Skip to main content

खोरियामा ५ करोडको मोटरेबल पुल

सोलुखुम्बुको खोरीयामा बन्न लागेको पुलको नक्सा । तस्बिर : राधा ढुंगाना


सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खोरिया जोड्नका लागि सोलुखोलामा मोटरेबल पुल निर्माण गरिने भएको छ । सदरमुकामसँग जोड्न सोलुखोलामा मोटरेबल पुल निर्माणका लागि सोलु दुधकुण्ड नगरपालिकाको पहलमा नगरपालिका, जिल्ला समन्वय समिति र अपर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनी विच त्रिपक्षिय सम्झौता भएको छ । 

कुल ५ करोड १ लाख ६३ हजार ८ सय २८ रुपैयाँको लागतमा बन्ने पक्की पुलका लागि अपर सोलुले २ करोड ५५ लाख ३८ हजार ३ सय ८६, जिल्ला समन्वय समितिले १ करोड ६९ लाख ५० हजार र नगरपालिकाले ७६ लाख ७५ हजार ४ सय ४१ रुपैँया साझेदारीमा लगानी गर्ने भएको हो । 

जलविद्युत आयोजनाले अतिप्रभावित क्षेत्र भएकाले सामाजिक उत्तरदायित्व स्वरुप पुल निर्माणमा साझेदारी गर्न लागेको हो । २०७५ साल माघ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट मेयर नाम्गेल जाङ्बु शेर्पा, जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद सापकोटा र अपर हाईड्रोका साईड प्रमुख मार्कण्ये न्यौपानेले हस्ताक्षर गरेका छन् । नगरपालिका मेयर शेर्पाले भने, ‘मोटरेबल स्टिल पुलको बोलपत्र आव्हान गर्ने काम नगरपालिकाले गर्ने र समयमै निर्माण सम्पन्न गर्नका लागि पहलकदमी लिइने छ ।’ 

५० टन क्षमताको उक्त पुलको लम्बाई ३१.२ मिटर र चौडाई ५ मिटर रहने सम्झौंतापत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार पुल आगामी आर्थिक वर्षको मंसिरसम्ममा निर्माण सम्पन्न भइसक्ने पनि जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । यसअघि नै साल्मे खोलामा पक्की पुल निर्माण भई सञ्चालनमा रहेको छ भने बोल्दोखोलामा पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

खोरिया पुल निर्माण भएसँगै सदरमुकाम प्रवेशका लागि हालको साल्मे सिस्नेरी सडक खण्डको वैकल्पिक मार्गको रुपमा विकास हुनेछ । खोरियामा पुल बनेसँगै सल्लेरीबाट काठमाडाैं जानका लागि खोरिया–च्याङसर हुँदै सिधै बाघखोर निस्कन सकिन्छ । यो मार्ग हालको साल्मे सिस्नेरीका भन्दा ३ किलोमिटर छोटो हुनेछ भने केरुङ, गोरा र टाप्टिङका लागि सदरमुकाम जोड्ने मुख्य मार्ग हुने छ । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।