Skip to main content

सुनसान छ सोलुखुम्बुको तिङला




सोलुखुम्बु – मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङला क्षेत्रमा कुनै पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन्।

चुनावमा को उम्मेदवार भए, कसले जित्छ, कसले हार्छ भन्ने केही चर्चा छैन तिङलामा । स्थानीय तहको चुनावमा ‘नो भोट नो क्यान्डिडेट’ अभियान चलाएका उनीहरू प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिष्कारको पक्षमा छन् । जिल्लाको सिफारिस विपरीत स्थानीय तह बनाइएपछि तिङलाबासी आन्दोलित छन् । तिङलाबासीहरू अझै तिङलालाई सोलुदूधकुण्ड नगरपालिकामा समावेश गर्नुपर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियानमा छन् । स्थानीय तहको निर्वाचनमा पनि सो अभियान चलाएका तिङलाबासीले मतदानमा सहभागी बन्ने इच्छा भए पनि माग पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताएका छन् । उनीहरूमा निर्वाचनमा भाग लिँदा अहिलेसम्मको संघर्ष तुहिने हो कि भन्ने चिन्ता छ । आपूmहरूको चाहना विपरीत नेचासल्यान गाउँपालिका अन्तर्गत राखिएको भन्दै आन्दोलनमा रहेका उनीहरूलाई नेचासल्यान गाउँपालिकाले अन्यत्र जान सक्ने गरी स्वीकृति दिइसकेको छ भने सोलुदूधुकुण्ड नगरपालिकाले पनि स्वागत गर्ने औपचारिक निर्णय गरिसकेको छ । तर मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा तिङलाबासी निर्वाचनमा सहभागी बन्ने÷नबन्ने अन्योलमा छन्।

निर्वाचन आउन १२ दिन बाँकी रहँदा पनि आफ्ना माग पूरा गर्न कुनै पनि दल तथा उम्मेदवारले पहल नगरेको तिङलाबासीको गुनासो छ । उनीहरूले राजनितिक दलले मागको वेवास्ता गरेर ५ हजारभन्दा बढि नागरिकलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको आरोपसमेत उनीहरूलाई
लगाएका छन् । तिङलाका खड्गबहादुर खड्का भन्छन्, ‘हामीलाई ३० मिनेटको दूरीमा रहेको सोलुदूधकुण्ड नगरपालिकामा बस्न नदिएर ओखलढुंगाको सिमानामा पर्ने ६ घण्टाको दूरीमा रहेको गाउँपालिकामा राखियो, त्यसैले हामी चुनावमा भाग नलिने अडानमा छौं ।’ तिङगाका एमाले नेता नरबहादुर कटवालले भने, ‘हाम्रो गाउँलाई प्रस्तावित गाउँपालिकाले छुट्टिएर जान सहमती दिइसक्यो अनि सोलुदूधकुण्ड नगरपालीकाले मिसाउन सहमति दिए पनि स्थानीय विकास मन्त्रालयले भने हाम्रो माग सुनुवाइ गरेन।’

‘हामीले पहल गरे पनि प्रक्रिया रोकिएको छ,’ संघर्ष समितिका संयोजक कार्कीले भने, ‘माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी नै रहन्छ ।’ उनीहरूले राजनितिक दलले आफूहरूको मागको वेवास्ता गरेर करिब ५ हजार नागरिकलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको आरोप समेत लगाएका छन्।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।