Skip to main content

यो पढेपछि बाँचुञ्जेल बन्दा कहिल्यै भुल्नु हुने छैन







यस्ता छन बन्दा खानुका ८ फाइदा
बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । जानौं बन्दा सेवनबाट हुने फाइदा :
कब्जियतबाट छुटकारा बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।
पेटका लागि उपयोगी ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । भिटामिन युको यु अक्षर ल्याटिन भाषाको शब्द युलसबाट लिइएको हो, जसको अर्थ हुन्छ अल्सर । नियमित रुपमा बिहान र बेलुकी एक–एक कप ताजा बन्दाको रस पिउनाले अल्सरको समस्यामा समेत लाभ हुन्छ ।
पिसाबसंबन्धी समस्यामा बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।
कोलेस्ट्रोल घटाउँछ दैनिक रुपमा बन्दा खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । वास्तवमा बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा ९एचडीएल० बढाउने र खराब कोलेस्ट्रोल घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।
खनिज र भिटामिन बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ । उता म्याग्नेसियमले मुटुको रोगबाट मुक्त गर्नुका साथै चिनि रोगबाट समेत बचाउँछ । बन्दामा एकदमै हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ ,जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।
तौल घटाउँछ त्यसो त सागपातको बढी उपभोग गर्दा तौल घटाउन सहयोग मिल्छ । तौल घटाउन सहयोग पु¥याउने सागसब्जीमध्येको महत्वपूर्ण सब्जी हो बन्दा । तसर्थ तौल घटाउन चाहनेका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँको शरिरलाई सन्तुष्टि पनि बनाउँछ जसका कारण तपाईँको तौल पनि घट्छ ।
क्यान्सरको खतरा घट्छ बन्दाको निरन्तर उपभोगले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरीे क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।
दृष्टिमा सुधार ल्याउँछ कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् । बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक हुन्छ । बन्दालाई पकाएर भन्दा काँचै खाँदा फाइदा हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुन्छ । यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ । बन्दालाई काटेर अन्य तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाए यसलाई राम्रोसँग पिसेर यसको जुस निकाल्न सकिन्छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।