस्थाले खाद्यान्न तर्फ मासु, ब्रेड, चामल, अण्डा, फलफूल, सागपात र रक्सीलाई लिएको छ भने यातायात तर्फ एकोहोरो टिकट, मासिक टिकट पास, ट्याक्सी भाडा, पेट्रोल मुल्य र भोक्सवागन गल्फ नामक कारलाई सुचक मानेको छ । यसैगरि रेष्टुरेन्ट अन्तरगत महङ्गा, कम महङ्गा र सस्ता होटलमा पाईने खानाको मुल्य, कफि, रक्सी र पानीलाई लिएको छ भने युटिलिटी अन्तरगत बिजुली, पानी, इन्टरनेट खर्चलाई लिइएको छ ।

उक्त संस्थाले अमेरिकाको न्युयोर्क शहरमा रहेको मुल्यलाई अन्य स्थानमा उपलब्द्ध भएका मुल्यसँग तुलना गरेर यो नतिजा सार्वजनिक गरेको हो । विश्वका १ सय १९ देशको खर्चसँग तुलना गरेर उक्त नतिजा निकालिएको हो । विश्वका सस्ता मुलुकहरुमध्ये नेपाल र भारत बाहेक तेस्रो स्थानमा पाकिस्तान, चौथोमा ट्युनिसिया र पाँचौमा अल्जेरिया रहेका छन् । यसैगरि क्रमश छैटौदेखि दशौंसम्म मोल्डोभा, इजिप्ट, मेसोडोनिया, सिरीया र कोलम्बिया रहेका छन् ।

उक्त संस्थाको तथ्याँक अनुसार विश्वका महङ्गा देशहरुमा स्वीजरल्याण्ड र नर्वेबाहेक तेस्रो, चौथो र पाँचौमा क्रमशः भेनेजुएला, आइसल्याण्ड र डेनमार्क परेका छन भने अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापोर, कुवेत र युनाईटेड किङ्गडम -बेलायत) क्रमश छैटौंदेखि दशौं स्थानमा परेका छन् । मुभहबले सार्वजनिक गरेको यो तथ्यांकमा बासस्थान, लुगाकपडा र शिक्षाको खर्च भने समावेश गरिएको छैन् । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।