Skip to main content

सोलुखुम्बुमा सुरवीर र बलबहादुर भिड्दै


कार्तिक १६, २०७४-सुरवीर राई र बलबहादुर केसी, नाम सुन्दै बलियो र सुरो लाग्न सक्छ । आगामी निर्वाचनको संघीय प्रतिनिधिसभाका लागि यी दुइजना सोलुखुम्बुबाट भिड्दैछन् । सुरवीर राईको खास नाम हेमकुमार राई हो । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका उनी माओवादी नेता हुन् । बलबहादुर केसी काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री पनि हुन् । 

यी दुईको चुनावी भिडन्त पनि नामजस्तै रोचक हुने अनुमान गरिएको छ । प्राय: केन्द्रिय नेताहरु गृह जिल्ला बाहिर गएर पनि चुनाव लड्ने चलन छ । तर बलबहादुर केसी २५ वर्षदेखि सोलुखुम्बुबाटै उम्मेद्वार बन्ने गरेका छन् । ०६४ मा माओवादीका गोपाल किरातीसँग पराजित भएपनि ०७० को संविधानसभामा सभासद निर्वाचित भएपछि बलबहादुर पुरानै लयमा फर्किएका थिए ।

स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धन काँग्रेसभन्दा बलियो देखिएका छन् । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये दुधकुण्ड नगरपालिकामा मात्र प्रमुुख पदमा कांग्रेस विजयी भएका थिए । अन्य तीन स्थानीय तहमा माओवादी र चार स्थानीय तह एमालेको पोल्टामा परेको थियो । एमाले र माओवादी दुवैको मत बाँडिएन भने वामले जित्ने प्रबल सम्भावना रहन्छ ।

विगतलाई हेर्ने हो भने चाँही काँग्रेस कमजोर देखिँदैन । ०४८ देखि ०७० सम्म पाँच पटक चुनाव लडेर चार पटक बलबहादुरले चुनाव जितिसकेको इतिहास छ । उनी अहिले छैटौँ पटक चुनाव लड्दै छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको आन्तरिक कलह र टिकट वितरण नमिल्दा हार व्यहोर्नु परेको कांग्रेसको भनाई छ । 

‘तुलना गरेर हेर्ने हो उम्मेद्वारको हिसाबले सोलुखुम्बुमा सुरवीर भन्दा बलबहादुर बलिया देखिन्छन्’, जिल्लाका काँग्रेस निकट एक पत्रकारले भने, ‘किनभने कांग्रेसको जिल्ला कार्यसमिति भित्र देखिएको विवाद केसीले मिलाईसकेका छन् । असन्तुष्ट नेताहरुलाई प्रदेशसभामा टिकट दिएपछि सबैले चित्त बुझाएका छन् ।’ यसअघि जहिल्यै केसीसँग असन्तुष्ट भएका काँग्रेसका जिल्ला सभापति आङगेलु शेर्पालाई नै प्रदेशसभाको टिकट दिएपछि अन्तर्घात कम हुने अनुमान गरिएको छ । 

वाम गठबन्धनका सुरवीर राई माओवादीका पूर्व लडाकु हुन् । यी दुईको झनै अर्को संयोग मिलेको छ । बलबहादुर र सुरवीर एउटै गाउँपालिका नेचासल्यानका हुन् । नेचाका सुरवीर हुन् भने सल्यानका बलबहादुर । बलबहादुरसँग जिल्लाका धेरै जनता स्थानीय तह पुर्नसंरचनाको बेलादेखि असन्तुष्ट छन् । कतिपय गाउँपालिका नामाकरणमा बलबहादुरले हस्तक्षेप गरेको आरोप छ । 

आफ्नै गाउँपालिकामा पर्ने साविकका तिङलाबासी समेत बलबहादुरकै विरुद्धमा छन् । अझ काँग्रेसको बलियो पकड रहेको भनिएको तिङलाले फेरी ‘नो भोट’ अभियानलाई निरन्तरता दिँदा केसीकै मत काटिने वाम निकट नेताहरुको भनाई छ । सोलखुम्बुमा जम्मा ६९ हजार ४ सय ११ मतदाता रहेका छन् । प्रदेशसभाका लागि भने वाम गठबन्धनको तर्फबाट दुवै क्षेत्रमा एमालेका उम्मेद्वार छन् । निर्वाचन क्षेत्र ‘क’ मा उत्तमकुमार बस्नेत र ‘ख’ मा बुद्धिकुमार राजभण्डारी छन् । त्यसैगरि काँग्रेसको तर्फबाट निर्वाचन क्षेत्र ‘क’ मा प्रकाशसिंह कार्की र ‘ख’ मा आङगेलु शेर्पा छन् ।


Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।