Skip to main content

बलबहादुर केसी सोताङमा लखेटिए

चुनावी कार्यक्रम रोक्न खोजेको बाम गठबन्धनको आरोप, केसी भन्छन् ‘मलाई नसोध्नुस्’

x19369883_10210023966418837_1891388926_n.jpg.pagespeed.ic.VYDVhn6R5v
सोलुखुम्बु, २४ कात्तिक । नेपाली कांग्रेस सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसी आफ्नै गृहजिल्लामा लखेटिएका छन् । चुनावी प्रचारप्रसार अभियानको क्रममा रहेका केसीलाई बाम गठबन्धनका कार्यकताबाट शुक्रबार विहान सोताङमा लखेटिएका हुन् ।
शुक्रबार सोताङमा बाम गठबन्धनको चुनावी कार्यक्रम हुदैछ । उक्त कार्यक्रमको लागि बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई, समानुपातिक उम्मेद्धार सोनाम शेर्पा, चुनाव परिचालन समितिका संयोजक मानबीर राईलगायत सोताङमा छन् । केसी पनि महाकुलुङ तर्फको कार्यक्रम सकेर सोताङ आइपुगेका थिए । सोही क्रममा विहिबार नै केसीको कार्यकर्ता र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो ।
केसीका कार्यकर्ताहरुले विहिबार राती बाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको बताइएको छ । अन्तिममा केसीका कार्यकर्ताहरु भागेपछि स्थिति साम्य भएको थियो ।
पुनः शुक्रबार विहानै दुई पक्षबीच विवाद उत्पन्न भयो । करिब ४० जना कार्यकर्तासहित रहेका केसीले भिड्न आइज भनेर चुनौति दिदै ज्याकेट खोलेपछि शुक्रबार विहान झडपको स्थिति सिर्जना भएको बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई सुरबीरले शिखरपोष्टसँगको कुराकानीमा दाबी गरेका छन् । उनका अनुसार केसीले त्यस्तो हर्कत गरेपछि केहीबेर दुईपक्षबीच ढुंगा हानाहानसमेत भयो । प्रहरीको संरक्षणमा केसी भागेको पनि उनले दाबी गरेका छन् ।
कार्यक्रम विथोल्नका लागि यस्तो हर्कत गरेको सुरबीरको दाबी छ । उनले बलबहादुर केसीका कार्यकर्ताहरुले प्रहरीको बन्दुकसमेत खोस्न खोजेको र सोताङ प्रहरी चौकीका सई मंगलसिंह तामाङले बलबहादुर केसी पक्षको संरक्षण गरेको आरोपसमेत लगाए ।
‘केसीको यो हर्कत आसन्न निर्वाचनमा पराजित मानसिकताको उपज हो’ सुरबीरले भने ‘घटनाको अभिलम्ब छानविन गरी दोषीमाथि कानुनी कारबाही गरिनुपर्छ । केसीलाई भगाउने सोताङ प्रहरी चौकीका सई अगमसिंह तामाङलाई कारबाही गर्नुपर्छ र प्रहरीको हतियार खोस्न खोज्ने बलबहादुर केसीका कार्यकर्ताहरुको पहिचान गर्नुपर्‍यो । होइन भने हामी पनि आफ्नै तरिकाबाट कदम चाल्न बाध्य हुनेछौं ।’
यस विषयमा बुझ्न शिखरपोष्टले केसीलाई टेलिफोन गर्दा ‘म लोखिम जाँदैछु । गर्ने मान्छेलाई सोध्नुस् । मलाई नसोध्नुस्’ भनेर फोन काटे ।
झडपमा दुबै पक्षको आधा दर्जन कार्यकर्ता घाइते भएको बुझिएको छ ।
प्रतिलिपि अधिकार:- शिखरपोष्ट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।