Skip to main content

बलबहादुर केसी सोताङमा लखेटिए

चुनावी कार्यक्रम रोक्न खोजेको बाम गठबन्धनको आरोप, केसी भन्छन् ‘मलाई नसोध्नुस्’

x19369883_10210023966418837_1891388926_n.jpg.pagespeed.ic.VYDVhn6R5v
सोलुखुम्बु, २४ कात्तिक । नेपाली कांग्रेस सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसी आफ्नै गृहजिल्लामा लखेटिएका छन् । चुनावी प्रचारप्रसार अभियानको क्रममा रहेका केसीलाई बाम गठबन्धनका कार्यकताबाट शुक्रबार विहान सोताङमा लखेटिएका हुन् ।
शुक्रबार सोताङमा बाम गठबन्धनको चुनावी कार्यक्रम हुदैछ । उक्त कार्यक्रमको लागि बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई, समानुपातिक उम्मेद्धार सोनाम शेर्पा, चुनाव परिचालन समितिका संयोजक मानबीर राईलगायत सोताङमा छन् । केसी पनि महाकुलुङ तर्फको कार्यक्रम सकेर सोताङ आइपुगेका थिए । सोही क्रममा विहिबार नै केसीको कार्यकर्ता र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो ।
केसीका कार्यकर्ताहरुले विहिबार राती बाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको बताइएको छ । अन्तिममा केसीका कार्यकर्ताहरु भागेपछि स्थिति साम्य भएको थियो ।
पुनः शुक्रबार विहानै दुई पक्षबीच विवाद उत्पन्न भयो । करिब ४० जना कार्यकर्तासहित रहेका केसीले भिड्न आइज भनेर चुनौति दिदै ज्याकेट खोलेपछि शुक्रबार विहान झडपको स्थिति सिर्जना भएको बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई सुरबीरले शिखरपोष्टसँगको कुराकानीमा दाबी गरेका छन् । उनका अनुसार केसीले त्यस्तो हर्कत गरेपछि केहीबेर दुईपक्षबीच ढुंगा हानाहानसमेत भयो । प्रहरीको संरक्षणमा केसी भागेको पनि उनले दाबी गरेका छन् ।
कार्यक्रम विथोल्नका लागि यस्तो हर्कत गरेको सुरबीरको दाबी छ । उनले बलबहादुर केसीका कार्यकर्ताहरुले प्रहरीको बन्दुकसमेत खोस्न खोजेको र सोताङ प्रहरी चौकीका सई मंगलसिंह तामाङले बलबहादुर केसी पक्षको संरक्षण गरेको आरोपसमेत लगाए ।
‘केसीको यो हर्कत आसन्न निर्वाचनमा पराजित मानसिकताको उपज हो’ सुरबीरले भने ‘घटनाको अभिलम्ब छानविन गरी दोषीमाथि कानुनी कारबाही गरिनुपर्छ । केसीलाई भगाउने सोताङ प्रहरी चौकीका सई अगमसिंह तामाङलाई कारबाही गर्नुपर्छ र प्रहरीको हतियार खोस्न खोज्ने बलबहादुर केसीका कार्यकर्ताहरुको पहिचान गर्नुपर्‍यो । होइन भने हामी पनि आफ्नै तरिकाबाट कदम चाल्न बाध्य हुनेछौं ।’
यस विषयमा बुझ्न शिखरपोष्टले केसीलाई टेलिफोन गर्दा ‘म लोखिम जाँदैछु । गर्ने मान्छेलाई सोध्नुस् । मलाई नसोध्नुस्’ भनेर फोन काटे ।
झडपमा दुबै पक्षको आधा दर्जन कार्यकर्ता घाइते भएको बुझिएको छ ।
प्रतिलिपि अधिकार:- शिखरपोष्ट

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।  १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)। १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।  

How To Manage Blood Pressure Naturally

Reincarnation His Holiness Kyabye Trulshik Rinpoche, welcome And bless us Rinpoche.

Ever since Kyabje Trulsik Rinpoche passed away on September 2nd, 2011, finding his Reincarnation (Yangsi) has been awaited with great hope and deep devotion, especially in the Sherpas & Tibetans Buddhist Nyingma Tradition living in all over the world.  On 29th of May 2018, Saga Dawa day, we are all over joy to hear that His Holiness 4th Dodrupchen Rinpoche, Kyabje Dodrup Thupten Thinley Palbar (one of the most important living masters in the Nyingma and Dzogchen traditions) Chorten Gonpa Monastery, Tadong, Gangtok, Sikkim, India recently made this kind proclamation that a son born to the father, Ngawang Jigdrel Chokyi Wangchuk, the lineage holder of Maratika Lama, and the mother Orgyen Dolma is an Unmistaken Recognition of supreme reincarnation of His Holiness Late Trulshik Rinpoche. The Yangsi arrival at Dzarong Thupten Dongak Choeling Monastery .  June 23rd, 2018, Chewa Chu Ja Pemba The helicopter landed in Monastery helipad around 10:50 AM with Yangsi an