Skip to main content

Posts

Showing posts from July, 2017

यो पढेपछि बाँचुञ्जेल बन्दा कहिल्यै भुल्नु हुने छैन

यस्ता छन बन्दा खानुका ८ फाइदा बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । जानौं बन्दा सेवनबाट हुने फाइदा : कब्जियतबाट छुटकारा बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । पेटका लागि उपयोगी ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । भिटामिन युको यु अक्षर ल्याटिन भाषाको शब्द युलसबाट लिइएको हो, जसको अर्थ हुन्छ अल्सर । नियमित रुपमा बिहान र बेलुकी एक–एक कप ताजा बन्दाको रस पिउनाले अल्सरको समस्यामा समेत लाभ हुन्छ । पिसाबसंबन्धी समस्यामा बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसा...

खोरियामा ५ करोडको मोटरेबल पुल

सोलुखुम्बुको खोरीयामा बन्न लागेको पुलको नक्सा । तस्बिर : राधा ढुंगाना सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खोरिया जोड्नका लागि सोलुखोलामा मोटरेबल पुल निर्माण गरिने भएको छ । सदरमुकामसँग जोड्न सोलुखोलामा मोटरेबल पुल निर्माणका लागि सोलु दुधकुण्ड नगरपालिकाको पहलमा नगरपालिका, जिल्ला समन्वय समिति र अपर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनी विच त्रिपक्षिय सम्झौता भएको छ ।  कुल ५ करोड १ लाख ६३ हजार ८ सय २८ रुपैयाँको लागतमा बन्ने पक्की पुलका लागि अपर सोलुले २ करोड ५५ लाख ३८ हजार ३ सय ८६, जिल्ला समन्वय समितिले १ करोड ६९ लाख ५० हजार र नगरपालिकाले ७६ लाख ७५ हजार ४ सय ४१ रुपैँया साझेदारीमा लगानी गर्ने भएको हो ।  जलविद्युत आयोजनाले अतिप्रभावित क्षेत्र भएकाले सामाजिक उत्तरदायित्व स्वरुप पुल निर्माणमा साझेदारी गर्न लागेको हो । २०७५ साल माघ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट मेयर नाम्गेल जाङ्बु शेर्पा, जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद सापकोटा र अपर हाईड्रोका साईड प्रमुख मार्कण्ये न्यौपानेले हस्ताक्षर गरेका छन...

आ.व. २०७३/७४ मा सोलुखुम्बुमा २० करोड राजस्व संकलन

अघिल्लो आर्थिक बर्षको तुलनामा ८५ लाख बढी राजश्व संकलन  सुमन श्रेष्ठ/४ साउन, सोलुखुम्बु - सोलुखुम्बु जिल्लावाट गत आर्थिक बर्षमा २० करोड भन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला स्थित बिभिन्न कार्यालयवाट यो परिणाममा राजश्व संकलन भएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका अनुसार आर्थिक बर्ष २०७३/७४ मा २० करोड ७१ लाख २५ हजार ६२४ रुपैयाँ राजश्व संकलन भएको छ ।   सबै भन्दा बढि खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ । गत आर्थिक बर्षमा राष्ट्रिय वाणिज्य बैँक सल्लेरी शाखामा ७ करोड २ लाख ९१ हजार १२५ नाम्चे शाखामा १३ करोड ३७ लाख ६० हजार ९७२ र लुक्ला शाखामा ३० लाख ७३ हजार ५२६ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।  अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लामा १९ करोड ८३ लाख ४ हजार ५३३ रुपैयाँ राजश्व संकलन भएको थियो । यस बर्ष ८५ लाख २१ हजार ९१ रुपैँया १४ पैसा बढेको पाइएको छ । 

