अघिल्लो आर्थिक बर्षको तुलनामा ८५ लाख बढी राजश्व संकलन |
सुमन श्रेष्ठ/४ साउन, सोलुखुम्बु - सोलुखुम्बु जिल्लावाट गत आर्थिक बर्षमा २० करोड भन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला स्थित बिभिन्न कार्यालयवाट यो परिणाममा राजश्व संकलन भएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका अनुसार आर्थिक बर्ष २०७३/७४ मा २० करोड ७१ लाख २५ हजार ६२४ रुपैयाँ राजश्व संकलन भएको छ ।
सबै भन्दा बढि खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ । गत आर्थिक बर्षमा राष्ट्रिय वाणिज्य बैँक सल्लेरी शाखामा ७ करोड २ लाख ९१ हजार १२५ नाम्चे शाखामा १३ करोड ३७ लाख ६० हजार ९७२ र लुक्ला शाखामा ३० लाख ७३ हजार ५२६ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लामा १९ करोड ८३ लाख ४ हजार ५३३ रुपैयाँ राजश्व संकलन भएको थियो । यस बर्ष ८५ लाख २१ हजार ९१ रुपैँया १४ पैसा बढेको पाइएको छ।
Comments
Post a Comment