सोलुखुम्बु— दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुमा खसेको मतको २.५९ प्रतिशत मत बदर भएको छ। ४१ हजार १ सय ७१ खसेको मत मध्येवाट कुल एक हजार ६७ मत बदर भएको हो । सोलुखुम्बुमा जम्मा ६१ हजार ७ सय ४६ मतदाता रहका थिए।
लिखुपिके गाउँपालिकामा १३४ मत बदर भएको छ । त्यस्तै खुम्बुपासाङ ल्हमू गाउँपालिकामा ४३ मत, बदर भएको निर्वाचन कार्यलय सोलुखुम्बुले जनाएको छ । दुधकौशीका गाउँपालीकामा १२१ मत, दुधकोशी गाउँपालिकामा ११६, नेचासल्यान गाउँपालिकामा १३३, सोताङ गाउँपालिकामा ९३ मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिए । त्यस्तै, महाकुलुङ गाउँपालिकामा ११७ मत र सोलुदुधकुण्ड नगरपालिकामा २१० मत बदर भएको छ ।
बदर मतलाई तुलना गर्दा सबैभन्दा बढि मतदाता रहेको दुधकौशीका गाउँपालिकामा सबैभन्दा बढि २२१ मत बदर भएको निर्वाचन कार्यलय प्रमुख खिमादेवि लङवाले जानकारी दिईन् । उनी भन्छीन, हामीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन त निकै प्रयास गरेका थियौँ, ‘छोटो समयमा प्रभावकारी मतदाता शिक्षा प्रभावकारी भएरै होला तुलनात्मक रुपमा सोलुखुम्बुमा मत बदर कम नै भयो ।’
११ हजार ९७७ मतदाता रहेको सो गाउँपालिकामा ८ हजार ४ सय २० मत खसेको थियो । त्यस्तै, सबैभन्दा कम बदर मत खुम्बुपासाङल्हमू गाउँपालिकामा भएको छ । २ हजार ८ सय ५७ खसेको मतमा ४३ मात्र बदर भएको हो । सो गाउँपालिकामा ४ हजार ४ सय ४९ मतदाता रहेका थिए।
Comments
Post a Comment