Skip to main content

सोलुखुम्बुमा सुरवीर र बलबहादुर भिड्दै


कार्तिक १६, २०७४-सुरवीर राई र बलबहादुर केसी, नाम सुन्दै बलियो र सुरो लाग्न सक्छ । आगामी निर्वाचनको संघीय प्रतिनिधिसभाका लागि यी दुइजना सोलुखुम्बुबाट भिड्दैछन् । सुरवीर राईको खास नाम हेमकुमार राई हो । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका उनी माओवादी नेता हुन् । बलबहादुर केसी काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री पनि हुन् । 

यी दुईको चुनावी भिडन्त पनि नामजस्तै रोचक हुने अनुमान गरिएको छ । प्राय: केन्द्रिय नेताहरु गृह जिल्ला बाहिर गएर पनि चुनाव लड्ने चलन छ । तर बलबहादुर केसी २५ वर्षदेखि सोलुखुम्बुबाटै उम्मेद्वार बन्ने गरेका छन् । ०६४ मा माओवादीका गोपाल किरातीसँग पराजित भएपनि ०७० को संविधानसभामा सभासद निर्वाचित भएपछि बलबहादुर पुरानै लयमा फर्किएका थिए ।

स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धन काँग्रेसभन्दा बलियो देखिएका छन् । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये दुधकुण्ड नगरपालिकामा मात्र प्रमुुख पदमा कांग्रेस विजयी भएका थिए । अन्य तीन स्थानीय तहमा माओवादी र चार स्थानीय तह एमालेको पोल्टामा परेको थियो । एमाले र माओवादी दुवैको मत बाँडिएन भने वामले जित्ने प्रबल सम्भावना रहन्छ ।

विगतलाई हेर्ने हो भने चाँही काँग्रेस कमजोर देखिँदैन । ०४८ देखि ०७० सम्म पाँच पटक चुनाव लडेर चार पटक बलबहादुरले चुनाव जितिसकेको इतिहास छ । उनी अहिले छैटौँ पटक चुनाव लड्दै छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको आन्तरिक कलह र टिकट वितरण नमिल्दा हार व्यहोर्नु परेको कांग्रेसको भनाई छ । 

‘तुलना गरेर हेर्ने हो उम्मेद्वारको हिसाबले सोलुखुम्बुमा सुरवीर भन्दा बलबहादुर बलिया देखिन्छन्’, जिल्लाका काँग्रेस निकट एक पत्रकारले भने, ‘किनभने कांग्रेसको जिल्ला कार्यसमिति भित्र देखिएको विवाद केसीले मिलाईसकेका छन् । असन्तुष्ट नेताहरुलाई प्रदेशसभामा टिकट दिएपछि सबैले चित्त बुझाएका छन् ।’ यसअघि जहिल्यै केसीसँग असन्तुष्ट भएका काँग्रेसका जिल्ला सभापति आङगेलु शेर्पालाई नै प्रदेशसभाको टिकट दिएपछि अन्तर्घात कम हुने अनुमान गरिएको छ । 

वाम गठबन्धनका सुरवीर राई माओवादीका पूर्व लडाकु हुन् । यी दुईको झनै अर्को संयोग मिलेको छ । बलबहादुर र सुरवीर एउटै गाउँपालिका नेचासल्यानका हुन् । नेचाका सुरवीर हुन् भने सल्यानका बलबहादुर । बलबहादुरसँग जिल्लाका धेरै जनता स्थानीय तह पुर्नसंरचनाको बेलादेखि असन्तुष्ट छन् । कतिपय गाउँपालिका नामाकरणमा बलबहादुरले हस्तक्षेप गरेको आरोप छ । 

आफ्नै गाउँपालिकामा पर्ने साविकका तिङलाबासी समेत बलबहादुरकै विरुद्धमा छन् । अझ काँग्रेसको बलियो पकड रहेको भनिएको तिङलाले फेरी ‘नो भोट’ अभियानलाई निरन्तरता दिँदा केसीकै मत काटिने वाम निकट नेताहरुको भनाई छ । सोलखुम्बुमा जम्मा ६९ हजार ४ सय ११ मतदाता रहेका छन् । प्रदेशसभाका लागि भने वाम गठबन्धनको तर्फबाट दुवै क्षेत्रमा एमालेका उम्मेद्वार छन् । निर्वाचन क्षेत्र ‘क’ मा उत्तमकुमार बस्नेत र ‘ख’ मा बुद्धिकुमार राजभण्डारी छन् । त्यसैगरि काँग्रेसको तर्फबाट निर्वाचन क्षेत्र ‘क’ मा प्रकाशसिंह कार्की र ‘ख’ मा आङगेलु शेर्पा छन् ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an