Skip to main content

विजय : दलित समुदायकै पहिलो सगरमाथा आरोही

दुधकुण्ड नगरपालिका ७, सोलुखुम्बुका विजय घिमिरेले यहि जुलाई २२ मा सगरमाथाको सफल आरोहण गर्नुभयो । करिव दश वर्षको आफ्नो सपना पुरा भएको बताउने घिमिरे ट्रयाक नेपालको सहयोगमा सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन क्षेत्रमा लागे पछि आफ्नो इच्छा तथा चाहानालाई फराकिलो पार्दै सगरमाथाको चुचुरोमा पुग्ने उहाँको इच्छा पुरा गरेर काठमाडौ फर्किएपछि उहाँसँग पत्रकार ओम विक्रम लम्सालले भट्नुभएको थियो । उहाँसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :
सगरमाथाको सफल आरोहण कहिले गर्नुभयो ?
मैले जुलाई २२ तारिखको विहान ५ बजेर ५ मिनेट जाँदा आरोहण सम्पन्न गरेको हुँ ।
ग्रुपमा को को हुनुहुन्थयो ?
हामी छ जना थियौ । म थिए, चार जना शेर्पा दाईहरु हुनुहुन्थ्यो र एक जना अल्वानियको केटि साथी हुनुहुन्थ्यो ।
कुन चाँहि संस्थाको सहयोगमा चढ्नुभयो सगरमाथा ?
मलाई चाँहि ट्रयाक नेपाल नामक संस्थाले सहयोग गरेको हो । त्यस कम्पनीको सागर पौडेल, बाबुराम दाई, कुमार दाई, उहाहरुबाट ठुलो सहयोग थियो त्यस कारणले नै दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्न म सफल भएका छु । मलाई के लाग्छ भने उहाँहरु हुनुहुन्न थियो भने दलित समुदायबाट यसरी सगरमाथा आरोहण गर्ने हामीहरुको सपना पुरा हुदैनथ्यो होला । आज उहाँहरुको कारणले यो काम गर्न हामी सफल भएका छौ । मेरो ठुलो सपना पुरा भएको छ ।
ट्रयाक नेपालले के के सहयोग गर्यो र ?
अहिले सम्म हामीहरुलाई कुनै पनि कम्पनीले सहयोग गरेको थिएन । अहिले सम्म ६४÷६५ वर्ष भयो सगरमाथा आरोहणको क्रम चलेको तर कुनै पनि दलित समुदायका मानिसहरुले यो मौका पाएका थिएनन् । यदि मौका दिएका भए कोहि कोहि त चढ्थे होलानी । त्यो हुन सकेन । तर ट्रयाक नेपालले चाहिँ दलितहरुलाई पनि सगरमाथा चढाउनुपर्छ । उनिहरुलाई पनि मौका दिनुपर्छ भनेर यो जिम्मेवारी उहाँहरुले लिनुभयो । हामीलाई आवश्यक पर्ने सम्पुर्ण समाग्रीहरुको व्यवस्था
गरीदिनुभयो ।
तपाईको सगरमाथा चढ्ने योजना चाँहि कहिले देखिको हो ?
यो योजना त मेरो ५ वर्ष भयो । त्यो भन्दा पहिले पनि म ट्रकिङ कै क्षेत्रमा काम गर्थे । मैले पर्यटकको लागी किचनमा काम गर्थे । पछि पछि मलाई पनि सगरमाथा चढ्न मन लाग्न थाल्यो । वेसक्याम्पमा रहदाँ नै मलाई सगरमाथा चढ्ने तिव्र ईच्छा भएर आएको हो । तर मैले त्यो इच्छा २ वर्ष सम्म कसैलाई पनि भनिन् किनभने मलाई हाम्रो सपनाहरु पुरा हुदैन भन्ने लाग्थ्यो । प्रमुख समस्या पैसाको पनि थियो । ज्यान नै जोखिममा हालेर जानु पर्छ । कोहि कोहि गएका मान्छेहरु फर्किदैन थिए, त्यो देख्दा आट भने आउदैन थियो । धेरै जान्ने मानिसहरु पनि समस्यामा परेको देख्दा र नफर्केको समाचार आउदाँ मेरो मनबाट सगरमाथा चढ्ने सपना भाग्थ्यो । तर पछि के लाग्यो भने हाम्रो दलित समुदायबाट आज सम्म सगरमाथा चेढेका थिएनन् । त्यसैले पनि मैले सगरमाथा चढेर दलित समुदाय पनि कम छैनन् अवसर दिएमा सगरमाथा पनि चढ्न सक्छन् भन्ने सन्देश दिन पनि यो आरोहण सफलताका साथ सम्पन्न गर्नुपरेको थियो ।
दलित समुदायको हकहितको लागी धेरै संस्थाहरु छन्, के उनिहरुले सहयोग गरेनन् ?
