Skip to main content

सोलुमा कुन नेताले कहाँवाट मतदान गरे ?

सोलुखुम्बु-  सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका वाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे।  
त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेम कुमार राई सुरबिरले फुर्के सामुदायिक बनको भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।  कांग्रेस तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार प्रकास सिंह कार्कीले नेचा–सल्यान गाउँपालिकाको रुँगास्थानी आधारभुत विद्यालय र प्रदेश सभा ‘ख’ का उम्मेदवार आङगेलु शेर्पाले तामाखानीको पिके माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे। त्यस्तै, वाम गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार उत्तम बस्नेतले दुधकौसीका गाउँपालीकाको काँगेल बाउन्डीमा रहेको मतदान केन्द्र र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले सोलु–दुधकुण्ड नगरपालीको छुल्यामु आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरे।
यसैबीच, सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालीकामा ९१ वर्षिय बृद्धले मतदान गरेका छन्। खुम्बु पासाङल्हमु गाउँपालीका १ बुक्सा आधारभुत विद्यालयको भवनमा रहेको मतदान केन्द्रमा गई स्थानीय खार्ते निवासी ९१ वर्षिय पेम्बा लकी शेर्पाले मतदान गरेका हुन्। छोरा पासाङ रिन्जी शेर्पाको साथमा गएर उनले भोट हालेको ग्याल्जेन शेर्पाले बताए । उक्त मतदान केन्द्रमा शेर्पाले बिहान ७ बजे पहिलो भोट हालेको मतदान अधिकृत गणेश राईले जानकारी दिए।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।