सोलुखुम्बुमा २.५९ प्रतिशत मत बदर

सोलुखुम्बु— दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुमा खसेको मतको २.५९ प्रतिशत मत बदर भएको छ। ४१ हजार १ सय ७१ खसेको मत मध्येवाट कुल एक हजार ६७ मत बदर भएको हो । सोलुखुम्बुमा जम्मा ६१ हजार ७ सय ४६ मतदाता रहका थिए। लिखुपिके गाउँपालिकामा १३४ मत बदर भएको छ । त्यस्तै खुम्बुपासाङ ल्हमू गाउँपालिकामा ४३ मत, बदर भएको निर्वाचन कार्यलय सोलुखुम्बुले जनाएको छ । दुधकौशीका गाउँपालीकामा १२१ मत, दुधकोशी गाउँपालिकामा ११६, नेचासल्यान गाउँपालिकामा १३३, सोताङ गाउँपालिकामा ९३ मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिए । त्यस्तै, महाकुलुङ गाउँपालिकामा ११७ मत र सोलुदुधकुण्ड नगरपालिकामा २१० मत बदर भएको छ । बदर मतलाई तुलना गर्दा सबैभन्दा बढि मतदाता रहेको दुधकौशीका गाउँपालिकामा सबैभन्दा बढि २२१ मत बदर भएको निर्वाचन कार्यलय प्रमुख खिमादेवि लङवाले जानकारी दिईन् । उनी भन्छीन, हामीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन त निकै प्रयास गरेका थियौँ, ‘छोटो समयमा प्रभावकारी मतदाता शिक्षा प्रभावकारी भएरै होला तुलनात्मक रुपमा सोलुखुम्बुमा मत बदर कम नै भयो ।’   ११ ...

मतदाता नामावलीमा नाम छैन ? सदरमुकाम जानुस्

१ साउन, काठमाडौं । निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्ने भएको छ । आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ । यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन । आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोच...

दुःखद खव

सल्लेरीमा दमकल ल्याई उद्धाटन गरे लगतै फाप्लु बागबानी नजिकै एक घर झलेर नष्ट।

३१ बर्षदेखि लास जलाउँदैआएका घाटेको अनुभवः धनीको भन्दा गरिबको लास पोल्नु ठीक !

काठमाडाैं, असार २२ । आर्यघाट आफैँमा रहस्यमयी ‘लोकेसन’ हो । आर्यघाटमा हरेक दिन उस्तै शैलीमा लास जलाउने ‘घाटे’हरु को जीवन झनै रहस्यमयी हुन्छ । उनीहरुको पेशा नै लास जलाउने हो । पशुपतिनाथ मन्दिरतिर घुम्न जाने आम मान्छेलाई त्यस्ता ‘घाटे’हरुको दिनचर्या देख्दा लाग्छ, ‘मान्छे जलाउँदा जलाउँदै तिनीहरु यति रुखो भइसके की, अब रुन पनि बिर्सिसके ।’ तर त्यस्तो मात्रै हैन । दिनरात नभनी मरेका मान्छेहरु जलाउने जिम्मा लिएकाहरुलाई पनि आफ्नै दुख छ । उनीहरुको पनि भावना उस्तै छ, जस्तो आम मानिसको हुन्छ । पशुपति आर्यघाटमा सम्भवतः सबैभन्दा धेरै ३१ बर्षदेखि लास जलाउँदै बिताएका ६७ बर्षे ज्ञानबहादुरको दुखेसो उनकै शब्दमा : मैले यही ठाउँमा लास पोल्ने काम गरेको ३१ बर्ष भयो । दुनियाले थुक्छन्, हेला गर्छन् । कस्तो घिनलाग्दो काम भन्छन् । कसैले अहो ! कस्तो राम्रो स्वर्ग तार्ने काम भनेर प्रशंसा पनि गर्छन् । कसको कुरा सुन्ने कसको नसुन्ने ! अन्तरवार्ता लिन भन्दै कति च्यानलहरु आए । अन्तरवार्ता दिइयो, ‘अहो ! घाटे बाहुन त हाँस्दै मुर्दा पोल्दो रैछ’ पनि भन्छन् । म पनि रहरले यस्तो काम गरेको ...

The Old Man and the Road

Five decades ago, a young Pasang Sherpa  reached Lukla airport. He was glad to find work there as a trekking guide. But the foreigners whom he met were not all praise. They  had their complaints. The trekking routes were like death traps. They would take forever passing through the narrow pathways. They hardly ever smiled. That touched Pasang to the quick and it got him thinking. He helt further prodded when the tourists told him that what the place needed was a road. If someone took the initiative for that, whoever came passing through  would gladly donate some money, they said.   Pasang wanted to see the visitors more happy. He wanted to improve things. That way the local folks would also have an easier time of it through the narrow mountain passages. Hapless souls  would not keep slipping off the cliffs, nor would their sheep. Pasang decided to take up the challenge. All by himself he was prepared to open up a road through that deadly stretc...

