सोलुखुम्बु, मंसिर १२–सोलुखुम्बुमा सदरमुकाम सल्लेरी ल्याउने क्रममा २ वटा मतपेटिका भित्र पानी पसेको आशकां गरिएको छ ।
सोताङ गाउँपालिका अन्र्तगतका हुगां आधारभुत विद्यालय र पञ्चकन्या आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका भित्र पानी पसेको आशंका गरिएको हो ।
गाडीबाट ढुवानी गरिएको मतपेटिका बीच बाटोमा गाडी बिग्रेपछि ट्याक्टरमार्फत ढुवानी गरिएको गरिएको थियो । दुधकौशीका गाउँपालिका वडा नम्बर ७ झरेनीमा पुगेपछि पानी परेको थियो । पालबाट भित्र पानी छिरेको आशंका गरिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले सर्वदलीय छलफल आयोजना गरेको छ ।
छलफलपछि पानीका कारण भिजेको भनिएको मतपेटिका अगाडि गणना गर्ने र मतपत्रमा लगाइएको छाप प्रष्ट हुने गरी सामान्य मसी लतपतिएको भए सदर गर्ने र नबुझिने गरी लतपतिएको भए बदर गर्ने सहमती भएको छ । मतपत्र ढुवानीमा मतपेटिकामा पानी छिर्नु मुख्य निर्वाचन अधिकृतको कार्यलयको मुख्य कमजोरी भएको दलहरुले आरोप लगाएका छन् ।
ढुवानीको क्रममा आवश्यक व्यवस्थापन गर्दा गर्दै कम्जोरी हुन गएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वीकार गरेका छ । सोमबार राति २ बजे मतपेटिका सदरमुकाम सल्लेरी ल्याइपुर्याइएको थियो ।
Comments
Post a Comment