जव मैले सगरमाथा चढने सोँच बनाए त्यति वेला मसँग जोश थियो, जाँगर थियो, आत्मविश्वस थियो, तर त्यतिवेला मसँग पैसा थिएन् । त्यतिवेला मैले धेरै दलितको हितमा काम गर्ने संस्थाहरु, एन.जि.ओ., आइ.एन.जि.ओहरुलाई भने, झक्झकाए । अव दलित समुदायका मानिसले पनि सगरमाथा चढ्नु पर्छ भनेर भने, तपाँईहरुले सहयोग गरीदिनु पर्यो भनेर पनि भन्यौ तर कुनै संस्थाबाट पनि एक रुपैया सहयोग भएन । सहयोग भयो भन्ने हो भने दलित कल्याण संघले पाँच हजार रुपैयाँ सहयोग गरेको छ । धेरै संस्थाहरुमा हामी सयाँै पटक गयौँ तर हामीलाई निराश बनाएन पठाउने काम भयो ।
पछि मैले काम गरेको संस्था ट्रयाक नेपालको सागर पौडेल दाईले मलाई यसै कम्पनीमा काम पनि गर्ने र सगरमाथा चढ्ने पनि भनेर यो अवसर दिनुभएको हो । साथै उहाँले मलाई धेरै आत्मविश्वास पनि दिनुभयो ।
तपाँईले अघि संस्थाहरुले सहयोग गरेनन् भन्नुभयो, अव के भन्न चाहानुहुन्छ ?
मैले मेरो सगरमाथा चढ्ने सपना त पुरा गरे । तर आर्थिक हैसियत राम्रो भएका संस्थाहरुले पनि सहयोग नगरेको देख्दा मन खिन्न भएर आउछ, त्यसैले राम्रो काम कसैले गर्न खोज्छ भने त्यसको मनोवल गिराउने काम भने गर्न भएन । पछि फेरी कोहि अरु राम्रो काम गर्न आउला उनिहरुलाई भने सहयोग गरोस संस्थाहरुले । यहा त संस्था खोल्ने मात्र काम भएको हो की जस्तो लाग्यो मलाई, दलितको लागी पनि बजेटहरु छुट्टिन्छ भनेको सुनेका छौ, खै त्यो बजेट कता जाँदो रहेछ थाहा भएन । एउटा कुरा के भने उदयपुरबाट भने मलाई राम्रो साथ र सहयोग मिलेको थियो ।
बुवा आमाले के भन्ने गुर्नहुन्थ्यो तपाईको सगरमाथा चढ्ने इच्छा देखेर ?
आमाले त कहिल्यै पनि सगरमाथा चढ्ने अनुमति दिनुभएन त्यहा पुगर फर्केर नआएका मानिसहरु कति थिए त्यसैले पनि आमाले सधै नजानको लागी नै भन्नुहुन्थ्यो । झन् म जान भन्दा पहिले त २१ जनाको मृत्यूको खवर आएको थियो । यसरी मृत्यूले पर्खिरहेको ठाउँमा कुन चाहिँ आमाले छोरालाई त्यहाँ जाने अनुमति दिनुहुन्छ होला ।
सगरमाथा चढेर आउदाँ भने बुवा आमाको खुशीको सिमा नै रहेन । मेरो नाम रह्यो त्यसमा भन्दा पनि आमा म सकुसल फर्केर आएकोमा बढि खुशी हुनुहुन्थ्यो ।
अवको योजना के छ ?
अव मैले सगरमाथा त चढेँ । सपना पुरा हुँदै जादाँ सपनाहरु फराकिलो पनि हुदैँ जाँदो रहेछ । अव मेरो पाकिस्तानको केतु हिमाल आरोहण गर्ने इच्छा छ । नेपाल मै रहेको आठ हजार मिटर भन्दा माथीका हिमालहरु पनि चढ्ने छु ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा के भन्न चाहान्छु भने, हाम्रो नेपालमा पर्यटनको विकास गर्नुपर्छ अवको मेरो योगदान पनि यसैमा रहनेछ । नेपालमा पर्यटक भित्राएर नै नेपालीलाई खान पुग्छ हाम्रो ध्यान यता तिर जानुपर्छ । सगरमाथा आरोहण सम्पन्न भएपछि, मैले गरेको संघर्षको फल अहिले पाएको हो कि जस्तो लाग्छ । यति नै भन्न चाहान्छु । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।