कांग्रेसको किल्ला तोड्दै नेचा–सल्यान गाउँपालिकामा एमालेका बास्तोला जिजयी

असार १८ । नेचा–सल्यान गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । एमालेका जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका डुफ बाँस्तोला अध्यक्ष विजयी भएका हुन् । कांग्रेसको किल्लाका रुपमा परिचित नेता–सल्यानमा बास्तोलाले कांग्रेसका धनजन राइलाई ४२ मत अन्तरले पराजित गरेका हुन् । बस्तोलाले १६ सय ९८ मत ल्याए भने कांग्रेसका राइले १६ सय ५६ मत ल्याए ।

विजय : दलित समुदायकै पहिलो सगरमाथा आरोही

दुधकुण्ड नगरपालिका ७, सोलुखुम्बुका विजय घिमिरेले यहि जुलाई २२ मा सगरमाथाको सफल आरोहण गर्नुभयो । करिव दश वर्षको आफ्नो सपना पुरा भएको बताउने घिमिरे ट्रयाक नेपालको सहयोगमा सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन क्षेत्रमा लागे पछि आफ्नो इच्छा तथा चाहानालाई फराकिलो पार्दै सगरमाथाको चुचुरोमा पुग्ने उहाँको इच्छा पुरा गरेर काठमाडौ फर्किएपछि उहाँसँग पत्रकार ओम विक्रम लम्सालले भट्नुभएको थियो । उहाँसँग गरिएको कुराकानी जस्ताको त्यस्तै : सगरमाथाको सफल आरोहण कहिले गर्नुभयो ? मैले जुलाई २२ तारिखको विहान ५ बजेर ५ मिनेट जाँदा आरोहण सम्पन्न गरेको हुँ । ग्रुपमा को को हुनुहुन्थयो ? हामी छ जना थियौ । म थिए, चार जना शेर्पा दाईहरु हुनुहुन्थ्यो र एक जना अल्वानियको केटि साथी हुनुहुन्थ्यो । कुन चाँहि संस्थाको सहयोगमा चढ्नुभयो सगरमाथा ? मलाई चाँहि ट्रयाक नेपाल नामक संस्थाले सहयोग गरेको हो । त्यस कम्पनीको सागर पौडेल, बाबुराम दाई, कुमार दाई, उहाहरुबाट ठुलो सहयोग थियो त्यस कारणले नै दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्न म सफल भएका छु । मलाई के लाग्छ भने उहाँहरु हुनुहुन्न थियो भने दलित समुदा...

अब वडा कार्यालयमा पाइने सुबिधाहरु: जानकारी सक्दो शेयर गरिदिनुहोला

यी हुन् वडा कार्यालयमा पाइने सुबिधाहरु काठमाडौं । नयाँ संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि सेवाग्राहीहरु अन्योलमा परेका छन् । विशेष गरी गाउँ पालिकाको नयाँ व्यवस्थासँगै गाविसबाट हुँदै आएको काम कारबाही र उपलब्ध सेवा बारे नागरिकमा अन्योल बढेको हो । नयाँ व्यवस्थाअनुसार गाविसले पहिले प्रदान गर्दै आएको सेवा अब गाउँपालिकाको वडाबाट उपलब्ध हुनेछ । अब वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः १) नाता प्रमाणित, २) नागरिकता र प्रतिलिपी सिफारिस, ३) घर बहाल कर शिफारिस, ४) मोहि लगत कत्ता शिफारिस, ५) घर जग्गा कर, ६) जन्ममिति प्रमाणित, ७) व्यापार व्यवसाय खोलेको बन्द गरेको, ८) मिलापत्र, ९) विवाहित अविवाहित, १०) निशुल्क उपचार सिफारिस, ११) अङ्ग्रेजी भाषामा सिफारिस, १२) घर जग्गा प्रमाणित, १३) व्यक्तिगत प्रमाणित, १४) घरपुर्जा प्रमाणित, १५) पुर्जा हराएमा प्रमाणित, १६) कित्ताकाट सिफारिस, १७) नामथर जन्म मिति संशोधन, १८) मृत्युु दर्ता, हकदार नामसारी, १९) उद्योग नामसारी, ठाँउसारी, २०) ...